विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संत्रासले करोडौं मानिसहरु अहिले लकडाउनका कारण घर भित्रै बसिरहेका छन् । लकडाउन विधीले कोरोना भाइरसको संक्रमण हुनवाट सुरक्षित त गर्ने नै छ तर यो संक्रमणको भय धेरै राख्दा मानसिक समस्या अझ भयावह हुने तर्फ मनोचिकित्सकहरुले संकेत गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त पनि यसघि देखा परेका विभिन्न महामारी सकिएपछि धेरै मानिसमा मानसिक समस्या देखिएको बताउछन् । विगतमा देखापरेका महामारी भन्दा यसपटकको महामारीको चर्चा बढी भएको कारण यसले मानिसमा ठुलो डर सिर्जना गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) वाट मानिसले कुनै दिन सफलता पाउने नै छन् । तर यसको संक्रमणको डरले मानसिक समस्याको महामारी नै ल्याउन सक्ने तर्फ मनोचिकित्सकहरु अहिले देखिनै सजग गर्दै जान थालेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा मनो चिकित्सक डा. सगुनबल्लभ पन्तले साप्ताहिक अनलाइन मार्फत् कोरोना भाइरसको संत्रासवाट कसरी जोगिने र मनलाई भयवाट कसरी मुक्त गर्ने, घर भित्रै बस्दा के–के गर्ने भन्ने बिषयमा डा. पन्तले दिनुभएको भिडियो जानकारी यो लिंक मार्फत् हेर्नुहोला ।
भिडियो लिंक
https://youtu.be/VCUxcDaiE4o