• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
विवाहित जीवन र हस्तमैथुन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

विवाहित जीवन र हस्तमैथुन
माघ ९, २०७६

 

म ३३ वर्षको स्वस्थ विवाहित पुरुष हुँ । मेरा निम्न यौन समस्या छन् । यौन चलचित्र वा चित्र हेरेर म प्राय:जसो दिनको दुई पटक हस्तमैथुन गर्छु । यौनसम्पर्क गरेको बेलामा वीर्य झर्दैन र यौनसम्पर्कपछि हस्तमैथुन गरेर निकाल्नुपर्छ । मेरो पिसाब गरिसकेपछि फर्केर बस्दा पिसाबको एक–दुई थोपा झर्ने गर्छ, जसले गर्दा मेरो अन्डरवेयर भिज्ने र गन्हाउने गर्छ । यी समस्याको समाधान के हुनसक्छ ? यी दुई समस्याको बीचमा सम्बन्ध छ कि छैन ?

                                                                                                 - आर.

विवाहित जीवन र हस्तमैथुन ?

किशोरावस्थामा हुँदा आफ्नो यौन तनाव कम गर्ने कुनै अन्य उपाय नहुँदा हस्तमैथुनको नै सहारा लिनुपर्ने स्थिति भए पनि विवाहपछि यौनसम्पर्कको माध्यमबाट नै यौन आनन्द पाउन सकिने भएकाले पनि सामान्यतया विवाहित व्यक्तिहरूमा हस्तमैथुन गर्ने कार्यमा केही कमी आउने गर्छ । तर, विवाह हुँदैमा हस्तमैथुन गर्न भने बन्द गर्छ । विवाहित व्यक्तिहरूले विभिन्न परिस्थिती र विशेष गरी नियमित रूपमा यौनसम्पर्क राख्न नपाएको स्थितिमा आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुनको सहारा लिने गर्छन् र यो एकदमै सामान्य प्रक्रिया हो ।

हस्तमैथुन गर्ने कार्यमा अभ्यस्त भएपछि कतिपय व्यक्तिले कसरी आफू सजिलै यौन चरमसुखको स्थितिमा पुग्ने भन्ने कुरा सिक्छन् र यसको बारम्बार प्रयोग गर्न थाल्छन् । तपाईंले विवाह गर्नुभन्दा पहिले हस्तमैथुन गर्ने क्रममा यसो गर्दा सजिलै यौनआनन्द पाउन सकिने कुरा पक्कै पनि सिक्नुभएको हुनुपर्छ । तपाईंले विवाहभन्दा पहिले हस्तमैथुन गर्ने क्रममा यौन चरम सुखसम्म पुग्न सिक्नुभएको कुराभन्दा श्रीमतीसँगको यौनसम्पर्क त फरक पर्ने गर्छ । हस्तमैथुन आफूले चाहेअनुसार छोटो समयमा चरमसुखको स्थितिमा पुग्न सकिन्छ र सबै नै कार्य आफ्नो नियन्त्रणमा हुन्छ जुन अर्को व्यक्तिको सम्पर्कमा नहुनसक्छ । यस्तै कारणले हस्तमैथुनकै निरन्तरताप्रति तपाईं आकर्षित हुनुभएको देखिन्छ । 

मूल समस्या भनेको तपाईंको श्रीमतीसँग यौनसम्पर्क गर्दा यौन उत्तेजनाको निरन्तरतालाई चरमसुखसम्म पुर्‍याउन सक्नु नभएको देखिन्छ । तपाईंले त्यसमा आवश्यक शारीरिक परिश्रम गर्ने कार्यमा कमी भएर होस् वा श्रीमतीसँगको यौनसम्पर्कको एकनासेपनले होस् वा अन्य कारणले होस् वीर्य स्खलन तथा चरमसुखको स्थितिमा पुग्न नसकेको हुन सक्छ । यसका बारेमा तपाईं नै जानकार हुनुहुने भएको हु

नाले त्यसको विविध पक्षको बारेमा विचार गर्न अनुरोध गर्छु ।

हस्तमैथुन गरे पनि आफ्नो यौन साथी (श्रीमान् वा श्रीमती) को यौनचाहना पूरा गरे दुवैको यौन जीवनमा खासै फरक पर्दैन । तर, आफ्नो यौन चाहनामा मात्रै केन्द्रित भएर हस्तमैथुन गर्नतिर मात्र ध्यान दिइयो र श्रीमान् वा श्रीमतीसँगको यौनेच्छा पूरा गर्नेतिर ध्यानदिएर र यौन क्रियाकलापमा संलग्न भइएन भने त्यसले यौन जीवनमा मात्रै होइन, वैवाहिक तथा पारिवारिक जीवनमा नै नकारात्मक असर पर्न सक्छ । त्यस्तो नहोस् भनेर दुवै जना मिलेर कसरी यौन आनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी गरेर विभिन्न प्रयोग गरेर दुवै जनालाई आनन्ददायी उपायको अवलम्बन गर्न सक्नुहुन्छ । यस्ता उपायहरूको निरन्तर रूपमा खोजी गरिए वैवाहिक जीवनमा लामो समयसम्म यौन सुखलाई राम्ररी उपभोग गर्न सकिन्छ । 

अर्को महत्त्वपूर्ण पक्ष के हो भने श्रीमान्–श्रीमतीबीचको यौन क्रियाकलाप लिङ्ग–योनि सम्पर्कमा मात्रै सीमित हुनुपर्छ भन्ने छैन । यसमा विविधता ल्याउन सकिन्छ । एक अर्काको यौनाङ्ग हातले चलाउने वा हस्तमैथुनमा सघाउने जस्ता कुरा पाक्क्रीडाको दौरानमा ल्याउन सक्नुहुन्छ । श्रीमतीलाई पनि तपाईंको हस्तमैथुन गर्ने क्रममा संलग्न गराउनु राम्रो उपाय हुनसक्छ । तपाईंले गर्नुहुने हस्तमैथुनको मूकदर्शक नबनाई यो सबै प्रक्रियालाई तपाईंले पाक्क्रीडासँग गाँसेर श्रीमतीको संलग्नता गराउन सक्नुहुन्छ । हस्तमैथुन गर्दा तपाईंले जसरी आनन्द पाउनु हुुन्थ्यो ती कुरा तपाईंको श्रीमतीले गरिदिनु हुने स्थिति भएमा तपाईंले यौन सुख पाउन सजिलो त हुने नै भयो र यो क्रिया पनि श्रीमतीसँगको यौनसम्पर्क साथ साथैको क्रियाकलापको रूपमा अगाडि एकैसाथ बढ्ने भयो । 

पिसाबको केही थोपा नझर्न के गर्ने ?

तपाईंले दिनुभएको सीमित जानकारीका आधारमा कुरा गर्दा तपाईंको स्थिति प्राय: धेरैजसो पुरुषमा पिसाब फेरिसके पछि अन्त्यमा एक दुई थोपा पिसाब झर्ने सामान्य स्थिति जस्तो बुझिन्छ । मूत्रनलीमा भएको केही पिसाब बाहिर निस्कँदा यस्तो हुन्छ । 

तपाईंले जिज्ञासाको कुरा भित्री लुगामा लागेर भिज्ने र गन्हाउने भन्नुभएकाले आउने पिसाबको मात्रा बढी नै छ जस्तो बुझिन्छ । यस अर्थमा यो Post Micturition Dribble हो कि होइन भन्ने लाग्छ । यस्तो स्थितिमा पिसाब फेरि सकेपछि स्वत: केही थोपा वा मात्रामा पिसाब बाहिर निस्कन्छ र सो पनि धेरैजसो स्थितिमा चर्पीबाट बाहिर निस्केपछि । सबै नै पिसाब निख्रियोस् भने केही बेर पर्खिएर लिङ्गलाई 

हल्लाएर पिसाब झार्दा पनि यो समस्या रहन सक्छ । 

यस्तो विशेषत:मूत्रनलीको वरिपरि हुने pelvic floor का मांसपेशी कमजोर हुनु यसको कारण मानिन्छ । पौरुष ग्रन्थीको शल्यक्रिया, कब्जियतको समस्या भए जहिले पनि धेरै बल लगाउनुपर्ने स्थिति, दीर्घ खोकी, अधिक तौल, स्नायुमा भएको क्षति अनि धेरैजसो स्थिति भारी उठाउनुपर्ने काम जस्ता कुराले सो मांसपेशीलाई कमजोर बनाउन सक्छ । पुरुषले पनि सो मांशपेशी बलियो बनाउन Kegel’s Exercise गर्नु वेश हुन्छ । तपाईंको सन्दर्भमा भने यो समस्या रहिरहेमा मूत्ररोग विशेषज्ञसँग एकपल्ट सल्लाह लिनुहोला ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik