• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
कोरोना : संसारै सतर्क
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कोरोना : संसारै सतर्क
चैत्र ७, २०७६

तीन महिना बित्न लाग्दा कोरोना भाइरस (कोभिड–१९) को आतंक झन्पछि झन् बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंगलबारसम्म १ सय ५६ देशमा कोरोना भाइरस देखिएको पुष्टि गरेको छ । डब्लूएचओका अनुसार कोरोनाबाट संसारभर ७ हजार ४ सय २६ जना मानिसको मृत्यु भइसकेको छ भने १ लाख ७९ हजार १ सय १२ जना संक्रमित छन् । संक्रमण बढेसँगै संसारभर सतर्कता अपनाउन विभिन्न कदम चालिरहेका छन् ।

३१ डिसेम्बर २०१९ मा चीनको हुबे प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ को संक्रमण चीनपछि सबैभन्दा बढी युरोपेली मुलुकमा देखिएको छ । यो भाइरसका कारण चीनमा ३ हजार २ सय ३१ जनाको ज्यान गइसकेको छ भने त्यहाँ ८१ हजार १ सय १६ जना संक्रमित छन् । पछिल्लो समय चीनमा कोरोना भाइरसको असर कम हुँदै गएको चीन सरकारले जनाएको छ । यतिबेला कोभिड १९ को असर इटली, स्पेन, फ्रान्सलगायतका देशमा बढी देखिएको छ । कोरोनाको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा नेपालमा पनि यसको त्रास बढ्नु स्वाभाविकै हो । हालसम्म नेपालमा १ जनामामात्र कोरोना भाइरस भएको पुष्टि भएको छ । तैपनि आममानिसमा यसको त्रास भने कायमै छ । साथै कोरोनाको शंका लागेर अस्पताल पुग्नेको संख्यामा कमी आएको छैन । नेपालमा बुधबारसम्म ५ सय ११ जनाको कोरोना परीक्षण गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले बताइन् । 

दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण ३ जनाले ज्यान गुमाएका छन् भने १ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । नेपालसँग भारतको खुला सिमाना भएका कारण आम नेपालमा कोरोना भाइरस समुदायमा प्रवेश गर्छ भन्ने त्रास बढेको देखिन्छ । सरकारले पनि कोरोना संक्रमित बिरामीको उपचारका लागि राजधानीका ५ अस्पतालमा १ सय २० र प्रदेशमा १ सय १५ वटा गरी २ सय ३५ आईसीयू बेड थप्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसबाहेक एक हजार आइसोलेसन बेड थप गर्ने तयारी भइरहेको छ । ‘तत्कालै नेपालमा ५ सय जनालाई कोरोना देखियो भने हामीसँग उपचार गर्ने ठाउँ छ,’ उनले भने । 

४५ देशका मानिसको मृत्यु 

डब्लूएचओका अनुसार मंगलबारसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण १ सय ५६ देशमा देखिए तापनि ४५ देशका नागरिकको ज्यान गएको छ । धेरै मृत्यु चीनमै रहेको छ, जहाँ ३ हजार २ सय ३१ जनाको मृत्यु भएको छ । त्यहाँ ८१ हजार १ सय १६ जना संक्रमित भएको डब्लूएचओले पुष्टि गरेको छ । चीनपछि इटालीमा २ हजार ५ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ । यस्तै, स्पेनमा ३ सय ९ जनाको ज्यान गएको छ भने ९ हजार १ सय ९१ जनामा कोभिड–१९को संक्रमण देखिएको छ । फ्रान्समा १ सय ४८ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ७३ जना कोरोना भाइरस संक्रमित छन् । 

यस्तै इरानमा कोभिड–१९ का कारण ८ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ १४ हजार ९ सय ९१ जना संक्रमित छन् । त्यसैगरी जापानमा २८, दक्षिण कोरियामा ८१, जर्मनीमा १३, स्विट्जरल्यान्डमा १४, बेलायतमा ५५, नेदरल्यान्डमा २४, फिलिपिन्समा १२जनाले ज्यान गुमाएका छन् । यस्तै, नर्वे, अष्ट्रिया, स्विडेन, पोल्यान्ड, लेबनानमा ३/३ जनाको ज्यान गएको छ । बेल्जियममा ५ जनाको ज्यान गएको छ । डेनमार्क र ग्रिसमा ४/४ जनाको मृत्यु भएको डब्लूएचओले जनाएको छ । यस्तै, आयरल्यान्ड, बुल्गेरियामा २/२ जनाले ज्यान गुमाएका छन् । सान मारिनोमा ९ जनाको मृत्यु भएको छ । 

त्यसैगरी लक्जम्बर्ग, अल्बानिया, हंगेरी, युक्रेन, थाइल्यान्ड, बहराइन, क्यानाडा, पानामा, डोमिनिकन रिपब्लिक, गुयाना, ग्वाटेमाला, केम्यान आइसल्यान्ड लगायतका देशमा १/१ जनाको मृत्यु भएको छ । इन्डोनेसियामा ५, इजिप्टमा ४, इराकमा ९, संयुक्त राज्य अमेरिकामा ५८ र अल्जेरियामा ४ जनाको मृत्यु भएको छ । मोरक्को, अर्जेन्टिना, इक्वेडरलगायतका देशमा २/२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । 

‘ए’ रगत समूहलाई बढी ‘ओ’लाई कम संक्रमण 

कोभिड–१९ को संक्रमण ‘ए’ रक्त समूह भएका व्यक्तिहरू बढी प्रभावित र ‘ओ’ रक्त समूह भएका व्यक्तिहरू कम प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कोभिड–१९ को उद्गमस्थल वुहान र सेन्जेनमा संक्रमणमा परेका व्यक्तिहरूमा गरिएको अनुसन्धानले यो सार्वजनिक गरेको हो । 

दुई हजारभन्दा बढी संक्रमित व्यक्तिहरूको रक्त समूह परीक्षण गर्दा उक्त नतिजा देखिएको जनाइएको छ । परीक्षणमा ‘ए’ रक्त समूह भएका व्यक्तिहरू बढी रोगबाट प्रभावित हुनुका साथै उनीहरूमा लक्षण पनि बढी देखिएको थियो । वुहान युनिभर्सिटीका अनुसन्धानकर्ता वाङ जिङहुवानको नेतृत्वमा भएको यो अनुसन्धानको नतिजा अहिले प्रारम्भिक चरणमा रहेको र यस विषयमा थप अध्ययन अनुसन्धान हुने जनाइएको छ ।

२५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक तथा सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा बढी मानिस भेला नहुन नागरिकलाई निर्देशन दिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बुधबार बसेको बैठकले आमनागरिकलाई अत्यावश्यक कामबाहेक आवत–जावत र हिँडडुल नगर्न आग्रह गरेको छ । यस्तै सिनेमाहल साँस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्न निर्देशन दिएको हो । साथै बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी, मिसावट गर्ने गराउनेलाई तत्काल प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरूको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यकभन्दा बढी सामग्री खरिद र सञ्चय नगर्नसमेत अनुरोध गरेको छ । त्यस्तै सरकारले ५५ वटा देशबाट नेपाल आउन रोकेको छ । सरकारले बिहीबारबाटै चैत मसान्तसम्म विद्यालय र विश्वविद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै बिहिबारबाट सञ्चालन हुने भनिएको एसइइ परीक्षा पनि स्थगित भएको छ ।

घरपालुवा जनावरबाट कोरोना सर्दैन

-डा. शरदसिंह यादव

विश्वभर कोरोना भाइरस संक्रमणको आतंक बढ्दो छ । अहिलेसम्म मानिसमा देखिएको उक्त भाइरस घरपालुवा जनावरबाट सर्छ हुन्छ कि हुँदैन भन्ने चासोसँगै चिन्ता हुन थालेको छ । यसबारे एड्भान्सड पेट हस्पिटलका डाक्टर शरदसिंह यादवले घरपालुवा जनावरबाट कोरोना भाइरसको जोखिम हुने/नहुने र जनावरलाई गर्नुपर्ने व्यवहारबारे दिएको सुझाव :

घरपालुवा जनावर र कोरोनाको सम्बन्ध

घरपालुवा जनावरमध्ये कुकुरमा कोरोना भाइरसको संक्रमण हुनसक्छ । तर, त्यो नोभेल कोराना भाइरस भन्दा फरक हो । उक्त भाइरस कुकुरबाट कुकुरमा मात्रै सर्छ, मानिसमा संक्रमण हुँदैन । कुकुरमा कोरोनाको संक्रमण आन्द्रामा हुन्छ । कोरोना संक्रमित कुकुरले रगत मिसिएको दिसा गर्छ । त्यस्तै खाना नखाने, बान्ता गर्ने जस्ता लक्षण देखिन्छन् । उपचार गर्दा संक्रमण भएका ५० प्रतिशत कुकुर निको भएको तथ्यांक छ । १५ वर्षअघिदेखि कुकुरका छाउराछाउरीलाई जन्मेको ४५ दिनभित्र कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । उक्त खोप महिना दिनको अन्तरालमा ३ पटक लगाइन्छ । त्यसपछि प्रत्येक वर्षमा लगाउने गरिएको छ । कोरोनाविरुद्धको खोप लगाइएको कुकुरमा अहिलेसम्म संक्रमण भएको पाइएको छैन । कुकुरबाट मात्रै होइन, कुनै पनि घरपालुवा जनावरबाट मानिसमा कोरोना नसर्ने भएकाले डराउन पर्दैन ।

पशुमाथिको अत्याचार 

कतिपय देशमा नोभेल कोरोना भाइरसको डरले पशुपन्छीमाथि अत्याचार बढेको समाचार आएको छ । घरपालुवा जनावरबाट कोरोना भाइरस नसर्ने भएकाले जनवारमाथि अत्याचार अपराध हो ।

अरू संक्रमण हुनसक्छ

घरपालुवा जनावरबाट नोभेल कोरोना भाइरस संक्रमण नभए पनि अरूखाले संक्रमण हुनसक्छ । यसर्थ जनावर पाल्नेले समयमै सम्पूर्ण खोप लगाएर सुरक्षित हुनुपर्छ । पालेका जनावरलाई कुनै रोग लागे तत्काल चिकित्सकको निगरानीमा उपचार गराउनुपर्छ । त्यस्तै, जनावरसँगको हिमचिमपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । घरपालुवा जनावरलाई भान्छाकोठा तथा आफू सुत्ने कोठमा लैजानु हुँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik