साप्ताहिक संवाददाता
जेष्ठ १६, २०७७
अहिले गर्मी दिनानुदिन बढिरहेको छ । घामले छालामा विभिन्न समस्या देखा पर्न सक्छन् । यसबाट जोगिनका लागि सन स्किनको प्रयोग गर्नुपर्छ । सन स्किन जेल, क्रिम तथा लोसनमा हुन्छन् । सन स्किन कति एसपीएफको लगाउने र कति एमएल लगाउने ? भन्ने बारेमा थाहा पाउनु जरुरी हुन्छ । घामका किरणमा भएका रेजबाट छालालाई जोगाउनका लागि सन स्किनको प्रयोग गर्नु उपयुक्त हुन्छ । घामले गर्दा छाला डढ्ने, कालो हुने, कम उमेरमै चाउरीपन देखिने तथा छालामा हुने क्यान्सरबाट जोगाउन पनि सन स्किनको भूमिका रहन्छ । यो कहिलेदेखि सुरु भयो, यसले छालामा पुऱ्याउने फाइदा, कति मात्रामा लगाउने लगायतका विविध जानकारीका लागि छाला तथा यौन रोग बिशेषज्ञ डा. कमलराज धितालले सुझाव दिनु भएको भिडियो हेर्नुहोला ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=HN00nJ8L6QA