कोरोना संत्रासका कारण अहिले विभिन्न रोगका रोगी र गर्भवती महिलाहरु निकै समस्यामा परिरहेका छन् । नियमित चिकित्सकको परिक्षण र परामर्शमा रहुन पर्ने गर्भवतीहरु अस्पताल र क्लिनिक जान नपाएर हतास मनस्थितीमा रहेका छन् ।
अस्पतालले पनि गर्भवती महिलालाई इमरजेन्सी परेमा मात्र अस्पताल आउनु भनेको छ । यसो भन्दा गर्भवती महिलाहरु मानसिक रुपमा पनि हतास भैरहेका छन् । गर्भवती अवस्थामा महिलाहरुमा धेरै किसिमको समस्या देखिने हुनाले र यस्तो अवस्थामा गर्भवती महिलाहरुले घरमै बसेर के के गर्न सकिन्छ भन्ने बिषयमा बाँझोपन विशेषज्ञ डा. तुमला शाहले भिडियो मार्फत् जानकारी दिनु भएको छ । कालिमाटी स्थित सुखी परिवार क्लिनिककी संस्थापक शाहले लकडाउन भएदेखिन् टेलिफोन मार्फत् गर्भवती महिलाहरुलाई परामर्श दिदैं आउनु भएको छ ।
यो भिडियो जानकारी बिशेषत गर्भवती महिलाहरुलाई उपयुक्त हुने देखेर हामीले प्रस्तुत गरेका छौं ।
भिडियो लिंकमा जानुहोस् ।
https://youtu.be/GLt8M4CmEeA