टेनिस खेलाडी नाओमी ओसाका गत बर्ष सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी बन्न सफल भएकी छिन् । फोब्स म्यागजिनका अनुसार ओसाकाले गत बर्ष ३ करोड ७४ लाख डलर अर्थात् ४ अर्ब ५२ करोड ५४ लाख रुपैंया आम्दानी गरेको जनाएको छ ।
सन् २०१८ को अमेरिकन ओपन र २०१९ को अष्ट्रेलियन ओपन जितेकी ओसाकाले एकै बर्ष सर्वाधिक आम्दानी गर्ने खेलाडीको रुपमा रहेकी मारिया सारापोभाको किर्तिमान्लाई भंग समेत गरेकी छिन् । रसियन टेनिस खेलाडी मारिया सारापोभाले सन् २०१५ मा सर्वाधिक २ करोड ९७ लाख डलर आम्दानी गरेकी थिईन् ।
ओसाकाले गरेको यो आम्दानीले अमेरिकी टेनिस खेलाडी सरिना विलियमले विगत ४ बर्ष देखि राख्दै आएको सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको शिर्ष स्थान समेत गुमेको छ । फोब्र्सको सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा ओसाका २९ औं स्थानमा छिन् भने विलियम ३ करोड ४० लाख डलर आम्दानी गरेर ३३ औं स्थानमा रहेकी छिन् ।
ओसाकाले गत बर्ष खेलमा सफलता पाएर ३४ लाख डलर नगद पुरस्कार मात्र पाएकी हुन् । दुई ग्राण्डस्लाममा सफलता पाएर एशियाको तर्फवाट महिला टेनिसको शिर्ष वरियताक्रममा रहेकी २२ बर्षिया यि खेलाडीलाई विभिन्न कम्पनीहरुको प्रयोजन गरेर ३ करोड ४० लाख डलर थप आम्दानी गर्न सफल बनाएको थियो ।
महिला टेनिसको वरियताक्रममा अहिले १० औं स्थानमा रहेकी ओसाकासंग अमेरिका र जापानको दोहोरो नागरिक्ता रहेको छ । जसको कारण उनी दुबै देशमा उत्तिकै लोकप्रिय बनेकी छिन् । १५ वटा विभिन्न कम्पनीले ठुलो धनराशि दिएर ओसाकालाई प्रयोजन गरेको छ । यो बर्ष टोकियोमा आयोजना हुने ओलम्पिक प्रतियोगितामा जापानको तर्फवाट सहभागिता गर्ने लक्ष्य लिएकी ओसाकाको यो योजना अहिले कोरोना संक्रमणको संत्रासले ओझेलमा परेको छ ।