• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
कसरी बढाउने  रोग–प्रतिरोधी क्षमता ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कसरी बढाउने  रोग–प्रतिरोधी क्षमता ?
फाल्गुन ३०, २०७६

चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को कम्प १ सयभन्दा बढी देशमा पुगेको छ । सीमा जोडिएका छिमेकी मुलुक चीन र भारतमा समेत कोभिड–१९ को संक्रमण फैलिन थालेपछि नेपालमा स्वाभाविक चिन्ता सुरु भएको छ । 

विश्वव्यापी ट्रेण्ड हेर्दा दीर्घरोगी, बुढापाका, बालबालिका र त्यसमा पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू छन् । अहिले चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू कोभिड–१९ को सम्भावित आक्रमणबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा जोड दिइरहेका छन् । अब स्वाभाविक प्रश्न उठ्छ ? रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ ? 

पोषणविद् डा. अरुणा उप्रेती अहिले मानिसहरूमा विभिन्न कारणले रोगसँग लड्ने क्षमता घटिरहेको बताउँछिन् । ‘रोगसँग डराउनेभन्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ,’ उनी भन्छिन्, ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन भान्सामा दैनिक पाक्ने खानेकुराहरू नै काफी हुन्छन् ।’ उनकाअनुसार दाल, चामल, हरिया सागसब्जी, घरायसी मसला, खिचडी, तरुल, क्वाटी, रोटी, ढिंडो, दूध, दही मोही, ताजा अचार, खीर, पुरीजस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

प्रतिरोधात्मक क्षमता वृद्धिमा आयुर्वेदिक गुण भएका वनस्पति तथा जडिबुटीको पनि उत्तिकै भूमिका हुने विज्ञहरू बताउँछन् । वरिष्ठ आयुर्वेद चिकित्सक डा.ऋषिराम कोइराला आयुर्वेदिक पद्धतिबाट पनि शरीरमा शक्ति आर्जन गर्न सकिने बताउँछन् । ‘दैनिक रूपमा खाने घरेलु मसलाले नै हाम्रो शरीरमा शक्ति दिइरहेको हुन्छ,’ उनी भन्छन्, ‘अदुवा, बेसार, मरिच, दालचिनी, टिमुर, अश्वगन्धा, तुलसीलगायतका जडिबुटीले रोगप्रतिरोधी क्षमता बढाउँछ ।’ आयुर्वेदका दृष्टिमा रोगसँग लड्ने क्षमता बढाउनका लागि ध्यान, योग, खानपिन, उठबस, निन्द्रा, नियमित दिसा पिसाब, रहन–सहनजस्ता पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने चिकित्सकहरू बताउँछन् । 

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै पनि औषधी, भ्याक्सिन आधिकारिक रुपमा पत्ता लागेको छैन । त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेकै संक्रमणबाट बच्नु हो । त्यसबाहेक आफूलाई संक्रमण नहुने गरी तयार पार्नु अझ महत्वपूर्ण पक्ष हो । त्यसका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको जनस्वास्थ्यविद् खेम कार्की बताउँछन् । जसका लागि शारीरिक अभ्यास र सन्तुलित आहार आवश्यक हुने उनको भनाइ छ । ‘रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि प्रोटिन, भिटामिन र खनिज भएका तर कार्बोहाइड्रेट कम भएका खानेकुराहरू खानुपर्छ,’ उनी भन्छन्, ‘जसका लागि हरियो सागसब्जी, फलफूल, दूध, दही माछामासु खानुपर्छ ।’ भिटामिन र खनिजले शरीरलाई प्रतीरक्षा गर्ने काम गर्छ भने प्रोटिनले शरीरको वृद्धि विकासमा टेवा पुर्‍याउने कार्की बताउँछन् । ‘कार्बोहाइड्रेट कम भएका, प्रोटिन, भिटामिन र खनिज पदार्थ हुने खानेकुरा पर्याप्त खाइयो भने इम्युनिटीमात्र नभएर शरीर स्वस्थ, निरोगी र फुर्तिलो हुन्छ,’ उनले भने ।

शरीर संशुद्धि गरौं 

डा. ऋषिराम कोइराला, वरिष्ठ आयुर्वेद चिकित्सक

आयुर्वेदिक पद्धतिमा रोग प्रतिरोधात्मक क्षमता अथवा व्यादि क्षमत्व वृद्धि गर्नका लागि तनाव कम गर्ने, सकारात्मक सोंच्ने र मनोरञ्जनात्मक कार्यमा जोड दिने गर्नुपर्छ । त्यस्तै गेडागुडी र सागसब्जीसँगै पचाउन सहज हुने खानेकुरा खानेकुरा खानुपर्छ ।  

जडिबुटी 

गुर्जो, सिरिस, घोडथाप्रे, तुलसी, अदुवा, तुलसीपत्र, पुष्करमूल, सती, कुष्ठ, रुदिलो, चिराइतो, कुट्कीलगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछ । 

मसला 

बेसार, ज्वानो, पिपला, मरिच, सुठो, लसुन, अदुवा, मेथी, जिरा, मरिच, दालचिनीलगायत हाम्रो भान्सामा पाइने मसलाले पनि रोगसँग लड्ने शक्ति बढाउँछ । 

आयुर्वेदिक चुर्ण 

पुष्करमुलाध्यादि चुर्ण, तालिसादी चुर्ण, लबङ्गादि चुर्ण, सितोपलादी चुर्ण, रुदन्ती चुर्ण, सिरिसको क्वाथ, सथ्यादि चुर्ण जस्ता थुप्रै आयुर्वेदिक चुर्ण छन् । जसले रोगसँग लड्ने शक्ति बढाउँछ । 

शरीर संशुद्धी र पञ्चकर्म 

विभिन्न मसला, जडिबुटी तथा आयुर्वेदिक चुर्णको सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाए पनि आयुर्वेदमा शरीर संशुद्धी सबैभन्दा महत्वपूर्ण कुरा हो । आयुर्वेदमा विभिन्न प्रकारका उपचार पद्धति छन् । यसमा सबैभन्दा राम्रो त आफ्नै शरीरलाई कसरी माया गर्ने भन्ने हो । जस्तै बिहानै घाममा बसेर शरीरमा तेल लगाउँदा पनि व्यादी क्षमता बढ्छ । यस्तै, शरीर संशुद्धीअन्तर्गत कलेजो, पित्तथैली, र आन्द्रा सफा गर्न सकिन्छ । आयुर्वेदमा चिकित्सकको निगरानीमा गरिने रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण विधि पञ्चकर्म पनि हो । यसले शरीरको शुद्धि, विषाक्तरहित र व्यादी क्षमता बढाउने काम गर्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik