म २० वर्षको भएँ । मेरो लिङ्गको टुप्पो छालाभित्रको वरिपरिको भागमा स–साना बिमिराले एक लाइन घेरिएको छ । विगत १० वर्षदेखि यस्तो छ । उक्त बिमिरा चिलाउने–दुख्ने केही हुँदैन । चिकित्सकलाई देखाउँदा यो हरेक १० जनामध्ये १ जनामा हुन्छ चिन्ता लिनु पर्दैन भनियो । यसबाट यौनसम्पर्कमा कुनै समस्या छैन । के म साँच्चै ढुक्क बसौं ?
पीपीपी
लिङ्गमुण्डको corona को पछाडि स–साना sebacious glands (छालामा भएका तैलिय पदार्थ निकाल्ने ससाना ग्रन्थीहरू) हुन्छन् जसलाई Tyson's glands भनिन्छ । यही ग्रन्थीबाट निस्कने तैलीय रस तथा छालावाट झरेका कोषहरू जम्मा हुन गए त्यसैमा जीवाणुको वृद्धि हुन्छ र उक्त सेतो पदार्थ बन्छ । यही सेतो पनीर जस्तो देखिने, एकप्रकारको गन्ध आउने फदार्थलाई smegma भनिन्छ ।
पहिलो कुरा त यो सेतो पदार्थ स्वाभाविक रूपमा निस्कने कुरा हो र यसरी सेतो निस्कँदैमा त्यसले कुनै हानी गर्दैन तर यसलाई नियमित रुपमा सफा भने गरिरहनुपर्छ । यस अर्थमा तपाईं ढुक्क हुन सक्नु हुन्छ । चिकित्सकलाई जँचाउँदा पक्कै पनि तपाईको समस्याको विविध पक्षमा राम्रोसँग जानकारी पाउनुभयो होला ।