• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मुड किलिङ फ्याक्टर्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

मुड किलिङ फ्याक्टर्स
असार २५, २०७६

 

आजको परिवेशमा सम्बन्धमा देखिने तिक्तता एवं वैवाहिक जीवन टुट्नुपछाडिको सबैभन्दा ठूलो कारणमध्ये एक हो— असन्तुष्ट यौनजीवन । यौन क्रियालाई काम मान्ने तथा कामवासनाको कमीका कारण दम्पतीले यौन क्रियाको वास्तविक आनन्द अनुभव गर्न पाउँदैनन्, न त उनीहरूलाई सन्तुष्टि नै प्राप्त हुन्छ ।

 

तनाव : प्रायः गरी व्यक्तिले दबाबमा राम्रो काम गर्छ भन्ने मानिन्छ तर यो कुरा यौन जीवनमा लागू हुँदैन । कारण यौन कुनै काम होइन । यो दुई व्यक्तिका बीचको भावनात्मक सम्बन्ध हो । त्यसैले तनावग्रस्त दम्पतीले कामक्रियामा पूर्णरूपले आनन्द अनुभव गर्न सक्दैनन् । व्यस्त जीवनशैली एवं खानपानको गलत बानी–व्यवहारले पनि यौनजीवनमा नकारात्मक प्रभाव पार्छ ।

स्मार्ट टिप्स : यदि यौन जीवनमा स्ट्रेस हावी छ भने काउन्सिलर वा यौन थेरापिस्टको सल्लाह लिनुपर्छ भने आफ्नो जीवनशैली परिवर्तन गर्ने प्रयास गर्नुपर्छ ।

रिलेसनसिप प्रोब्लम : दम्पतीबीच हुने आपसी झगडा, मनमुटाव एवं कम्युनिकेसन ग्यापले उनीहरूबीच भावनात्मक दूरी बढाउने काम गर्छ र मनबाट टाढिएर प्रेमको विशेष क्षणको वास्तविक आनन्द अनुभव गर्न सकिँदैन । आपसी विवादका कारण प्रायः पार्टनरको मुड बिग्रन्छ जसले गर्दा दम्पतीले चाहेर पनि यौनजीवन इन्जोय गर्न सक्दैनन् ।

स्मार्ट टिप्स : सुमधुर यौन जीवनका लागि दम्पतीका बीच संवादको पुल मजबुत हुनु अत्यन्त आवश्यक छ, जसले गर्दा समस्या समाधान सम्भव हुन्छ र आपसी सम्बन्धको मिठास पनि कायम रहन्छ ।

अल्कोहल र स्मोकिङ : कतिपय दम्पतीले मुड ठीक गर्न मद्यपानको सहारा लिन्छन् । वास्तवमा यसको नियन्त्रित मात्राले सेक्सप्रतिको लाज कम गरी कामेच्छा जागृत गर्छ, तर लामो समयसम्म बढी मात्रामा मद्यपान गरे सेक्सुयल चाहनामा कमी आउँछ । यसैगरी धुमपानबाट शरीरमा यस्ता इन्जाइम्स रिलिज हुन्छन्, जसले महत्त्वपूर्ण शारीरिक अंगमा हुने रक्तसञ्चारलाई संकुचित गरिदिन्छ । यसले सेक्सको इच्छा कम हुन पुग्छ । बढी मात्रामा मद्यपान गर्ने स्त्री–पुरुषलाई आर्गेज्म पनि प्राप्त हुँदैन ।

स्मार्ट टिप्स : आफ्नो मद्यपान गर्ने बानीलाई बिस्तारै कम गर्ने प्रयास गर्नुपर्छ । यदि थोरै मात्रामा पिउन चाहनुहुन्छ भने नर्मल अल्कोहलको साटो रेड वाइन सेवन गर्नुपर्छ । कारण यसलाई कामोत्तेजना जागृत गर्ने पेयका रूपमा लिइन्छ ।

निद्रा पूरा नहुनु : निद्रा पूरा नहुनु कामेच्छामा कमीको एउटा महत्त्वपूर्ण कारण हो । निद्रा पूरा नआउनु वा अनिद्राका कारण पुरुषको टेस्टेरोन लेवल कम हुन पुग्छ भने सुत्दा पनि उनीहरूले ठीक तरिकाले श्वास–प्रश्वास  सञ्चालन गर्न सक्दैनन् । यस्तो स्थितिमा कामोत्तेजनाको कमी हुन्छ । राम्रो निद्राले पुरुषमा एनर्जी, मुड र सेक्स ड्राइभको काम गर्छ । स्वस्थकर यौन जीवनका लागि पुरुषलाई जस्तै स्त्रीलाई पनि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

स्मार्ट टिप्स : कमसेकम ६–७ घण्टा सुत्ने प्रयास गर्नुपर्छ । राम्रो निद्राका लागि टिभी तथा म्युजिक प्लेयर आदिलाई बेडरुमबाट टाढै राख्नुपर्छ भने अरोमा ओयलले एक–अर्काको मसाज गर्नुपर्छ । यसले रिलेक्स गर्नुका साथै यौनका लागि उत्तेजितसमेत गर्छ ।

औषधी : कामेच्छा जागृत र कम गर्नमा औषधीको पनि विशेष भूमिका हुन्छ । बर्थ कन्ट्रोल पिल्स, ब्लड प्रेसर तथा एन्टी एचआईभी ड्रग आदिको सेवनले कामेच्छामा कमी ल्याउँछ । यसले एन्ड्रोजन र टेस्टेरोन हार्मोनको प्रोडक्सन कम गर्छ । यिनबाट ओर्गेज्म प्राप्ति, इजाक्युलेसन तथा इरेक्सनसम्बन्धी समस्या सिर्जना हुन सक्छ ।

स्मार्ट टिप्स: औषधी सेवन आफ्नो इच्छा अनुसार बन्द गर्नु ठीक होइन । पहिले यस विषयमा चिकित्सकसित कुरा गर्नुपर्छ र आफ्नो समस्या बताउनुपर्छ । हुनसक्छ, उनले अरु कुनै औषधी देलान् वा औषधी खाने तरिका बदल्न सल्लाह देलान् ।

बडी इमेज : विवाहको केही वर्षपछि र अधिकांश मामिलामा प्रेग्नेन्सीपछि महिलाहरू आफ्नो शरीर अनाकर्षक भएको मान्छन् । आफ्नो शरीरप्रतिको नकारात्मक सोचका कारण उनीहरूको कामक्रियाप्रतिको चाहना कम हुन थाल्छ । यसैगरी केही पुरुष आफ्नो लिङ्गको आकारलाई लिएर बढी चिन्तित हुन्छन् । उनीहरू यसका कारण आफ्नो पार्टनरलाई सन्तुष्ट गर्न सक्षम नभएको मान्छन् । यसप्रकारको भावनाले दम्पतीको यौनजीवनलाई नीरस र बेरंग बनाउँछ ।

स्मार्ट टिप्स : आफ्नो शरीरप्रति नकारात्मक विचारबाट जोगिन साइको सेक्सुयल थेरापिस्ट वा राम्रो काउन्सलरको सल्लाह लिनुपर्छ । विज्ञहरूले आफ्नो नकारात्मक सोचलाई सकारात्मक बनाउन मद्दत गर्छन् ।

टेस्टेरोनको कमी : यो प्रमुख पुरुष हार्मोन हो । यसले मुख्य रूपमा पुरुषमा कामेच्छा जागृत गर्छ । यो हार्मोनको कमीले कामेच्छा प्रभावित हुन्छ । यो हार्मोन थोरै मात्रामा महिलामा पनि पाइन्छ । यसले उनीहरूको यौन इच्छा तथा उत्तेजना बढाउने काम गर्छ ।

स्मार्ट टिप्स : विज्ञहरूका अनुसार कामोत्तेजना बढाउन टेस्टेरोन थेरापी अपनाउनु 

उपयुक्त हुन्छ ।

 

स्मार्ट टिप्स : स्वस्थ यौनजीवनका लागि दम्पती फिट र स्वस्थ हुनु अति आवश्यक छ । त्यसका लागि डाइटमा ध्यान दिनुका साथै नियमित व्यायाम पनि जरुरी छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik