• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
शरीरमा दाद किन आउछ र कसरी निको गर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. कमलराज धिताल

शरीरमा दाद किन आउछ र कसरी निको गर्ने ?
जेष्ठ २३, २०७७

३२ वर्षीया गौरी शर्मालाई हात तथा खुट्टामा दाद आएको छ । १ वर्षकी अंशिकाको पनि टाउकोमा दाद आएको छ । यस्तो समस्या अहिले धेरैलाई हुने गर्छ । गर्मी महिना सुरु भएपछि बढ्दो तापक्रम र ह्युमिडिटीका कारणले दादको समस्या उत्पन्न हुने गर्छ । दाद छालामा आउने एक प्रकारको रोग हो । यो सिक्का (पैसा) जस्तो गोलो आकारको र बीचको भाग खाली जस्तो हुन्छ । यसलाई अंग्रेजीमा रिंगवर्म पनि भनिन्छ ।

दाद आउने कारण

दाद एक किसिमको किटाणु (फंगस) को संक्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्नेगर्छ । रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने संभावना रहन्छ ।

दादका प्रकार

टिनिया क्यापाइटिस टाउकोमा हुने फंगसको संक्रमण टिनिया क्यापाइटिस हो । यस्तो हुँदा टाउकोको केश झर्ने, पाकेको जस्तो घाउ आउने गर्छ । यो ठूला मानिसको तुलनामा बालबालिकामा बढी मात्रामा आउँछ ।

टिनिया फेसिआइ यस्तो किसिमको दाद अनुहारमा आउने गर्छ । यो गोलो आकारको र अधिक चिलाउने किसिमको हुन्छ ।

टिनिया कर्पोरिस यो सबभन्दा बढी मात्रामा देखिने दाद हो । यो शरीर, हात तथा तिघ्रामा आउँछ । यो पनि गोलो आकारको र चिलाउने किसिमको हुन्छ ।

टिनिया क्रुरिस यो दाद काखी तथा काँपमा आउने गर्छ । गोलो आकारको र चिलाउने यो दाद पसिना धेरै जम्मा हुने भागमा आउँछ ।

टिनिया पेडिस यो दाद खुट्टामा आउँछ । गोलो आकारको हुने यो दाद अधिक चिलाउँछ । खुट्टामा एलर्जी जस्तो कत्ला जस्ता घाउ वा पानी फोका जस्ता घाउ पनि देखिन्छन् ।

ओनाइकोमाइकोसिस यो नङमा आउने गर्छ । यो अवस्थामा नङ बाक्लो पहेंलो हुने तथा सजिलै टुक्रने गर्छ ।

उपचार

दादको उपचार रोगको अवस्था, दाद आएको ठाउँ, उमेर र अन्य कुनै रोग लागेको अवस्था अनुसार फरक हुन्छ ।

यसमा लगाउने मल्हम तथा खाने औषधी हुन्छन् । मल्हम दिनमा दुईपटक बिहान बेलुकी ४ देखि ६ हप्ता लगाउनुपर्ने हुन्छ । यसैगरी खाने औषधी दिनमा २ पटक २ देखि ४ हप्तासम्म खानुपर्छ । खाने तथा लगाउने औषधी चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।

बच्नका लागि

– गर्मी मौसममा संभव भएसम्म प्रत्येक दिन दुई पटक नुहाउनु पर्छ । नुहाउनका लागि साबुन भन्दा सावर जेल प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– नुहाएपछि शरीर सुख्खा हुने गरि पुछ्नुपर्छ । काखी तथा काँछमा पाउडरको प्रयोग गर्नुपर्छ ।

– भित्री पहिरन, मोजा हरेक दिन परिवर्तन गर्नु पर्छ । भित्री तथा बाहिरी पहिरन भिजेको छ भने लगाउनु हुँदैन । राम्ररी सुकेका पहिरन मात्र लगाउनुपर्छ । अरुका पहिरन कदापि लगाउनु हुँदैन ।

– नङ काट्दा कुनै एउटा औंलामा दाद आएको छ भने त्यो नङ काटेपछि नेलकटर स्पिरिटले सफा गरेर मात्र अर्को नङ काट्नुपर्छ ।

– बजारमा पाइने स्टेरोइडयुक्त औषधी चिकित्सकको सल्लाह विना खाने तथा लगाउने गर्नुहुँदैन ।

– चिकित्सकले दिएको औषधी पूरै डोजको सेवन गर्ने तथा लगाउने गर्नुपर्छ । निको भयो भनेर बीचमा छोड्नु हुँदैन ।

– खानाले फंगस वृद्धिमा फरक नपार्ने हुनाले दाद आएका मानिसले खाना बार्नु पर्दैन । तर पनि स्वस्थ र सन्तुलित खाना भने खानुपर्छ ।


प्रस्तुती: उपासना घिमिरे

छाला तथा यौन रोग विशेषज्ञ डा. घितालले भिडियो मार्फत् दिनु भएको जानकारी

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik