• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
लिंगको नाप र यौनसुख
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

लिंगको नाप र यौनसुख
माघ १, २०७६

 

म २० वर्षको भएँ । मेरो विवाह पनि भइसक्यो, तर मेरो लिंगको साइज धेरै सानो छ । त्यसैले सम्पर्क गर्दा मजा पनि आउँदैन । के बिस्तारै उमेर बढ्दै जाँदा मेरो लिंगको साइज पनि बढ्छ होला ? लिंग नबढ्नुको कारण के होला ?

                                                                                                                           - 4682

लिंगको साइज धेरै सानो भन्नुभए पनि स्पष्ट रूपमा नाप नलेख्नु भएकाले यसै भन्न सकिने स्थिति भने भएन । लिंग एक विशेष अंग हो र यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अंगका रूपमा भएर पनि यस्तो भएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’सँग नै जोडिएको ठान्ने गर्छन्, त्यसैले उनीहरूमा आफ्नो लिंगप्रति निकै चासो र चिन्ता हुन्छ । कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पिर–चिन्ता गर्ने गर्छन् । व्यक्ति–व्यक्तिअनुसार लिंगको लम्बाइ तथा मोटाइ एकदमै फरक–फरक हुन सक्छ । 

अहिले देशअनुसार लिंगको नापसम्बन्धी गरिएका अध्ययनहरूका अनुसार केही विविधता भए पनि कंगोको ७ दशमलव १ इन्च, इक्वेडरको ६ दशमलव ९ इन्च, हल्यान्डको ६ दशमलव २ इन्च, फ्रान्सको ५ दशमलव ७ इन्च, बेलायतको ५ दशमलव ५ इन्च, संयुक्त राज्य अमेरिकाको ५ दशमलव १ इन्च, पाकिस्तानको ४ दशमलव ८ इन्च, दक्षिण कोरियाको ४ दशमलव ४ इन्च, जापानको ४ दशमलव ३ इन्च, थाइल्यान्डको ४ इन्च, भारतको ४ इन्च तथा उत्तरी कोरियाको ३ दशमलव ८ इन्च देखिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्यांक उपलब्ध नभएका कारण यसै भन्न नसकिए पनि हाम्रो वरिपरिको देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरामा मिल्ने भएकाले तुलना गर्न मनासिव नै होला भन्ने लाग्छ । 

लिंगको नापको निर्धारण कसरी हुन्छ ?

यसको जवाफ दिन त्यति सजिलो भने छैन, किनकि धेरै कुराले यसमा प्रभाव पारेको हुन्छ । छोटकरीमा भन्नुपर्दा वंशाणुले एक महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । सायद सबैभन्दा बढी प्रभाव पुरुष हार्मोनको हुन्छ । धूमपानले भने यसको नाप कम गराउने प्रभाव राख्छ । सामान्यतया किशोरावस्थासम्म तीव्र गतिमा बढ्ने गरेको लिंग लामो समयसम्म किशोरावस्थापछि त्यही नापमा रहन्छ । अहिले लिंग बढाउने उपाय जस्तो तन्काउनेदेखि शल्यक्रियासम्म उपलब्ध छन् । उपाय हेरी यसको प्रभावकारिता वा अन्य असरहरू आ–आफ्नै किसिमका हुन्छन् । उमेर बढ्दै गएपछि अधबैंसे भएपछि बिस्तारै लिंगको नापमा केही कमी आउने गर्छ । 

लिंगको उमेरअनुसार विकास केटाको यौनांग विकासलाई निम्न चरणमा विभाजन गरिएको छ । 

१. Tanner Stage 1 (Pre-prepubertal : अण्डकोषको लम्बाइ २ दशमलव ५ सेमिभन्दा कम, यौनकेश आउन बाँकी तथा लिंगको वृद्धि नभएको ।

२. Tanner Stage 2 : अण्डकोषको लम्बाइ २ दशमलव ५ देखि ३ दशमलव २ सेमि, लिंगको फेदमा हल्का रूपमा यौनकेश (मोटो, गाढा रंगको केश) आउने, लिंगको वृद्धिको सुरुवात हुने ।

३. Tanner Stage 3 : अण्डकोषको लम्बाइमा वृद्धि भएर ३ दशमलव ६ सेमिको हुने, अनि जघनास्थित क्षेत्र ती पनि यौनकेश (मोटो, गाढा रंगको केश) फैलने, लिंगको लम्बाइ तथा मोटाइ बढ्ने । केही स्तनमा पनि केही वृद्धि देखिन सक्छ ।

४. Tanner Stage 4 : अण्डकोषको लम्बाइमा वृद्धि भएर ४ दशमलव १ देखि ४ दशमलव ५ सेमिको हुने, जघनास्थि क्षेत्रमा हुने यौनकेश (मोटो, गाढा रङ्गको केश) वयस्क पुरुषको जस्तो नै हुने । लिंगको लम्बाइ तथा मोटाइ निरन्तर रूपमा बढ्ने ।

 ५. Tanner Stage 5: अण्डकोषको लम्बाइमा वृद्धि भएर ४ दशमलव ५ सेमिभन्दा बढीको हुने, जघनास्थि क्षेत्रमा हुने यौनकेश (मोटो, गाढा रंको केश) वयस्क पुरुषको जस्तै हुने र तिघ्राको भित्रतिर फैलिने । लिंगको लम्बाइ तथा मोटाइ निरन्तर अब वयस्क नापमा पुग्ने । यदि स्तनमा वृद्धि भएको भए यो हराएर जाने ।

मजा आउने नआउने कुरा 

यो पक्कै हो कि दुई व्यक्ति यौनसम्पर्कमा संलग्न हुन्छन्, तर तपाईंले किन लिंगको थप विकास गर्न चाहनुभएको थाहा भएन । धेरैजसोको मनमा आफ्नो यौनसाथीलाई पर्याप्त यौनसुख दिन नसकिएला कि हो भन्ने रहन्छ ।

कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसंग अन्तरंग सम्बन्ध राख्छ । यौनसुख प्राप्त गर्न सो व्यक्ति मानसिक रूपमा नै तयार हुनु जरुरी छ र उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख वा मजा पाउने/नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग गर्न मात्र सकिने हो । उदाहरणका लागि तपाईंले कुनै व्यक्तिलाई सुन्दर ध्वनि वा सुमधुर संगीत सुनाउन सक्नुहुन्छ, तर त्यसबाट आउने मजा त सो व्यक्ति आफैंले लिनुपर्ने हुन्छ । 

अर्को कुरा, तपाईंलाई पक्कै पनि महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगाङ्कुर बाहिरतिरै हुने कुरा त थाहै होला । महिला तल र पुरुष माथि भएर सामान्यतया गरिने यौनसम्पर्कमा लिंगले भगांकुरलाई घर्षण गर्दैन, त्यसैले लिंगको लम्बाइ वा मोटाइ बढाए मजा लिन सक्ने भएन । तपाईंले भगांकुर घर्षण गर्न औंला वा अन्य कुराको प्रयोग गर्न सक्नुहुन्छ । फेरि महिलाको योनिको बाहिरी (योनिद्वारनेरको) भाग यौन संवेदनशील न कि भित्री भाग, जसमा छोटो नै लिंगले पनि घर्षण गर्न भ्याउँछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik