• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मद्यपानले साँच्चिकै यौन सक्षमता बढाउँछ  ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

 मद्यपानले साँच्चिकै यौन सक्षमता बढाउँछ  ?
पुस १०, २०७६

म विवाहित पुरुष हुँ । मेरो उमेर २९ वर्ष र मेरी श्रीमतीको उमेर २५ वर्ष छ । मदिरा सेवन गरेका बेला मलाई अत्यधिक यौनसम्पर्कको चाहना बढ्ने गर्छ । श्रीमती रक्सी गन्हायो भनेर शारीरिक सम्पर्क राख्न मान्दिनन्, तर म उनलाई जसरी भए पनि फकाएर दुई–तीन पटक सम्पर्क राख्न बाध्य पार्छु । रक्सी नखाएका बेला यस्तो किसिमको चाहना उति आउँदैन । यो कुनै गलत लत हो कि सामान्य प्रक्रिया हो ? 

                                                                                                         - के.पी.

मद्यपान र यौन 

संसारभरि नै कुनै न कुनै रूपमा मदिरा सेवन वा मद्यपान गरिने गरेको पाइन्छ । मानिसले यति व्यापक रूपमा यसको प्रयोग गर्नुमा यसको सम्बन्ध रमाइलोसँग जोडिनुमा रहेको छ । रमाइलोसँग मनाइने कुनै पनि अवसरमा खाना मात्र होइन, मद्यपान पनि एक अभिन्न अङ्ग हुने गरेको पाइन्छ । अन्य देशमा जस्तै नेपालमा पनि मद्यपानको प्रयोग प्रशस्तै हुने गरेको छ । कतिपय समुदायमा परम्पराअनुसार नै मद्यपानको प्रयोग हुने भएकाले यस्ता पदार्थको सेवनलाई सजिलै स्वीकार गरिएको पाइन्छ । मद्यपान वर्जित समूहका व्यक्तिहरूले पनि आजकाल बिस्तारै यसको प्रयोग बढाउन थालेका देखिन्छन् । संसारभरि नै मद्यपानले यौनचाहना वा यौन सक्षमतालाई बढाउने धारणा रहेको पाइन्छ । 

मद्यपान र यौनको विशेष सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको देखिन्छ । मद्यपानले आफूलाई केही खुकुलोपन र सहजताको अनुभव गर्ने कुरा महिला तथा पुरुषहरू बताउँछन् । मद्यपानले यौनचाहना वा कार्य सक्षमतामा सकारात्मक असर गर्छ भन्ने कुरा सोच्छन् । कुनै पनि स्थिति जसमा यौन सक्षमतामा प्रश्नचिह्न उठ्ने शंका छ भने उनीहरूले मद्यपानको सहारा लिन पुग्छन् । आफ्नो सम्भावित यौनजोडीलाई कसरी यौन सम्बन्धका लागि मान्न तयार गर्ने भन्ने वा कसरी भन्ने कुरामा हिचकिचाहट भएमा मद्यपानकै सहयोग लिन पुग्छन्, तर मद्यपानको के–कस्तो प्रभाव पर्छ भन्नेबारे वास्तविकता के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । त्यसका बारेमा केही चर्चा गरौं ।

के मद्यपानले साँच्चिकै यौन सक्षमता बढाउँछ ?

थोरै मात्राको मद्यपान कतिपय व्यक्तिका लागि हिचकिचाहट हटाउन सहयोगी सावित हुन सक्छ, तर मुख्य कुरा के भने अत्यधिक मद्यपानको सेवनले यौन सक्षमतामा नकारात्मक असर पार्छ । मद्यपानले यौनचाहना बढाउनमा कुनै मद्दत गर्दैन । मद्यपानले यौन सक्षमता बढाउँछ भन्ने कुरामा व्यक्तिमा विश्वास छ भने त्यसको प्रभावलाई भहउभअतबलअथ भलजबलअझभलत भााभअत (प्रत्याशा वद्र्धित प्रभाव) भन्न सकिन्छ । मद्यपानले महिलाको भगक्षेत्रको रक्तसञ्चारमा कमी ल्याउँछ र यसमा पिसाब लगाउने गुण भएकाले योनिमा रस कम आउने वा सुक्खा हुने हुनसक्छ ।

योनि सुक्खा हुँदा महिलाका लागि मात्र होइन, पुरुषका लागि पनि यौनसम्पर्कलाई कम आनन्ददायी बनाउने गर्छ । त्यसै गरेर मद्यपान गर्दा पुरुषहरूमा भनेअनुसार लिङ्ग उत्तेजना नहुने अर्थात् कडापन पनि केही कम हुने, वीर्य स्खलनमा केही ढिलाइ हुने जस्ता असर पर्न सक्छ । शीघ्र स्खलनलाई नियन्त्रण गर्न पनि नसक्ने हुन सक्छ र मद्यपानले मातेका बेला यौन चरमसुख प्राप्तिलाई पनि केही गाह्रो बनाउँछ । 

मद्यपानको दीर्घकालीन दुरुपयोगले यौनचाहनाका लागि आवश्यक हार्मोन टेस्टेस्टेरोनको उत्पादनमै नकारात्मक असर गर्न सक्छ । यस्ता दीर्घकालीन दुरुपयोगले कलेजोमा क्षति पुर्‍याउने, स्नायु प्रणालीमा असर गर्ने, रोग क्षमता शक्ति कमजोर पार्ने जस्ता कतिपय प्रभाव हुने गर्छ ।

अण्डकोष नै सुक्ने जस्तो समस्या पनि आउनसक्छ । यस्ता कुराको प्रत्यक्ष तथा परोक्ष प्रभाव यौन सक्षमतामा हुने गर्छ । मद्यपानको लत लागेका व्यक्तिहरू कुपोषणका सिकार पनि हुन्छन्, जसको प्रभाव स्वास्थ्य अनि यौन सक्षमतामा पर्ने नै भयो । मद्यपानको लत बसेका व्यक्तिले सोको सेवन गर्न छोडे पनि यौनसम्बन्धी कतिपय समस्या समाधान नहुनसक्छ । यस्तै आधाजसोमा मात्र पर्याप्त सुधार हुने देखिएको छ ।

मद्यपानको कुलतमा फसेकाहरूको सामाजिक तथा वैवाहिक सम्बन्ध पनि नराम्रो हुनुका साथै मद्यपानको लतले निम्त्याउने आर्थिक क्षति र पारिवारिक कलहको पनि यौनजीवनमा नराम्रो असर पर्ने नै भयो । 

तपाईंको समस्या के त ? 

हुन सक्छ, तपाईंलाई मदिरा सेवनले प्रत्याशा वद्र्धित प्रभाव अर्थात् यसले यौनचाहना बढाउँछ भनेर मानसिक रूपमा लागेकाले यौनचाहना तथा सक्षमता बढेजस्तो लागेको हुन सक्छ । अर्को पक्ष, तपाईंमा अझै पनि यौनको सन्दर्भमा केही हिचकिचाहट बाँकी नै भएको हुन सक्छ र मदिराको सेवन गर्दा सो कम भएको प्रभावले पनि हुन सक्छ । 

तपाईंले श्रीमतीलाई उहाँलाई मन नपरे पनि यौनसम्पर्कका लागि बाध्य पार्ने कुरा गर्नुभएको छ । गहिरिएर विचार गर्ने हो भने यसरी बाध्य पारेर यौनसम्पर्क गर्नु वैवाहिक बलात्कार हो । तपाईंलाई पनि पक्कै गन्हाएको स्थान वा व्यक्तिसँग अन्तरङ्ग सम्बन्ध राख्न मन पर्दैन होला, श्रीमतीलाई पनि त्यस्तै स्थिति हुँदाको कुरा बुझ्नु आवश्यक छ । तपाईंले आफ्नो यौनआनन्दका लागि जति प्रयास गरिरहनुभएको छ त्यति नै श्रीमतीको यौनआनन्दका लागि पनि कार्य गर्ने दायित्व तपाईंको हो । विशेष गरेर निरन्तर रूपमा तपाईंकी श्रीमतीले सुखमय सम्बन्ध राख्न पाउनु भएन भने त्यसको नकारात्मक असर तपाईंको वैवाहिक सम्बन्धमा पनि पर्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik