• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
मोटोपनको चिन्ता !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मोटोपनको चिन्ता !
फाल्गुन १९, २०७६

  

डा.बजरंग रौनियारकहाँ १ सय १७ केजी तौल भएका एक जना बिरामी आए । ‘प्रि–डाइबिटिज’को समस्या भएका ती बिरामीलाई मधुमेह, थाइराइड तथा ग्रन्थि रोग विशेषज्ञ डा.रौनियारले मोटोपन घटाउने औषधि दिए, शारीरिक क्रियाकलाप बढाउन सुझाव दिए । त्यसपछि करिब २ महिनामा ती व्यक्तिको १७ केजी तौल घट्यो ।

मोटोपनकै समस्या भनेर उनीकहाँ ल्याइएका पाँच वर्षीय एक बालकको तौल ३० केजीभन्दा माथि थियो । उचाइ ९० सेन्टिमिटर मात्रै । त्यस उमेरमा औसत तौल २० केजी र उचाइ १ सय १० सेन्टिमिटर हुुनु उपयुक्त थियो । बालकमा उमेरगत चन्चलता पनि थिएन, पढाइमा सुस्त थिए । रौनियारलाई मोटोपन मात्रै कारण होइन भन्ने लाग्यो । जाँच गर्दा थाइराइडको समस्या देखियो । औषधि दिएपछि बालकमा सुधार देखिएको उनी बताउँछन् ।

त्यस्तै, उनीकहाँ २२ वर्षका एक युवक आएका थिए । तर, झट्ट हेर्दा १२ वर्षको देखिन्थे । एमआरआई गरेर हेर्दा पिट्युटरी ग्रन्थिमा ट्युमर पलाएको देखियो । त्यही ट्युमरकै कारण उनको उचाइ रोकिएको थियो, मोटोपन देखिएको थियो । भारत गएर ट्युमर शल्यक्रिया गरेपछि उनको मोटोपन घट्यो, उचाइ बढ्यो । 

मोटोपनकै समस्या लिएर उपचारका लागि ब्यारियाट्रिक सर्जन डा. टंक बोहोराकहाँ पनि धेरै बिरामी पुग्छन् । यसै क्रममा ५६ वर्षीया एक महिला पुगिन् । उनको तौल १ सय ४२ केजी थियो । उनी मोटाएर हिँडडुल त के, सामान्य क्रियाकलापसमेत गर्न नसक्ने अवस्थामा थिइन् । कपाल कोर्न, कपडा लगाउनदेखि खाना खानसमेत उनलाई अरूको साहरा चाहिन्थ्यो । उनमा प्रेसर, मधुमेह र थाइराइडको पनि समस्या देखियो । जाँच गर्दा उनमा ‘मोरबिड ओभिसिटी’ भएको पाइएको बोहोरा बताउँछन् । त्यो भनेको शारीरिक व्यायाम र औषधिले काम नगरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था हो । त्यसपछि उनको मोटोपनको शल्यक्रिया गरियो । शल्यक्रियापश्चात् उनी सामान्य अवस्थामा फर्किइन् । अहिले उनको तौल ८५ केजी छ । मधुमेह, प्रेसरको औषधि पनि कम गरिएको छ ।

यी उदाहरणहरूले भन्छन् कि कुनै न कुनै रूपमा मोटोपन एउटा प्रमुख स्वास्थ्य समस्या बनिरहेको छ । भेटघाट र जमघटमा हातले पेट मुसार्दै ‘मोटाइयो, अब जिम जानुपर्ला’ भनेका दृश्य आम नै हो । अझ सहरी जीवनशैलीका कारण बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मोटोपनले पिरोल्न थालेको छ । सहरिया व्यस्तता, विलासी जीवनशैली, अल्छीपना, असन्तुलित खानपानजस्ता कारणले सहरमा बस्नेहरूको शरीर असन्तुलित ढंगले बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा संसारका २ सय बढी देशहरूमा गरेको मोटोपनसम्बन्धी एक अनुसन्धानमा संसारभर १२ करोड ४० लाख केटाकेटी असाध्यै मोटा रहेको देखाएको थियो । यसले मोटोपन विश्वकै स्वास्थ्य समस्याका रूपमा देखिइरहेको प्रमाणित हुन्छ । 

मोटोपनले मानिसहरूलाई मानसिक रूपमा त पिरोलिरहेको छ नै, उत्तिकै मात्रामा रोगको सिकार पनि बनाइरहेको छ । के खानपानले मात्रै मोटोपन बढाउँछ त ? ‘होइन’, इन्डोक्राइनोलोजिस्ट डा. ज्योति भट्टराई भन्छिन्, ‘विभिन्न कारणले मोटोपनको सिकार हुने मानिसहरूको संख्या बढ्दै गइरहेको छ । असन्तुलित भोजन पनि एउटा कारण हो । तर, अन्य रोगका कारण पनि मोटोपन बढ्छ ।’ 

मोटोपनको समस्या बढ्दै जाँदा डाइटिसियनकहाँ सल्लाह लिन जाने बढ्दैछ । डाइटिसियन भीष्मा राई यसमा सहमत छिन् । गत जेठमा सरिता श्रेष्ठ (नाम परिवर्तन) मोटोपनको समस्या लिएर राईकहाँ पुगिन् । उनलाई एक वर्षअघिदेखि नै मधुमेहको पनि समस्या थियो । उनले औषधि खाए तापनि मधुमेह नियन्त्रण बाहिर थियो, तौल सय केजी पुगेको थियो । उनी नियमित राईको सम्पर्कमा बसिन् । राईले पनि उनलाई कम क्यालोरीयुक्त डाइट सिफारिस गरिन् । 

६ महिना नियमित आफ्नो निगरानीमा बस्दा उनले १२.६ केजी तौल घटेको राई दाबी गर्छिन् । ‘मैले उहाँलाई कम क्यालोरीयुक्त डाइट सिफारिस गरेँ,’ उनी भन्छिन्, ‘६ महिना मेरो निगरानीमा रहेर निर्देशन पालना गर्दा मधुमेह र मोटोपन कन्ट्रोल भएको छ ।’ यद्यपि मोटोपन भएका सबैलाई एउटै डाइटले काम गर्दैन । मोटोपन, रोग र उचाइका आधारमा डाइट मिलाउनुपर्ने राई बताउँछिन् । 

एक चौथाइ नेपालीमा मोटोपन 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै गरेको एक अनुसन्धानले एक चौथाइ नेपालीमा मोटोपन रहेको देखाएको छ । सन् २०१९ मा ६६ जिल्लाका १५ देखि ५९ वर्ष उमेर समूहका ५ हजार ५ सय ९३ मानिसमा गरिएको अनुसन्धानले २४.३ प्रतिशत नेपालीमा मोटोपन र ४.३ नेपालीमा अधिक मोटोपन रहेको देखाउँछ । 

यीमध्ये पनि सहरमा बस्ने ३३.१ प्रतिशत र गाउँमा बस्ने १८.४ प्रतिशत नेपालीमा मोटोपन रहेको पाइएको छ । यस्तै गरिबभन्दा धनी मानिसहरूमा बढी मोटोपनको समस्या देखिएको छ । ३६.७ प्रतिशत धनी मानिसमा मोटोपनको समस्या भएको पाइएको छ । अध्ययनमा प्रदेशअनुसार पनि तथ्यांक निकालिएको छ । जसमा बाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै मानिसमा मोटोपन रहेको पाइएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम रहेको पाइएको हो । 

एनएचआरसीले पाँच वर्षको अन्तरालमा यसको अध्ययन गर्दै आइरहेको छ । यसभन्दा अघि सन् २०१३ को अनुसन्धानले १७.४ प्रतिशत नेपालीमा मोटोपन पाइएको थियो । त्यो बेलाको तुलनामा अहिले मोटोपन झनै बढेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन् । बढ्दो सहरीकरण, शारीरिक व्यायामको कमी, जंकफुड, अत्यधिक नुनको सेवनजस्ता कारणले आम नेपालीमा मोटोपनको समस्या बढ्दै गएको उनले बताए । 

मोटोपनको कारण

    शारीरिक व्यायाममा कमी । 

    अस्वस्थकर खानपान 

    वंशानुगत 

    हार्मोनको गडबढी 

    मानसिकसम्बन्धी औषधिको प्रयोग 

    लामो समयदेखि दम, जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोइड प्रयोग गर्नेहरूलाई 

    जंक फुडको बढी प्रयोग 

    चिनी तथा चिनीजन्य खानेकुरा, जुस पेय पदार्थजस्तै कोकाकोला फेन्टा, स्प्राइट आदिको बढी प्रयोग आदिले मोटोपन बढाउँछ ।

मोटोपना छ/छैन कसरी थाहा पाउने ? 

हामीले आफ्नो शरीरको तौल कति उचित हो भन्ने कुरा सहजै जान्न सक्छौं । त्यसका लागि बीएमआई को उचाइ र तौलको फर्मुला प्रयोग गर्न सकिन्छ । एसियनहरूका लागि बीएमआईले १८.५ देखि २२.९ लाई सामान्य, २३ देखि २७.४ सम्म बढी तौल, २७.५ देखि ३२.४ सम्म मोटो, ३२.५ देखि ३७.४ सम्म धेरै मोटो र ३७.५ केजीभन्दा माथि अति मोटो भनेर वर्गीकरण गरेको छ । 

यो वर्गीकरणअनुसार आफ्नो स्थिति थाहा पाउन शरीरको तौल र उचाइ थाहा हुनु आवश्यक छ । नेपालमा उचाइ फुटमा नाप्ने चलन छ । त्यसलाई मिटरमा रूपान्तरण गर्नुपर्छ । रूपान्तरण गर्दा आएको परिणामलाई त्यही परिणामले गुणा गर्नुपर्छ । त्यसबाट प्राप्त परिणामले आफ्नो तौललाई भाग गर्दा आएको नतिजाबाट तौलको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ । 

यद्यपि, १६ वर्षमुनिकालाई बीएमआई प्रयोग हुँदैन । यो उमेर समूहलाई विश्व स्वास्थ्य संगठनको ग्रोथ चार्ट हेरेर शरीरको तौलको अवस्था पत्ता लगाउन सकिने डाइटिसियन राई बताउँछिन् । 

मोटोपन घटाउन के गर्ने ?

भिष्मा राई /डाइटिसियन

१. स्वस्थकर खानपान अपनाउने 

    दैनिक सन्तुलित भोजन खानुहोस् 

    मैदाबाट बनेका, रिफाइन्ड गरिएका परिकारहरू नखानुहोस् । 

    बिहानको खाजा नियमित रूपमा खानुहोस् । 

    खाना पकाउँदा तेलको मात्रा कम गर्नुहोस् । 

    दिउँसो नसुत्नुहोस् । 

  रेसादार खानेकुरा बढी मात्रामा खानुहोस् । जस्तै: हरियो सागसब्जी, फलफूल, सलाद, खोस्टासहितको अन्न र गेडागुडी दैनिक रूपमा खानुहोस् । 

    खानामा अन्नको मात्रा कम गरी सागपात, सलादको मात्रा बढाउनुहोस् ।

    दूध खाँदा दूधको छाली फ्याक्नुहोस् वा कम चिल्लो भएको दूध खानुहोस् । 

२. शारीरिक व्यायाम 

    शारीरिक व्यायामले शरीरमा भएको अनावश्यक बोसोलाई घटाई शरीरलाई स्वस्थ राख्छ ।

    शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा फुर्तिलो बनाइराख्छ । 

    रक्तनलीलाई स्वस्थ राखी मुटु रोग तथा ह्दयाघातबाट बचाउन मद्दत गर्छ । 

३. तनाव व्यवस्थापन गर्नुहोस् धेरै चिन्ता लिने बानी हटाउनुहोस् ।

    

४. व्यवहार र धारणामा परिवर्तन 

    बिस्तारै मज्जाले चपाएर खाने बानी गर्नुहोस् । कारण : पाचन प्रक्रियामा सहयोग गर्छ । 

    भोकै न बस्नुहोस् । सधैं एकै समयमा खाने बानी गर्नुहोस् । कम्तीमा पनि ४ पटक खानुहोस्, ठीक्क खानुहोस्, कहिले धेरै कहिले थोरै नखानुहोस् । 

    खाना रमाएर खानुहोसु । टिभी हेर्दै, मोबाइल खेल्दै खाने नगर्नुहोस् । 

नोट : बढ्ने उमेरका बालबालिकाहरूलाई खानपानमा बन्देज गर्नुको सट्टा शारीरिक क्रियाकलाप गर्न जोड दिई स्वस्थकर खानपानमा विशेष ध्यान दिऔं । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik