• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
हस्तमैथुनको लत र यसका असर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

हस्तमैथुनको लत र यसका असर
चैत्र २१, २०७५

 

म २५ वर्षको एकल पुरुष हुँ र ममा हस्तमैथुनको लत बसेको छ । म पहिले दिनमा एक वा दुईपटक हस्तमैथुन गर्थे । अहिले मैले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छु । अहिले दुई दिनमा एक पटक गर्छु । शायद यसैको कारणले म दुब्लो छु । म यसका असर थाहा पाउन तथा यसबाट मुक्त हुन चाहन्छु । अलिकति मोटाउन के गर्नु पर्ला ? मलाई थाहा छ यदि मैले हस्तमैथुन रोकें भने मेरो वजन बढ्छ । 

                                                                                                                - सु. 

हस्तमैथुनको लत 

तपाईंले यही स्तम्भमा पनि हस्तमैथुन स्वाभाविक कुरा हो र यसले हानी गर्दैन भनेर पढ्नु भएकै होला । यो विशेष गरेर नियमित यौनसम्पर्क गरेर यौनेच्छा पूरा गर्न पाउनेस्थिति नभएका बेलामा यौनेच्छा शान्त पार्ने राम्रो विकल्प हो । त्यसैले पनि धेरैले हस्तमैथुन गर्छन् । कतिपयलाई सामाजिक मूल्य मान्यताका कारणले हस्तमैथुन गर्दा ग्लानी वा हीनताबोध हुनसक्छ र यसलाई कम गर्ने प्रयास गरिन्छ, जसरी तपाईं आवश्यकता परेअनुसार तिर्खा मेटाउन पानी पिउनु हुन्छ, तिर्खा मेटिएपछि पानी पिउन रोक्नु हुन्छ र फेरि तिर्खा लागेपछि फेरि पानी पिउनु हुन्छ, त्यसरी नै यौनको तिर्खा मेटिएपछि हस्तमैथुन वा यौनसम्पर्क गर्नु हुन्न तथा फेरि यौनेच्छा जागे पछि फेरि गर्नुहुन्छ । यो सामान्य प्रक्रिया हो । इच्छा भयो र त्यसलाई पूरा गर्न लागि परियो भन्दैमा लत अर्थात addiction भनिहाल्न मिल्दैन । 

हस्तमैथुनको लत लाग्नुमा दुई रसायनले महत्वपूर्ण भूमिका खेल्छन् र ती हुन् dopamine तथा endorphins । हस्तमैथुन गर्दा dopamine निस्कन्छ जसले सुखानुभूतिको अनुभव दिन्छ जुन चरमसुखमा पुगेर टुङ्गिन्छ । चरमसुख पछि endorphins निस्कन्छ जसले तनाव रहित आरामको स्थितिमा पुगेको अनि सन्तुष्ट भएको अनुभूति दिन्छ र कहिलेकाहीँ निद्रा लागे जस्तो हुन्छ जब कुनै व्यक्ति यस्तो अनुभूतिमा निर्भर हुन थाल्छ र जीवनका तनावपूर्ण परिस्थिति वा मानसिक समस्याबाट भाग्न प्रयोग गर्न थाल्छ हस्तमैथुनको लत लाग्ने बाटोतर्फ लम्किन्छ अनि अति नै हस्तमैथुन गर्न थाल्छ र यसमा लागेर दैनिकी नै अस्तव्यस्त हुने स्थितिमा पुग्छ ।

हस्तमैथुनको लत भएर अति हस्तमैथुन गर्ने स्थितिमा पुग्दा घण्टौंसम्म यौन चलचित्र हेरेर बिताउने र व्यक्तिको उत्पादनशीलतमै नकारात्मक असर पर्ने हुन्छ । यौन कार्यमा अवास्तविक अपेक्षा अनि पारिवारिक सम्बन्धमा समस्या, आत्म सम्मानको कमी तथा असामाजिक बानी बेहोरा देखाउने जस्ता कुरा देखापर्न सक्छन् । यौन चाहना पूरा गर्ने अन्य उपायको विकल्पका रूपमा यसलाई प्रयोग गर्ने नझई यो नगरी नहुने स्थिति compulsive sexual behaviour को स्थितिमा पुग्छ । हस्तमैथुनमा अति नै संलग्न हुँदा यौनाङ्गको छालामा जलनको स्थितिसम्म हुन्छ । 

खेलकुदका साथै शौखका कुरामा संलग्नता, एकान्तमा नबस्ने, बढीभन्दा बढी अन्य मानिससँग बिताउने, यौन उक्तेजक सामग्रीबाट टाढै रहने, स्वयंसेवी कार्यमा बढी संलग्न हुने जस्ता त्रियाकलापले अत्यधिक हस्तमैथुनलाई कम गर्न मद्दत गर्छ । लत नै लागेको स्थितिमा भने मनोपरामर्श सेवा लिनुपर्ने हुन्छ ।

तपाईंको समस्या के हो ? 

अब त पक्कै नै बुझ्नु भयो होला कि तपाईंले दिनको एक वा दुईपटक हस्तमैथुन गरेको स्थितिलाई लत नै भनिहाल्नुपर्दैन । हस्तमैथुनका कारणले तपाईंको जीवनका अन्य पक्षका बारेमा केही नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भएन । हस्तमैथुनप्रति नकारात्मक सोच भएका कारणले सामान्य रूपमा गरिएको हस्तमैथुन पनि तपाईंलाई अत्यधिक लागेको हुनसक्छ । त्यसैले कुनै निष्कर्षमा पुग्नुभन्दा पहिले राम्रोसँग विचार गर्नुपर्ने हुन्छ ।

मोटाउन के गर्नुपर्ला

तपाईंले किन आफूलाई दुब्लो मान्नु भयो थाहा भएन । तपाईंको शरीरको तौल ठीक छ कि छैन भनने कुरा थाहा पाउन तपाईंको द्ययमथ Body Mass Index (BMI) हेर्नुपर्छ । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल भएको मानिन्छ । तौल १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ । तपाईंले उचाइ र तौल नलेख्नु भएको हुनाले यसै भन्न सकिएन । कतिपय व्यक्ति दुब्लो भए पनि स्वस्थ नै हुनसक्छन् । तपाईंले कुनै स्वास्थ्य समस्या भएको कुरा लेख्नु भएको छैन । तपाईंलाई थाहै हुनुपर्छ अहिले मोटोपन एउटा ठूलो स्वास्थ्य समस्या हुँदै गएको छ तर अति नै कम तौल हुनुको पनि आफ्नै स्वास्थ्य समस्या हुन्छन् । राम्रोसँग नखाने, थाइरोइडको समस्या, आन्द्रासम्बन्धी समस्या, मधुमेह, क्यान्सर वा संक्रमण जस्ता कतिपय समस्या शरीरको तौल कम हुने कारण हुनसक्छन् तर तपाईंले यस विषयमा केही चर्चा गर्नुभएको छैन । 

जे होस्, मोटो हुने अर्थात् शरीरको तौल बढाउन सहयोगी उपायहरूका वारेमा केही चर्चा गरौं । पहिलो कुरा त स्वस्थकर खानाको मात्रा बढाउने र शरीरले खर्च गर्ने भन्दा बढी क्यालोरी भएका खानेकुरा पर्याप्त खाने । पर्याप्त मात्रामा प्रोटिन युक्त खाना खाने साथै कार्बोहाइड्रेड र चिल्लो भएको खाना पनि पर्याप्त रूपमा खाने । प्रत्येक दिन ३–४ पटक खाने बानी बसाल्ने ।

के हस्तमैथुन रोके मोटाइन्छ ?

हस्तमैथुन रोके मोटाइन्छ भन्ने पक्का नै हुनुभएको पाराले लेख्नु भएको छ । तपाईंले हस्तमैथुन रोक्न नसकेको स्थितिले ल्याएको ग्लानी बोधबाट बाहिर निस्कँदा पक्कै पनि सकारात्मक असर पर्ला । यो अर्कै कुरा भयो । वीर्यमा भएको शुक्रकीटबाट जीवन सुरु हुने भएकाले यसलाई जोगाउनु पर्ने हाम्रो परम्परागत मान्यता छ । त्यसैले पनि यसले बढी महत्व पाएको हो । हस्तमैथुन गर्दा यस्तै ३ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ भने भर्‍याङ्ग चढ्दा ६८ किलोको व्यक्तिको यस्तै ६ क्यालोरी प्रतिमिनेट । २ चिया चम्चा चिनीमा यस्तै ३०–३५ क्यारोरी हुन्छ । अब त तपाईंले पक्कै नै बुझिसक्नु झयो हस्तमैथुन गर्दा धेरै शक्ति खर्च हुने होइन र यो नगर्दैमा धेरै शत्ति बच्ने पनि होइन । यस्तो स्थितिमा हस्तमैथुन रोक्दैमा मोटाइन्छ भन्ने छैन । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik