• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
के शारीरिक सम्पर्कबाट कोरोना सर्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

के शारीरिक सम्पर्कबाट कोरोना सर्छ ?
वैशाख ४, २०७७

कोरोना भाइरस कसरी सर्छ ?

यो मुख्यत: श्वास–प्रश्वासको माध्यमबाट सर्ने गर्छ । हामीले खोक्दा, हाच्छियुँ गर्दा, सासफेर्दा, बोल्दा हाम्रो श्वास प्रणालीबाट सूक्ष्मथोपा निस्कन्छन् र कोभिड–१९ बाट संक्रमित व्यक्तिको हकमा त्यस्ता सूक्ष्मथोपामा यी भाइरस पनि हुन्छन् र उसको श्वास प्रणालीमा प्रवेश पाएपछि सर्ने गर्छ । खोक्दा वा हाच्छियुँ गर्दा बोल्दा यस्ता सूक्ष्मथोपा एकमिटर वा सोभन्दा बढी टाढासम्म पुग्नसक्छ । त्यसैले नसरोस् भनेर संक्रमित व्यक्तिले मास्क लगाउने सल्लाह दिइन्छ अनि खोक्दा वा हाच्छियुँ गर्दा रुमाल वा पेपर टिसुले छोप्ने वा कुहिनाको भित्री भागमा गर्ने सल्लाह दिइएको छ । त्यसदेखि बाहेक यो संक्रमित सतहमा हामीले स्पर्शमा गरेर अनुहार छोएको हकमा पनि सर्न सक्छ । त्यसैले बारम्बार हात साबुन पानीले धुने वा स्यानिटाइजर लगाउने गर्दा भाइरस नष्ट हुने हुँदा सर्ने सम्भावना कम गर्न सकिन्छ । त्यसदेखि बाहेक विभिन्न व्यक्तिले हातले बारम्बार छोइने सतह जस्तै कि फोन, रिमोट कन्ट्रोल, टेवल, धारा, कम्प्युटरको किबोर्ड, ढोकाको ह्याण्डल, रेलिङजस्ता सतहलाई बारम्बार सफा गरिनुपर्छ । 

के यौनसम्पर्क राख्न हुन्छ ?

यो एकान्तवासको दौरानमा कतिपयले यौनसम्पर्क राख्नुभयो होला भने कतिले परहेज । तर, यौनसम्पर्क राख्न हुन्छ कि हुन्न भन्ने प्रश्न भए पनि सोध्न नसकिएको स्थिति धेरैलाई होला । यो नयाँ भाइरस भएको कारणले कतिपय जानकारी अझै पनि आउन बाँकी नै भएकाले एक हदसम्मको अनिश्चितता छ । यति हुँदाहुँदै पनि यदि तपाईं  र तपाईंको यौनजोडी सोही घरवासमा एकान्तवास गरिरहनु भएको छ र दुवैलाई यस कोभिड–१९ को संक्रमण छैन र यसको जोखिम पछि छैन भने यौनसम्पर्क राख्न सकिन्छ । हालसम्मको उपलब्ध प्रमाणको आधारमा योनिलिङ्ग वा गुदामैथुनको माध्यमबाट सर्दैन भन्ने नै विशेषज्ञहरूको निक्र्योल छ ।

त्यसैले यौनसम्पर्क राखेर भरपूर यौन आनन्द प्राप्त गर्न सकिन्छ । यसले अहिलेको एकान्तवासको नियास्रोपनलाई कम गर्न सहयोग गर्छ नै । भागदौड पूर्ण जीवनको दैनिकीबाट केही समय भए पनि राहत पाउँदा, आत्मियता बढाउने तथा यौनजीवनलाई पुन:ताजगी गर्ने अवसर पनि हो । 

चुम्बनका कुरा

यौन क्रियाकलापको एक अभिन्न भागका रूपमा चुम्बन हुन्छ । थुक, र्‍यालमा सम्पर्कमा आउँदा यी भाइरस सर्न सक्छ । तपाईंले चुम्बन गरेको व्यक्ति होस् वा तपार्इंलाई चुम्बन गरेको व्यक्ति, दुईमध्ये कसैलाई लक्षण देखिए एकान्तवासमा बस्नुपर्छ । 

यौनाड्ड स्पर्शको कुरा

हातले योनि या लिङ्गको स्पर्श गर्नु पनि यौन क्रियाकलापको अभिन्न भाग नै हो । यस्तो बेलामा थुक वा र्‍यालको सम्पर्कमा आएको हात वा मुखको सम्पर्क अर्को व्यक्तिको नाक–मुखसँग भएको स्थितिमा सर्ने सम्भावनालई बढाउँछ भन्ने बिर्सनु हुँदैन ।

कण्डमको प्रयोग

यसले यौनसम्पर्कको माध्यमले सर्ने रोग (एचआईभीलगायत अन्य यौनरोग) सर्न तथा गर्भ रहनबाट बचाउँछ । तर, यो श्वास–प्रश्वास तथा अन्तरङ्ग सहवासबाट सर्ने रोग भएकाले कण्डमको प्रयोगले मात्र संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट जोगाउने कुरा भएन । 

यौन खेलौना

यदि आफैंले मात्र प्रयोग गरिएको छ भने सर्ने स्थिति भएन । यदि यौनाजोडीको माझमा वा अर्को व्यक्तिले ७२ घण्टा भित्रमा यौन खेलौनालाई प्रयोग गरेको स्थिति छ भने यसलाई साबुनपानीले राम्ररी धुनु पर्छ र त्यसपछि हात राम्ररी धुन पनि बिर्सनु हुँदैन । यौन खेलौनामा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्दा योनिमा पोल्ने भएकाले प्रयोग नगर्ने सल्लाह दिइन्छ । 

यौनसाथी विनाको एकान्तवास

हामीले थाहा नै पाइसक्यौ कि श्वास–प्रश्वासका साथसाथै अन्तरङ्ग शारीरिक सम्बन्धबाट सर्छ । यदि तपाईं फरक–फरक घरमा बस्नु हुन्छ वा प्रणय सम्बन्ध विकासको क्रममा गरिने भेटघाटमा हुनुहुन्छ भने एकान्तवासमा बस्नुपर्ने बेलामा प्रत्यक्ष्य रूपमा भेटघाट नगर्नु उचित हुन्छ । भेटघाट नै नभएको स्थितिमा स्पर्श वा यौनसम्पर्कको कुरा त टाढैको मान्नु पर्‍यो । अप्रत्यक्ष रूपमा प्रविधिमार्फत सम्बन्धलाई प्रगाढ बनाउने प्रयास गरिरहन सक्नुहुन्छ । यौनसम्बन्धी कुरा पनि प्रविधिको माध्यमबाट साटासाट गर्नसक्नु हुन्छ ।

त्यसदेखि बाहेक यौन आनन्द प्राप्त गर्ने एक उपाय प्रकृतिले नै दिएको वरदानका रूपमा हस्तमैथुन छ, यसको भरपूर फाइदा उठाउन सकिन्छ । यहाँ अर्को व्यक्तिको सामिप्यतामा नआइने हुँदा कुनै संक्रमण हुने कुरै भएन । 

अहिले एकान्तवास हुँदा, कोभिड–१९ को सूचनाको भारले बढाएको चिन्ताको कारणले होस वा दिनचर्यामा आएको परिवर्तनले तनावले मानसिक तनाव बढेको छ र यसबेला कसैको सामीप्यताको चाहना होला । तर, यो बेला नयाँ यौनजोडीको खोजी गर्ने वा बनाउने बेला होइन । यो रोगको लक्षण देखिनुभन्दा पहिले नै संक्रमित व्यक्तिबाट अरूमा सर्नसक्छ । अत्यधिक तनावको स्थितिमा यौन क्रियाकलापमा कमी आउन सक्छ । तर, यस्तै तनावको कारणले कतिपय स्थितिमा अपनाउनु पर्ने सावधानी नअपनाइने हुनसक्छ । त्यसैले सजगता आवश्यक छ । 

सम्भावित संक्रमित यौनजोडीसँगको एकान्तवास

मुख–घाँटीका स्वाब अलवा दिसा र रगतमा यो भाइरस देखिने भएकाले संक्रमित व्यक्तिका शरीरबाट निस्कने तरल पदार्थ संक्रमणको स्रोत हुनसक्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । आफ्नो यौनजोडीमा संक्रमण भएको वा संक्रमण भएका व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा रहेको स्थिति छ भने एकान्तवासमा पनि श्वास–प्रश्वासबाट नसर्ने सबै नै उपायका साथसाथै भौतिक दूरी कायम गर्नुपर्छ । एक मिटरभन्दा बढीको दूरी कायम गर्नुपर्छ, साथीले प्रयोग गर्ने सरसामग्री प्रयोग गर्नुहुन्न । सयन कक्ष, चर्पी र नुहाउने कक्ष पनि फरक गर्नुपर्छ । यदि गर्नै नसकिएको स्थितिमा संक्रमित व्यक्तिले प्रयोग गरिसकेपछि राम्ररी सफा गर्नुपर्छ । यस्तो कक्ष राम्ररी हावा आउन जान सक्ने हुनुपर्छ । यी तरिका यौनजोडीलाई मात्रै होइन, एकै घरमा बस्ने जोसुकैलाई संक्रमण भए पनि अपनाउनुपर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik