• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
गर्भको सम्भावना
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

गर्भको सम्भावना
वैशाख ११, २०७७

म १९ वर्षको भएँ । मैले मेरो साथीसँग एक चोटी अण्डवेयर मात्र लगाएर सम्पर्क राखेको थिएँ । मेरो प्रश्न के छ भने गर्भवती हुनका लागि योनिभित्र नै लिङ्ग पसाउनुपर्छ कि सम्पर्क राख्दा निस्किएको सर भित्री कपडाबाट योनिमा लाग्दा पनि गर्भ बस्छ कि ? बस्दैन र मेरो महिनावारीको समय कटेको पनि १२ दिन भइसक्यो । के त्यसो भए म गर्भवती हुन्छु त ? एकदम डर लागिरहेको छ, अब म के गरुँ ?

                                                                                – नाम गोप्य

हामीलाई थाहै भएको कुरा हो पुरुषको वीर्यमा भएको शुक्रकिट तथा महिलाको डिम्बाशयबाट निस्किएको डिम्बसँगको मिलनबाट नै गर्भको सुरुवात हुन्छ । यसका लागि सामान्य रूपमा लिङ्ग–योनि यौनसम्पर्क राखिँदा लिङ्गबाट स्खलित वीर्य सिधै नै योनिमा पर्ने भएको हुनाले त्यसमा भएको शुक्रकिट योनि हुँदै पाठेघर अनि डिम्बवाहिनी नलीसम्म पुग्न सक्छ र त्यहाँ डिम्बलाई निसेंचित गर्न सक्छ ।

तर, सबै नै यौन क्रियाकलापमा भने विविधता हुन्छ । यौन जोडिले विभिन्न किसिमका यौन क्रियाकलाप गर्न सक्छन् । क्रियाकलापअनुसार नै पुरुषको वीर्य (जसमा शुक्रकिट) हुन्छन् प्रजनन प्रणालीमा प्रवेश गर्ने सम्भावना कत्तिको छ भन्ने आधारमा गर्भ रहने सम्भावना बढी वा कम हुन गर्छन् । यसैलाई नै ध्यानमा राखेर केही प्रमुख बुँदाहरूको चर्चा गर्ने छौं ।

गर्भको सम्भावना 

सामान्य तथा गहिरो चुम्बन मात्र गरिएको स्थितिमा गर्भ रहने सम्भावना हुँदैन । त्यसैरी मुखमैथुन गर्दा वीर्य स्खलन मुखमा नै गराएको स्थितिमा पनि गर्भ रहने सम्भावना हुँदैन । बोलिचालीको भाषामा सँगै सुतेको भन्दा यौनसम्पर्क राखिएको भन्ने बुझिन्छ । यौनसम्पर्क जस्ता क्रियाकलाप नगरी सँगसँगै एकै बिछयौनामा सुतेको स्थितिमा गर्भ रहँदैन । यस्तो स्थितिमा केटाको लिङ्ग उत्तेजित हुन पुग्दैमा पनि केही हुने स्थिति हुँदैन । 

अति कम गर्भको सम्भावना

यौन क्रियाकलापको दौरानमा केटा तथा केटीले बाक्लो कपडायुक्त पाइन्ट तथा भित्री पहिरन (अण्डरवेयर) लगाएको अवस्थामा वीर्य स्खलन भएको स्थितिमा गर्भ रहने सम्भावना लगभग शून्य नै हुन्छ । शुक्रकिट पौडनलाई वीर्य तथा योनि रसको पर्याप्त मात्रा हुनु जरुरी हुन्छ ? यस्तो स्थितिमा शुक्रकिट बाक्लो कपडाका तहबाट पौडेर योनिसम्म पुग्न असम्भव प्राय: नै हुन्छ । त्यसैगरी पौडी पोखरी वा वाथटबमा वीर्य स्खलन गरिएको स्थितिमा पनि गर्भ रहने सम्भावना शून्यप्राय: हुन्छ । पौडी पोखरी जस्तो रसायन (क्लोरिन) युक्त पानी वा वाथटव जस्तो तातो पानीको सम्पर्कमा आउना साथ केही सेकेन्डमा नै शुक्रकिट मर्छन् ।

त्यसैगरी योनिद्वारभन्दा जस्तै कि पेट, गोडा, पिठ्युँ, पाखुरा जस्ता अङ्गमा वीर्य स्खलन हुँदा पनि गर्भरहने सम्भावना शून्य प्राय: नै हुन्छ । तर, योनिभन्दा बाहिर भए पनि भगक्षेत्रमा वीर्यस्खलन भएको छ भने थोरै नै भए पनि गर्भ रहने सम्भावना रहन्छ । वीर्य सुकेको स्थितिमा शुक्रकिट मर्ने गर्छन् । त्यसैगरी गुदामैथुन गर्दा पनि प्रजनन अङ्गमा शुक्रकिट प्रवेश गर्न सक्दैनन् भने वीर्य स्खलन नभएको स्थिति त्यसमा पनि लिङ्गको प्रवेश योनिमा नभएको स्थितिमा गर्भ रहने सम्भावना अति नै कम हुन्छ ।

गर्भको सम्भावना कम

केटाले वीर्य स्खलन योनिको नजिकै भएको र तपाईंले पनि पातलो पहिरन लगाउनु भएको छ भने केही भए पनि गर्भको सम्भावना हुन्छ । माथी भनिए झैं शुक्रकिट पौडन पर्याप्त तरल पदार्थ हुनुपर्छ । यदि पातलो भित्री पहिरन (अण्डरवेयर) मा वीर्य तथा योनिरसले पर्याप्त रूपमा भिजेको छ भने त्यसमा पौड्दै शुक्रकिट योनिमार्गमा पुग्न सक्छ । त्यसैगरी योनि बाहिर नै भए पनि योनिद्वार नजिकै भगक्षेत्रमा वीर्य स्खलन हुँदा शुक्रकिटले योनिसम्म पुग्ने बाटो पहिल्याउन सक्ने भएकाले केही भए पनि सम्भावना हुन्छ । त्यसैगरी कण्डमनै लगाएको भए पनि गुदामैथुन गर्दा वीर्य स्खलन गरियो र कण्डम सही रूपमा यसको प्रयोग गरिएको स्थिति रहेन भने केही भए पनि गर्भ रहने सम्भावना हुन्छ । 

गर्भको सम्भावना मध्यम 

महिनावारी नियमित नहुने महिलाको महिनावारी कै बेलामा यौनसम्पर्क भएर वीर्य स्खलित हुँदा गर्भको सम्भावना मध्यम रूपमा हुन्छ । कण्डम नलगाई थोरै नै समयका लागि भए पनि गरिएको योनि–लिङ्ग यौनसम्पर्क पनि यसमा पर्छ । त्यसैगरी गुदामैथुनको दौरानमा गरिएको वीर्य स्खलन मलद्वारमा गरियो र केही गरी वीर्य मलद्वारबाट बाहिर निस्केर योनिमा पर्न जाने स्थितिमा हुने भएको मध्यम सम्भावना भएको भनिन्छ । 

गर्भको बढी सम्भावना

कण्डम वा गर्भ निरोधको साधन बिना गरिएको यौनसम्पर्कमा वीर्य स्खलन योनिमा नै भएको स्थितिमा गर्भ रहने बढी हुन्छ । कण्डम नै लगाएको स्थितिमा कण्डम फुटेर पनि वीर्य स्खलन योनिमा नै भएको स्थिति गर्भ रहने सम्भावना बढी हुन्छ । 

के गर्ने त ?

भित्री पहिरन को संरचना र कत्तिको तरल पदार्थले भिजेको छ अनि वीर्य स्खलन कसरी कहाँ निर भएको छ भन्ने कुराले गर्भ रहने सम्भावनालाई कसरी प्रभाव पार्दो रहेछ भनेर त बुझिनै सक्नुभयो । यहाँ तपाईंलाई के कस्ता परिस्थिति थियो त भन्ने कुरा पनि थाहा भएको हुनाले गर्भरहने सम्भावनाको बारेमा विचार गर्न सक्नुहुन्छ । तपाईंले यौन क्रियाकलाप गर्दा तपाईंको महिनावारीको कुन बेला थियो भन्ने कुराले पनि गर्भ रहने सम्भावनालाई कम वा बढी बनाउँछ । 

प्रजनन प्रणालीमा अन्य कुनै विकार नभएको गर्भ रहनु महिनावारी रोकिने प्रमुख कारण भएकाले सर्वप्रथम गर्भ रहे नरहेको पक्का गर्नुपर्छ । यसका लागि पिसाब जाँच गरेर गर्भ रहे नरहेको पत्ता लगाउन सकिन्छ । यो बजारमा किन्न पाइन्छ र आफैंले पनि जाँच गर्न सकिन्छ । यदि गर्भ रहेको रहेछ तर त्यसलाई निरन्तरता नदिने हो भने सुरक्षित गर्भपतनका लागि नजिकै को सूचीकृत सेवा केन्द्रमा सम्पर्क राख्न सक्नुहुन्छ । गर्भ नरहेको भए तनाव कारण हो जस्तो लाग्छ भने त्यसलाई कम गर्नुपर्छ नत्र अन्य कारणको खोजी गर्नुपर्छ । गर्भ रहने सम्भावना भएका यौन क्रियाकलापमा संलग्न हुँदा भरपर्दो गर्भ निरोधको साधन अपनाउनु पर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik