साप्ताहिक संवाददाता
वैशाख २६, २०७७
महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखको क्यान्सरले गर्दा प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुन्छ । सुरुको अवस्थामा पत्ता लाग्यो भने यसको उपचार शत प्रतिशत छ ।
पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको कारणले हो । त्यसैले यसबाट बच्नका लागि भ्याक्सिन दिनु जरुरी छ । कुनै उमेर समूहलाई कति पटक यो भ्याक्सिन दिने र पाठेघरको मुखको क्यान्सरवाट मुक्त कसरी गर्न सकिन्छ भन्ने विषयमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले भिडियो मार्फत् दिनुभएको जानकारी हेर्नका लागि तलको लिंक मार्फत् जानुहोला ।
https://youtu.be/-NaIDFRF6Zs