साप्ताहिक संवाददाता
- गत सन् २०१३ को सेप्टेम्बरसम्मको तथ्यांकअनुसार एप्पलले ४ अर्ब २० करोडभन्दा बढी आइफोन बिक्री गरिसकेको छ।
- एप्पलको पूरै आयमध्ये ५३ प्रतिशत आइफोनको बिक्रीबाट मात्र उठेको छ।
- एप्पलले आइफोनबाट मात्रै ९१ दशमलव ३ अर्ब डलर आम्दानी गर्छ। यो आम्दानी कोकाकोला र डिज्ने जस्ता कम्पनीले गर्ने कुलको बराबरी हुन आउँछ । कोकाकोलाको ४८ अर्ब डलर तथा डिज्नेको आय ४५ अर्ब डलर छ।
- स्मार्टफोनबाट हुने बिश्वव्यापी नाफामध्ये एप्पलले ५० प्रतिशत भन्दा बढी भित्र्याउँछ। यो सबै आइफोनकै कारण भएको हो।
- सन् २०१३ मा एप्पलको एप स्टोरले मात्रै १० अर्ब डलर बराबरको आम्दानी गरेको थियो।
- सन् २००८ यता ५० अर्ब भन्दा बढी एप्स डाउनलोड भैसकेका छन् र एप्पलले एप डेभलपरहरूलाई १५ अर्ब डलर भन्दा बढी भुक्तानी गरिसकेको छ।
- एप्पलको पछिल्लो उत्पादन आइफोन फाइभ एस सुरुको ओरिजिनल आइफोन भन्दा २० प्रतिशत हलुका छ। यद्यपि यो त्यसको तुलनामा ४० गुणा शक्तिशाली छ।