• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
घरमै योग कसरी गर्ने–१
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

महेश तिमल्सिना

घरमै योग कसरी गर्ने–१
जेष्ठ ४, २०७७

एक महिनाभन्दा लामो लकडाउनले मानिसका दैनिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव परेको छ । सामान्य अवस्था हुँदो हो त बसन्तयामको बिहानी समयमा सहरी क्षेत्रका सडकमा मर्निङवाक गर्नेहरूको भीड देखिन्थ्यो । तर, अहिले सहरका सडक र पार्क सुनसान छन्, योग तथा ध्यान केन्द्र पनि बन्द छन् । घरमै बस्नुपर्दा शारीरिक र मानसिक क्रियाशीलता घटेको छ । यसले शारीरिक समस्या र मानसिक झन्झट पनि थपिएको छ । कतिपयमा मोटोपनको समस्या देखिएको छ, अन्य रोगका जोखिम पनि उत्तिकै छ । यस्तो बेला घरभित्रै भए पनि शरीर चलायमान गराइरहनुपर्ने योग प्रशिक्षक भानुभक्त दाहाल बताउँछन् । ‘घरमै बसे पनि शरीरलाई तन्दुरुस्त राख्न सकिन्छ,’ उनी भन्छन्, ‘जोसुकै मानिसले पनि सहजै गर्न सक्ने योगका आसनहरू छन्, त्यसैले योग गरेर शरीरलाई स्वस्थ राख्नुपर्छ ।’

नियमित योग गर्नाले अधिकांश रोगहरूबाट आराम मिल्ने योग प्रशिक्षकहरू बताउँछन् । योगले मधुमेह, उच्च रक्तचाप, हड्डी खिइएको, नशा च्यापिएको, मोटोपना, माइग्रेन, अनिद्रा, आलस्यपन, ग्यास्ट्रिक, कब्जियत, मधुमेहलगायतका थुप्रै शारीरिक तथा मानसिक रोगलाई जित्न सकिने योग प्रशिक्षक विदुर फुयाँल बताउँछन् । ‘नियमित कामकाज ठप्प छ, अफिसहरू बन्द छन्, मानिसहरू घरभित्रै छन्’ उनी भन्छन्, ‘शारीरिक व्यायाम नहुँदा शारीरिक तौल अनावश्यक रूपमा बढेको हुनसक्छ, त्यसलाई हामीले घरभित्रै योग गरेर सन्तुलनमा ल्याउन सक्छौं ।’

मस्तिष्क शान्त पार्ने मुद्रा र योगासन

भानुभक्त दाहाल, योग प्रशिक्षक

यतिबेला थुप्रै मानिस डर र चिन्तामा दिन बिताइरहेका छौं । यस्तो अवस्थामा प्रणायामका सामान्य आसनहरूले हाम्रो मनमा चलेका नकारात्मक तरंगलाई घटाउनका लागि सहयोग पुयाउँछ ।

साम्भवी मुद्रा 

फाइदा

साम्भवी मुद्राले हाम्रो मस्तिष्कमा आएका नकारात्मक तरंगहरूलाई घटाउन मद्दत गर्छ । यसको विधि सरल छ । यसलाई जुनसुकै उमेरसमूहका मानिसहरूले गर्न सक्छन् ।

विधि

स्टेप १ : सुरुमा मेरुदण्ड सीधा बनाएर सुखासन वा पद्मासनमा बस्ने ।

स्टेप २ : मेरुदण्ड सीधा बनाइसकेपछि हातको औंलालाई ज्ञान मुद्रा, ध्यान मुद्रा अथवा वायु मुद्रामा लगाउने । यदि मुद्रा लगाउन आउँदैन भने घुँडामाथि हात राखेर पनि गर्न सकिन्छ ।

स्टेप ३ : सहज ढंगले बसेपछि दुई आँखालाई निधारको बीच भाग (जसलाई हामी तेस्रो आँखा पनि भन्छौं) मा हेर्ने कोसिस गर्ने ।

स्टेप ४ : मुख र दाँत बन्द गर्ने । मन्द आवाज निकाल्ने र के भइरहेको छ भनेर याद गर्ने । यसरी एकपटकको बसाइमा ५ पटकसम्म गर्‍यौं भने मनमा आएका कुविचारहरूमा कमी आएको महसुस गर्न सकिन्छ । साथै मन पनि एकाग्र हुँदै जान्छ ।

सावधानी

कसैको आँखा कमजोर, आँखा दुख्ने र रिंगटा लाग्ने समस्या छ भने अलिकति सावधानी अपनाएर यो आसन गर्नुपर्छ । यसलाई नियमित गर्दै गएपछि यी समस्या पनि आफैं हट्छन् । खाना खानेबित्तिकै नगर्दा राम्रो मानिन्छ । विशेषगरी बिहानको समय गर्नु अति उत्तम हुन्छ ।

योग मुद्रासन

मस्तिष्क शान्त गर्ने विभिन्न आसन छन् । विशेषगरी अगाडिपट्टि निहुरिएर गर्ने आसनहरूले हाम्रो मस्तिष्कमा रक्तसञ्चार बढाइदिन्छ । जसले गर्दा हाम्रो मन र मस्तिष्कमा आउने कुराहरू कम गर्न मद्दत गर्छ । त्यसैले निहुरिएर गर्ने आसनमा योग मुद्रासन निकै प्रभावकारी मानिन्छ । पद्मासन गर्न नसक्नेहरूले सजिलोसँग पलेँटी मारेर पनि गर्न सक्छौं । यदि त्यसो गर्न पनि सकिँदैन भने खुट्टा मोडेर बज्रासनमा गर्न सक्छौं । सामान्यतया: पद्मासन लगाएर गर्दा बढी प्रभावकारी हुन्छ ।

विधि
स्टेप १ : एउटा खुट्टामाथि अर्को तीघ्रामा छुने गरी राखेर बस्ने ।

स्टेप २ : पद्मासन लगाइसकेपछि हातहरूलाई पछाडि लगेर समात्ने ।

स्टेप ३ : श्वास तानेर पूरै बाहिर फाल्ने । त्यसपछि अगाडि निहुरिने । सकेसम्म निधारले भुइँ छुने यदि सकिँदैन भने जति सकिन्छ त्यहाँसम्म निहुरिने । बढीमा ३ देखि ५ सेकेन्डसम्म रोकिने ।

स्टेप ४ : श्वास लिँदै टाउको उठाउने । यसरी कम्तीमा तीनपटकसम्म गर्ने ।

सावधानी

मेरुदण्ड वा ढाडमा समस्या छ भने धेरै निहुरिन बल गर्नु हँुदैन । यदि त्यस्तो समस्या छ भने बज्रासनमा बसेर गर्न सकिन्छ ।

यो आसन अगाडि झुकेपछि पछाडि पनि गर्न जरुरी छ । किनभने यसमा विपरीत क्रिया गर्न अनिवार्य हुन्छ । जसका लागि घुँडा टेकेर पछाडि शरीर तन्काउनुपर्छ । यसो गर्दा मेरुदण्डमा समस्या हुँदैन ।

भष्तृका प्रणायाम

धेरै किसिम प्रणायामले हाम्रो तनाव कम गर्न मद्दत गर्छ । त्योमध्ये पनि भष्तृका प्रणायामले हाम्रो शरीरमा सबैभन्दा छिटो प्रभाव पार्छ । यो चाहिँ एकैपटकमा गर्न सकिँदैन । अलिअलि पूर्वतयारी पछि मात्र गर्न सकिन्छ । तर, नियमित गर्दै गएपछि सहज हुँदै जान्छ । यदि एकैपटक लामो समयसम्म कठिन तरिकाले गर्न खोज्यौं भने अन्य समस्या आउन सक्छ । भष्तृका प्रणायाम गर्दा दुवै नाक खुला भएको हुनुपर्छ ।

विधि

स्टेप १ : मुख बन्द गर्ने ।

स्टेप २ : नाकबाट श्वास लिँदै छोड्दै गर्ने । श्वास लिने क्रम बढाउँदै लाने ।

स्टेप ३ : विस्तारै श्वासको गतिलाई कम गर्दै सामान्य अवस्थामा आउने ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik