साप्ताहिक संवाददाता
जेष्ठ १५, २०७७
महिलामा प्राकृतिक चक्रको रुपमा देखिने महिनावारीहुँदा स्वास्थ्य र सरसफाइ कसरी गर्ने भनेर आज संसारभर यो दिवस मनाइदैछ ।
आज २८ मे, महिनावारी स्वच्छता दिवस । महिनावारीहुदाँ महिलालाई अहिले पनि धृणित रुपमा हेर्ने गरिन्छ । महिनावारी हुदाँ केही जातिमा भान्सा तथा पूजाकोठामा जान नहुने, अलग्गै बस्नुपर्ने, छाउ गोठमा विताउनु पर्ने जस्ता किसिमका चलनहरु रहेको छ ।
महिलामा प्राकृतिक चक्रको रुपमा देखिने महिनावारीहुँदा स्वास्थ्य र सरसफाइ कसरी गर्ने भनेर आज संसारभर यो दिवस मनाइदैछ । महिनावारीको बेला उचित सरसफाई नगरेमा संक्रमण हुने खतरा पनि उत्तिकै रहने चिकित्सक बताउँछन् ।
महिनावारी स्वच्छता दिवसको अवसरमा धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारले भिडियो मार्फत् बताउनु भएको उपायहरु ।
भिडियो हेर्ने लिंक
https://youtu.be/DauthCZku9s