• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
टिनएजरलाई डिस्मेनोरिया
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

टिनएजरलाई डिस्मेनोरिया
फाल्गुन १५, २०७६

 

अधिकतर टिनएजरमा महिनावारीको सुरुवातीसँगै देखापर्ने मुख्य समस्यामा डिस्मेनोरिया पर्छ । मेडिकल भाषामा महिनावारीको बेला सानो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ । तर, यसले व्यावहारिक रूपमा किशोरी वा महिलाको दैनिक क्रियाकलापमा असर पुग्ने गरी हुने पीडादायी महिनावारीलाई बुझाउँछ । बिना कुनै कारण (प्राथमिक प्रकारको) वा स्त्री जनेन्द्रियमा कुनै समस्या भएर (सेकेन्डरी प्रकारको) टिनएजरहरूमा पीडादायी महिनावारी (डिस्मेनोरिया) हुनसक्छ ।

प्राथमिक प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रियमा स्पष्ट रूपमा कुनै समस्या देखिँदैन । करिब ५ देखि १० प्रतिशत किशोरी वा महिलाहरूमा यस्ता खाले डिस्मेनोरिया हुन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिनजस्ता कतिपय पीडा कम गर्ने औषधिको प्रादुर्भाव पछि यस्ता खाले डिस्मेनोरियाबाट उल्लेखनीय राहत मिलेको छ । 

प्रायश: किशोरीवस्थामा हुने र डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक प्रकारको डिस्मेनोरियामा सानो पेट दुख्न सुरु हुनाको कारण ठ्याक्कै थाहा छैन । गर्भावस्था तथा योनिद्वारबाट सुत्केरी भएपछि निराकरण हुने यस्ता खाले डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याइ तथा पाठेघरमा अक्सिजन अभाव हुनाले हुने गरेको विश्वास गरिएको छ ।

किशोरीवस्थामा हुने मानसिक तनाव, चिन्ता एवं पीडा खप्न सक्ने क्षमतामा कमीका साथै पाठेघरको मुख साँघुरिने, जन्मजात रूपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्याधिक मात्रामा भ्यासोप्रेसीन (पाठेघर खुम्च्याइलाई बढाउने रासायानिक पदार्थ) तथा प्रोस्टाग्लान्डिन (पाठेघरको मध्यम तहमा रक्त सञ्चार घटाउने) को उत्पादनले गर्दा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ ।

महिनावारी सुरु भएको २ वर्षसम्म यस्ता खाले डिस्मेनोरिया हुनसक्छ । प्रभावित किशोरीकी आमा तथा दिदीलाई पनि यस्तै समस्या भएको हुन सक्छ । सम्भ्रान्त परिवारकी महिलामा यस्तो समस्या बढ्ता देखिन्छ ।

प्राथमिक प्रकारको डिस्मेनोरिया महिनावारी सुरु हुनु केही घण्टा अगाडिदेखि वा महिनावारीको सुरुवातसँगै सानो पेट दुख्ने कार्य सुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्न सक्छ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने हुनसक्छ । पेट वा जनेन्द्रियको आन्तरिक जाँचमा त्यस्तो कुनै खराबी भेटिँदैन ।

प्राथमिक प्रकारको उपचारका लागि किशोरीको स्वास्थ्यस्थिति सुधार्न पोसिलो खानेकुरामा ध्यान दिनुका साथै पीडाको कारणबारे प्रस्ट्याउने, ढाडस दिनेलगायत मानसिक टेवा दिनुपर्छ । यस्तो बेला खेलकुद, टेलिभिजन, योगालगायतका आफ्ना रुचिकर कार्यमा संलग्न हुनुपर्छ । नियमित रूपमा दिसा गरी तल्लो आन्द्रा खाली राख्नुपर्छ । मेफेनेमिक एसिड, ब्रुफेन, नेप्रोक्सिनलगायत पीडा कम हुने औषधिहरू महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सकिन्छ ।

अविवाहित बाहेक परिवार नियोजन चाहने, बढ्ता रक्त बहाव हुने तथा पीडा कम हुने औषधिबाट पनि उल्लेखनीय सुधार नभएकामा पिल्स चक्की चलाउन सकिन्छ । कसै कसैलाई पाठेघरको मुख फुकाउने तथा स्नायु प्रणाली शिथिल बनाउने सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ ।

सेकेन्डरी प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रियमा भएको समस्याको कारण पीडादायी महिनावारी हुन्छ । महिनावारी अगाडि स्त्री जनेन्द्रिय (पुठ्ठाभित्रको आन्तरिक अङ्ग) हरूमा रक्त सञ्चार बढ्नाले यी अङ्गहरूमा तनाव बढ्छ र पीडा महसुस हुन्छ ।

जीर्ण प्रकारको स्त्री जनेन्द्रियसम्बन्धी संक्रमण, सानो पेट वरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस), उमेर पुगेका महिलामा पाठेघर समग्रमा बढ्ने स्थिति (एडेनोमायोसिस), पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पाठेघरको भित्री तहबाट मासु झोलिने समस्या (पोलिप) तथा पाठेघरमा राखेको कपर टीका कारण यस्तो खाले डिस्मेनोरिया हुन्छ ।

यस्तो प्रकारको डिस्मेनोरिया करिब ३० वर्ष नाघेको एवं बच्चा पाइसकेका महिलालाई हुन्छ । यस्तो खालको पीडा तल्लो पेट र ढाडमा हुन्छ । प्रायस: महिनावारी सुरु हुन ३ देखि ५ दिन अगाडि पेट दुख्न सुरु भई महिनावारीमा रगतको बहावसँगै पीडा कम हुन्छ । पीडाको सुरुवात तथा अवधी पीडाको कारक तत्वमा भर पर्छ ।

यसमा वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता अन्य लक्षण चिन्ह हुँदैन । तर, पाठेघरमा अन्तरनिहित कारण जस्तै कि इन्डोमेट्रिओसिस, एडेनोमायोसिस, फाइब्रोइड तथा पोलिप आदिका छुट्टै लक्षण चिन्ह पनि देखा पर्छ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण एवं अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपीलगायतका परीक्षणहरूबाट कारक तत्व निक्र्योल गर्न सकिन्छ ।

कारक तत्त्वलाई लक्षित गरी उपचार गर्नुपर्छ । अधिकांश समस्यालाई शल्यक्रियाको जरुरत परे पनि समस्याको गम्भीरता, प्रताडित व्यक्तिको उमेर तथा बच्चा पाउने चाहनाअनुसार उपचारको छनोटमा भिन्नता आउँछ । शल्यक्रिया नगरुन्जेल वा शल्यक्रिया गर्ने उपयुक्त समय पर्खुन्जेल औषधि सेवनबाट पनि यस्तो खाले डिस्मेनोरियालाई काबुमा नियन्त्रणमा राख्न सकिन्छ ।

घरेलु उपचार

तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) बाट छुट्कारा पाउन कतिपय घरेलु उपायहरू अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा पानी तताएर पिए आराम मिल्छ । आफ्नो दैनिक क्रियाकलाप जारी राख्न सकिन्छ । व्यायाम र घुमफिर गर्नाले आफ्नो ध्यान अन्यत्र मोडिने हुनाले फाइदै पुग्छ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik