भाद्र ३१, २०७६
अहिले अधिकांश कम्पनीले आफ्ना कर्मचारीका लागि कर्पोरेट ड्रेस कोड लागू गरिसकेका छन् । यद्यपि कतिपय कम्पनीले ड्रेस कोड लागू गरेका छैनन् । ड्रेस लागू भए पनि, नभए पनि एउटा कर्मचारीले कार्यालय जाँदा लगाउने पोसाकका सन्दर्भमा केही कुरामा ध्यान पुर्याउनुपर्छ ।
अफिसियल ड्रेस शरीरमा सुहाउँदो अर्थात् फिट हुनुपर्छ ।
अफिसियल वेयर धेरै ओपन वा भल्गर देखिनु हुँदैन ।
पहिरन सधैं सफा र आइरन गरिएको हुनुपर्छ ।
अफिसियल ड्रेसमा एसेसरिजको प्रयोग कम गर्नुपर्छ भने बटनहरू पनि साधारण प्रयोग गर्नुपर्छ ।
हल्का रङ तथा कम प्रिन्टेड पहिरन लगाउनुपर्छ ।
अफिसियल वेयरसँग जुत्ता र ह्यान्ड ब्याग पनि साधारण नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।
आफ्नो नियमित काममा जाँदा केशको स्टाइल तथा मेकअपसमेत साधारण हुनुपर्छ ।