सुशीला आर्ट्स एकेडेमीद्वारा आयोजित गायनमा आधारित प्रतियोगिता 'बेस्ट युथ भ्वाइस' मा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययरत तीन दर्जन छात्र-छात्राबाट अजनब मानन्धर प्रथम, हिटसन मगर दोस्रो तथा नरबहादु गुरुङ तेस्रो भएका छन्। त्यसबाहेक बिमला नेपाली, सुमन परियार, अनुशा ज्ञवाली, अन्जान राना मगर, प्रिया राई र फुर्वा शेर्पा पनि उत्कृष्ट १० भित्र पर्न सफल भए। एकेडेमीले प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल प्रतिभालाई एक वर्षको छात्रवृत्ति प्रदान गरेर संगीतको औपचारिक प्रशिक्षणसमेत दिन थालेको छ। गत साता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट १० भित्र पर्न सफल प्रतिभाले गीत-संगीत प्रस्तुत गरे। उत्कृष्ट १० मा पुगेका विद्यार्थीले आगामी चैत २१ मा रूसी सांस्कृतिक केन्द्रमा आ-आफ्नो प्रस्तुति दिनेछन्। उनीहरूलाई एकेडेमीका संगीत प्रशिक्षक श्रृति प्रधान तथा अल्मोडा उप्रेतीले प्रशिक्षित गरिहेका छन्। प्रकाश ओझाको नयाँ श्रृंखला
हास्यकलाकार प्रकाश ओझाले एउटा नयाँ हास्यश्रृंखला निमर्ाण गरेका छन्। शीर्षक राख्न बाँकी रहेको उक्त श्रृंखलाको निर्देशन अर्का हास्यकलाकार प्रकाश सुब्बाले गरेका हुन्। हाल ५ भागको छायांकन सम्पन्न भैसकेको यो श्रृंखलामा प्रकाश ओझा, प्रकाश सुब्बा, तीर्थ याक्सो, सोनु जयन्ती, राजन थापा, अशेष-अभिषेक तिमिल्सिना, अशोक चेम्जोङ, अर्पणा राई आदि कलाकारका साथै इटहरीको मदानी समूहका कलाकारले पनि अभिनय गरेका छन्। प्रस्तुतकर्ता ओझाका अनुसार श्रृंखलामा 'इर्किनी मिर्किनी प्लिज' तथा 'सास्ती नि मस्ती' मध्ये एउटा शीर्षक राखिनेछ। श्रृंखलामा विगतमा पाठकहरूमाझ लोकप्रिय कमिक्समा आधारित कथा चित्रण गरिएको छ। टेलिश्रृंखलाको प्रसारण गर्ने टेलिभिजन च्यानल भने तय भएको छैन।