• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
योनि कसिलो बनाउन के गर्न सकिन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

योनि कसिलो बनाउन के गर्न सकिन्छ ?
वैशाख ११, २०७६

 

म २० वर्षीया अविवाहित महिला हुँ । दुई वर्षअघि मेरो केटा साथीसँग यौनसम्पर्क हुन्थ्यो तर अहिले हुँदैन । आजभोलि मेरो योनि चिलाउँछ र खुकुलो पनि छ । यसले भविष्यमा समस्या निम्त्याउँछ कि जस्तो लाग्छ, मलाई यसको सहज समाधान बताइदिनुहुन अनुरोध छ ।

                                                                                                पी.डी.

कतिपय योनिको शोथ वा संक्रमणले योनि चिलाउने हुन सक्छ । यसका लागि विशेष गरेर ट्राइकोमोनियासिस वा क्यान्डिडियासिसजस्ता संक्रमण जिम्मेवार हुन्छ । ट्राइकोमोनियासिस हुँदा हरियो–पँहेलो किसिमको फोमजस्तै योनिश्राव हुने तथा योनि चिलाउने हुन्छ भने क्यान्डिडियासिस हुँदा सेतो बाक्लो दहीजस्तै योनिश्राव भै चिलाउँछ । क्यान्डिडियासिस एक ढुसी जातको क्यान्डिडा एल्विकान्स भनिने सूक्ष्मजीवले गराउँछ भने ट्राइकोमोनियासिस ट्राइकोमोनास भ्याजिनालिस भनिने एक कोषीय प्राणीले गराउँछ । तपाईंलाई थाहै होला, यौनरोग यौनसम्पर्कबाटै संक्रमित हुन्छ । आफ्नो केटासाथीसँगको यौन सम्पर्कलाई तपाईंले कत्तिको सुरक्षित बनाउनुभएको थियो थाहा भएन । समस्या कायम रहे चिकित्सकको सल्लाहमा औषधी सेवन गर्नुहोला । त्यसबाहेक यौन अंगको सरसफाइको कमी तथा कमजोर स्वास्थ्यले पनि यस्तोसंक्रमणलाई बढावा दिन्छ । कडा किसिमको साबुन वा डियोडेरान्टको प्रयोगका साथै एन्टिबायोटिकको अनावश्यक सेवनले पनि यस्तो हुन सक्छ । 

खुकुलो योनिको कुरा 

व्यक्तिअनुसार लिंग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कतिपय स्थितिमा लिंगको गोलाइसँग तुलना गरी यो खुकुलो भयो कि भनिन्छ । तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने कुरा थाहा पाउनुभयो ? तपाईंले आफ्नो योनिलाई किन खुकुलो भन्नुभएको हो बुझ्न सकिएन । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अंग हो, जसको लम्बाइ सामान्यतया ३ देखि ४ इन्च हुन्छ । योनि नली आकारको अंग भए पनि पाइपको जस्तो जतिबेला पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छन् तर लिंग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ । एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने हुन्छ र ? पक्कै हुँदैन । ठूलो लड्डु खाएपछि हाम्रा ओठले पातलो सियो पनि राम्रोसँग समाउन सक्छ । यौनसम्पर्क राख्दैमा योनि खुकुलो हुने कुनै वैज्ञानिक आधार छैन ।

यौन उत्तेजना हुँदा धेरै पानी अर्थात् योनि रस आएर अत्यधिक चिप्लो हुँदा खुकुलोपन महसुस हुन्छ । अत्यधिक चिप्लो हुँदा अलिकति पुछेर यौनसम्पर्क गर्दा हुन्छ तर योनिलाई सुख्खा नै बनाउनु बुद्धिमानी हुँदैन । 

योनि कसिलो बनाउन के गर्न सकिन्छ ?

यौनांग क्षेत्रको मांसपेसीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठ्याउने अर्थात् खुम्च्याउने गर्दा यो मांसपेशीलाई तपाईले महसुस गर्न सक्नुहुन्छ । उक्त मांसपेशी पहिचान गरेपछि औंला नपसाई पनि खुम्च्याउन सकिन्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने । बिस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ । बिस्तारै १० देखि १५ पटकसम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने । यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पटकसम्म पुर्‍याउनुपर्छ । ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे फरक महसुस हुने गरी केही फरक देखिन्छ । 

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंगलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले महिलालाई मात्र होइन, पुरुषलाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ । यसबाहेक अन्य उपायहरूका बारेमा भन्नुगर्दा, निश्चित तौलका योनि कोन (vaginal cone) महिलाको योनिमा राखेर त्यसलाई अड्काइराख्न भनिन्छ, जसले गर्दा यौनांगको मांसपेशी बलियो होस् । त्यसैगरी विद्युतीय उत्तेजना (electric stimulation) अर्थात् योनिमा एक किसिमको यन्त्र (probe) राखेर विद्युत्को हल्का करेन्ट प्रयोग गरी यौनांग क्षेत्र (pelvic floor) का मांसपेशीलाई खुम्चन र खुकुलो हुन उत्तेजित पारिन्छ । ल्भयअयलतचय Neocontrol नाम भएको यो साधन एउटा विशेष किसिमको कुर्सी हो । विशेष किसिमले चुम्बकीय क्षेत्रको प्रयोग गरेर यौनांग क्षेत्रको मांसपेशीलाई उत्तेजित पारिन्छ । यो उपचार सामान्यतः २० देखि ३० मिनेटका लागि साताको दुईपटक यस्तै आठ साताजति गरिन्छ । अन्त्यमा योनि खुकुलोपनको समस्या अति नै छ भने vaginoplasty (भजाइनोप्लास्टी) शल्यचिकित्सा पनि गर्नुपर्ने हुनसक्छ । यस्तो शल्यचिकित्सालाई सामान्यतया अन्तिम उपायका रूपमा लिइन्छ । अचेल यसमा लेजर प्रविधिको प्रयोग समेत सुरु भएको छ ।

भविष्यमा समस्या पर्ने कुरा 

शारीरिक पक्षमा केन्द्रित भएर हेर्दा यसले तपाईंको जीवनमा खासै असर पर्ने देख्दिनँ । पहिलेको यौन सम्बन्धका बारेमा चर्चा गरिएन भने त्यो थाहा पाउन सजिलो छैन । महिला यौनांगको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको वनावट वा स्वरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त अझ गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हो–होइन भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ, तर यो कुरा पत्ता लगाउन झने सजिलो छैन । योनिच्छद (hymen) भए वा नभएको कुरालाई नै मुख्य आधार बनाउन मिल्दैन । 

भविष्यमा समस्या पर्ने सन्दर्भमा यसको सामाजिक पाटो हेर्न बिर्सनु हुँदैन । घर–परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनियताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र यो कुरा भविष्यमा तपाईंको यौन साथी वा श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन्छ । अर्को विचार गर्नुपर्ने कुरा तपाईंको केटासाथी के–कस्तो स्वभावको हुनुहुन्छ । तपाईको केटासाथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि 

तपाईंहरूबीचको सम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरा विचार गर्नुपर्छ । कतिपय स्थितिमा उसले भयादोहन blackmail गर्न पनि सक्छ, त्यसैले भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् सामना गर्ने अठोट छ भने तपाईंलाई डर–धम्की देखाउन सजिलो हुने छैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik