• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
टेस्टेस्टेरोनको कमी र यसको उपचार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

टेस्टेस्टेरोनको कमी र यसको उपचार
फाल्गुन ६, २०७६

 

म २६ वर्षको अविवाहित पुरुष हुँ । विगत तीन वर्षदेखि मेरो लिंग उत्तेजित कम हुने र कडापन छिटो हराउने -Erectile Dysfunction_  समस्या थियो । आजभन्दा साढे एक वर्षअगाडि हार्मोन चेक गराउँदा कम ३ सय ५० ng/dl पत्ता लाग्यो । डाक्टरको निर्देशनमा आयुर्वेदिक औषधि खाइयो । तर, फार्मेसीले डाक्टरको प्रेस्क्रिप्सनभन्दा बढी डोजको औषधिमा दिएछ, मलाई थाहा भएन । औषधि खाएको दुई–तीन महिनापछि हस्तमैथुन धेरै गरियो । त्यसपछि अण्डकोष सुन्निएको र दुखेको महसुस भयो । सात दिनपछि सेक्सोलोजिस्टलाइ देखाएँ र उहाँले Epidymitis भएको भनेर Antibiotic Azithromycin र हार्मोन बढाउने औषधि दिनुभयो । दुख्न र सुनिन कम भए पनि ठीक भएन । त्यसको एक महिनापछि Scortum को भिडियो एक्सरे गर्दा देब्रेतिर Epidymis  र  Spermatic Cord सुन्निएको देखियो । FNAC पनि नर्मल देखियो । फेरि औषधि खाएँ, ठीक भएन । नदुख्नका लागि डाक्टरको सिफारिसमा तीन महिनाजति Diclofenac SR -100 र हार्मोन बढाउने औषधि एक वर्षजति खाएँ, तर अझै ठिक भएको छैन । दुखाइ दाहिने अण्डकोषतिर सरेर अहिले गाँठो पनि परेको छ । अहिले कुनै औषधि खाएको छैन । वीर्य स्खलन हुँदा धेरै र नहुँदा कहिलेकाहीं अझै पनि त्यो भाग दुख्छ । र, स्खलन हुँदा शरीर पूरै गलेको र पाखुराको मासु फर्केको महसुस हुन्छ । भिटामिन बी–१२ को मात्रा पनि नर्मल छ । यी दुई समस्याबाट कसरी छुट्कारा पाइएला ? जानकारी पाए आभारी हुने थिएँ ।

                                                                                                             M.KC

टेस्टोस्टेरोनको कमी

टेस्टोस्टेरोन हाम्रो यौनेच्छा सञ्चालनमा प्रमुख भूमिका खेल्ने हार्मोन हो । टेस्टेस्टेरोनको कमी हुँदा के–कस्ता लक्षण देखिन्छन् त ? व्यक्तिअनुसार टेस्टस्टेरोनको मात्रा फरक हुन्छ । यसमा थाइराइड ग्रन्थिको कार्य, प्रोटिनको स्थिति तथा अन्य कुराले प्रभाव पार्छ । टेस्टोस्टेरोन मात्रा १८–१९ वर्षको उमेरमा उच्च हुन्छ र त्यसपछि बिस्तारै कम हुँदै जान्छ ।

American Urological Association अनुसार टेस्टेस्टेरोनको कमी (Testosterone Deficiency) मापन गर्न निम्न कुराहरूलाई आधार मानिन्छ :

    सम्पूर्ण टेस्टोस्टेरोनको मात्रा ३ सय ng/dl

    यसलाई निक्र्योल गर्न बिहान सबेरै दुई फरक–फरक दिनमा टेस्टोस्टेरोनको परीक्षण गरिएको हुनुपर्छ ।

    यसको निदानका लागि रगतमा टेस्टोस्टेरोनको मात्राको कमीका साथै व्यक्तिमा यसको कमीका लक्षण तथा चिह्नहरू हुनुपर्छ ।

    टेस्टोस्टेरोन कमीको लक्षण नभएको स्थितिमा पनि व्यक्तिमा कारण थाहा पाउन नसकिएको रक्तअल्पता, हाडको घनत्वमा कमी, केमोथेरापी भएको, अण्डकोषमा कुनै विकिरणको प्रभाव, एचआईभी/एड्स, लागूऔषधको लामो समयदेखि प्रयोग, पुरुष प्रजनन क्षमता नभएको स्थिति, पिट्युटरी ग्रन्थिको खराबी, स्टेरोइड औषधिका दीर्घ प्रयोग आदिको जानकारी प्राप्त गर्ने वा परीक्षण गर्नुपर्छ । 

यहाँ हामीले टेस्टेस्टेरोनको कमी Destosterone Deficiency) हुँदा लक्षण तथा चिह्नहरूलाई पनि विचार गर्नुपर्ने हुन्छ । यी शक्ति कम हुनु, थकाइ लाग्नु, बल कम भएको अनुभव हुनु, लामो समयसम्म शारीरिक मेहनत गर्न नसक्नु, मांसपेशी कम हुँदै जानु, पेट लाग्नु, चिडचिडापन हुनु, उदासीपन हुनु, लिंग उत्तेजित नहुनु वा लिंगलाई उत्तेजित अवस्थामा लामो समयसम्म राखिराख्न नसक्नु र यौन चाहनामा कमी हुनुजस्ता यसका लक्षण तथा चिह्नहरू हुन् । विचार गर्ने हो भने यी लक्षणहरू अन्य अवस्थामा पनि देखिने गर्छन् । कतिपय स्थितिमा शारीरिक कारण मात्र नभई मानसिक कारणले पनि यस्तो स्थिति आउने गर्छ । त्यसैले लक्षणका आधारमा नै निदान गर्न सकिने स्थिति नहुन सक्छ भन्ने कुरा हेक्का राख्नुपर्छ । लक्षणहरू र रगतमा यसको मात्रा ३ सय ng/dl हुनुलाई यसको आधार बनाइन्छ ।

टेस्टेस्टेरोनको कमीको उपचार

आशा गर्छु कि तपाईंले स्तरीय प्रयोगशालामा नै परीक्षण गराउनुभएको होला । दुई फरक बिहान रक्त नमुना लिएर स्तरीय विधि प्रयोग गरी नै परीक्षण गरिएको होला भन्ने आशा लिएको छु । तपाईंको टेस्टोस्टेरोनको मात्रा ३ सय ५० ng/dl भएको कुरा गर्नुभएको छ । मापदण्डका आधारमा तपाईंलाई कमी भएको भन्न नमिले पनि यसको मात्रा ३ सय ng/dl भन्दा केही बढी भएर लक्षण तथा चिह्नहरू देखिएको स्थितिमा चिकित्सकले उपचारका लागि हार्मोन दिने निर्णय गर्न सक्छन् । यता आधुनिक चिकित्सा पद्धतिअनुसार समस्याको निदान गर्ने र आयुर्वेदिक पद्धतिअनुसार उपचार गर्ने कुरामा तालमेल नमिलेजस्तो लाग्छ । सिफारिस गरिएको भन्दा फरक औषधि वा फरक मात्रा दिनु एक किसिमले अपराध नै हो । 

समाधानका लागि के गर्ने ? 

तपाईंको सन्देशमा प्राप्त भएको जानकारीका आधारमा तपाईंको अण्डकोषमा नै नभए पनि नजिकै भएका Epididymis तथा Spermatic Cord  मा खराबी देखिएको छ । त्यस्तो हुनुको कारण संक्रमण पनि हुन सक्छ । तपाईंले लिंग उत्तेजनामा समस्या भएको कुरा गरे पनि यौनसम्पर्क के–कस्तो थियो भनेर लेख्नुभएको भने छैन । यदि असुरक्षित यौनसम्पर्क भएको थियो भने केही यौनरोगको संक्रमणले पनि यस्तो गराएको हुन सक्छ । तपाईंले सेक्सोलोजिस्टबाट सल्लाह लिइसक्नुभएको स्थितिमा तपाईंको समस्याको सही निदान र समाधानका लागि मूत्ररोग विशेषज्ञ अनि चर्म तथा यौनरोग विशेषज्ञको सल्लाह 

लिनु बेस होला । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik