• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मानिसले किन गुदामैथन गर्छन् ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

मानिसले किन गुदामैथन गर्छन् ? 
फाल्गुन ८, २०७५

हामीले (दम्पती) आपसी सहमतिमा नियमित बिना कण्डम गुदामैथुन गर्दै आएका छौं र वीर्य स्खलन पनि मलद्वारभित्रै हुन्छ । सामान्य स्वास्थ्य स्थितिका बावजुदमा वीर्य मलद्वार भित्र स्खलन गर्दा संक्रमण हुन्छ कि हुँदैन ? उचित जानकारीका साथै सम्भावित संक्रमण तथा सुरक्षाका सम्बन्धमा उल्लेख गरिदिनु हुन विनम्र अनुरोध छ ।

                                                                          - एल.

 

मलद्वारमा यौनसम्पर्क 

धेरैजसो मानिस यौनसम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौन साथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौन सम्पर्कलाई गुदामैथुन भनिन्छ । धेरै मानिसले गुदामैथुनलाई नै समलिङ्गी यौन व्यवहार मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गी व्यक्तिहरू तथा विपरीत लिङ्गी अर्थात पुरुष तथा महिलाको बीचमा पनि हुनसक्छ । वैवाहिक जोडीको बीचमा पनि यस्तो किसिमको यौनव्यवहार हुने तथ्य अहिले जग जाहेर छ र तपाईंको हकमा पनि यही भएको देखिन्छ । 

मानिसले किन गुदामैथन गर्छन् ? 

यो कुराको जवाफ पाउन सजिलो छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार कै रूपमा मान्यता पाएको छ । फ्रायडले भने झैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गको तुलनामा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भाग जस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्् । अर्को कुरा प्रोस्टेट अर्थात पौरुष ग्रन्थि गुदानलीको ठिक अगाडितिर हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रवाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई बलब िभचयतष्अष्कm भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई बलब ियचनबकm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रुपमा रोमाञ्चको अनुभव हुन्छ । 

के कस्तो असर पर्ला ? 

यदि आफ्नो यौन साथीमा कुनै संक्रमण छ भने अन्य यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसो हुनुको कारण गुदानलीमा योनिमा जस्तो रस निस्कँदैन र त्यसको भित्री छालापनि पातलो र कमलो हुने भएकाले यौन सम्पर्कले चोट पुर्‍याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ । यौन रोगका अतिरिक्त मलाशयमा अन्य रोगका जीवाणु पनि हुन्छन् । यदि दुवै जनामा कुनै यौन रोग छैन भने सर्ने कुरा भएन । कन्डम नै नलगाए पनि रोग नै छैन भने कसरी सर्छ त ? 

तपार्इंलाई थाहै होला ठूलो आन्द्रा वा मलाशयमा भएको दिशालाई रोक्ने किसिमको संरचना नै मलद्वारमा हुन्छ । मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ जुन खुम्चिएको अवस्थामा यसले मलद्वारलाई पूर्ण रूपमा बन्द गर्छ । यही मांसपेशीलाई प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा आउन रोक्छौं । यो मांसपेशी बन्द भएका बेला दिसा बाहिर आउन नसक्ने मात्र होइन, बाहिरबाट भित्र कुनै कुरा सजिलै पस्न पनि सक्दैन । यस्तो बेला लिङ्ग प्रवेश गराउन पनि गाह्रो हुन्छ र पीडा समेत हुन्छ । मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जवरजस्ती लिङ्ग, औला वा अन्य वस्तु वारम्बार पसाइरहँदा मांसपेशी कमजोर हुने सम्भावना हुन्छ । त्यस्तो भए दिसालाई रोकेर राख्न केही गाह्रो हुनसक्छ । त्यसैले उक्त मांसपेशीको कसरत गरे त्यसलाई बलियो बनाउन सकिन्छ जसले गर्दा समस्या केही कम हुन्छ । 

के कस्तो सावधानी अपनाउनुपर्ला ?

गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई हामीले चाहे अनुरुप संकुचित गर्न वा खोल्न गर्न सक्छौं भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यासबाट पनि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ । गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे उक्त मांसपेशी वेस्सरी संकुचित हुन्छ र जवरजस्ती गर्न खोजे पीडा हुन्छ । गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक छ । यस्तो स्थितिमा गुदा–मैथुन पीडा रहित हुन्छ । कतिपय व्यक्तिले गुदाक्षेत्रमा आफ्नो साथीले खेल्दा वा भनौं सुम्सुम्याउँदा औंला वा लिङ्गलाई गुदद्वारमा पसाउँदैन भन्ने कुरामा ढुक्क छ भने तनाव कम हुनुका साथै मांसपेशीको संकुचन पनि कम हुन्छ र यौनआनन्द प्राप्त गर्न मदत मिल्छ । योनिमा जस्तो रस नआउने हुनाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ । त्यसका लागि K-Y Jelly वा पर्याप्त थुकको पनि प्रयोग गर्न सकिन्छ । 

स्वस्थ व्यक्तिको वीर्य मलाशयमा स्खलित हुँदा खासै फरक पर्दैन । यो योनिबाट वाहिर आए जस्तै बाहिरतिर आउँछ र केही वाँकि भए दिसा गर्दा त्यसका साथै बाहिर निस्कन्छ । 

गुदद्वारमा बढी हानिकारक किटाणु हुने भएकाले संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोग उत्तिकै आवश्यक हुन्छ । योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुनसक्छ । गुदद्वारमा प्रवेश गराएको लिङ्ग योनिमा प्रवेश गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुवाट संक्रमण हुनसक्छ । कन्डम लगाएको स्थितिमा भने कण्डम नफेरी लिङ्ग योनिमा प्रवेश गराउनु हुँदैन । जीवाणुहरूलाई कम गर्न गुदद्वार वरिपरि मात्र सफा गरेर पुग्दैन भित्रतिर सफागर्ने डूसकै आवश्यकता पर्छ । यसो गर्दा पनि जीवाणु रहित बनाउन भने सकिँदैन भन्ने कुरा बुझ्नुपर्छ । यौन प्रसाधनको प्रयोगको कुरा गर्दा पनि विशेष सावधानी अपनाउनुपर्छ । आफ्ना यौनअंगहरूमा चोट नलागोस् भनी पर्याप्तमात्रामा चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ साथै ती प्रसाधनको सतह चिल्लो र सम्म परेको (घोच्ने, काट्ने सम्भावना नभएको) हुनुपर्छ । 

गुदद्वार वा मलाशयमा केही समस्या भए जस्तो लाग्यो, पीडा भैरह्यो वा दिसा गर्दा रगत जान थाल्यो भने चिकित्सकबाट जँचाउनु बेस हुन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik