साप्ताहिक संवाददाता
उनीहरूको तर्कलाई स्वीकार गर्ने हो भने यतिबेला घामको चर्को किरण एवं धूलो-धुवाँको अतिक्रमणले छाला तथा केसको सौन्दर्य बिगार्न सक्छ। त्यसैले आफ्नो सौन्दर्यलाई कायम राख्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ। समर सिजनमा छाला एवं केसमा के-कस्ता खराबी आउन सक्छन्? त्यसबाट जोगिने उपाय के-के हुनसक्छन्?
सेभ स्किन
समर सिजनमा मुख्यत: अनुहार एवं हात-खुट्टाको छाला, जो कपडाले ढाकिँदैन त्यसमा विभिन्न समस्याहरू देखिन सक्छ। शरीरका यस्ता भागहरूमा चर्को घामको सोझो किरण पर्ने भएकाले छाला डढ्ने, चाया-पोतो आउने, डन्डिफोर एवं फुस्रो हुने जस्ता समस्या देखापर्छन्। नाकको टुप्पो र ओठमुनिको भागमा चिप्लो हुन्छ।
घर बाहिर निस्कँदा वा वाइक/स्कुटीमा हुइँकिदा धुलो उडेर अनुहार ढाक्न आइपुग्छ। त्यसले छालाको रोमछिद्र बन्द गर्छ र छालाको सौन्दर्यलाई नराम्रोसँग नोक्सान पुर्याउँछ। अर्कातिर पसिनाले समग्र शरीर नै दुर्घन्धित बनाइदिन्छ। यी सबै समस्याबाट छुट्कारा पाउन सर-सफाइमा विशेष ध्यान दिनुपर्छ। नियमित रूपमा चिसो पानीले नुहाउनुका साथै राम्रोसँग अनुहार धुनुपर्छ।
बिहान उठेर मुख धोइसकेपछि एसेथ जेल लगाउनु उपयुक्त हुन्छ। बजारमा विभिन्न ब्रान्डमा यस्ता जेल उपलब्ध छन्। घर बाहिर निस्कनुपरे सन प्रोटेक्सन क्रिम लगाउन बिर्सनु हुँदैन। अहिले अधिकांशले यस्तो क्रिम प्रयोग गरे पनि त्यसको मात्राका सम्बन्धमा जानकारी लिएका हुँदैनन्। मौसमी तापमानअनुसार कुन किसिमको क्रिम प्रयोग गर्ने हो? त्यसको ज्ञान हुनुपर्छ।
काठमाडौं तथा नेपालको तापक्रम अनुसार सामन्यत: एसपिएफ-१५ भन्दा माथिको सन प्रोटेक्सन क्रिम उपयुक्त हुन्छ। बाहिर निस्कने बेला खल्तीमा वेट टिस्यु पेपर बोक्नुपर्छ। टिस्यु पेपर पसिना तथा धूलो पुछ्न निकै उपयोगी हुन्छ।
खासगरी यो सिजनमा युवतीहरूलाई आफ्नो मेकअप सुरित राख्न समस्या हुन्छ। पसिनाले अनुहारमा लगाइएको क्रिम, गाँजल बगाइदिने, लतपतिने हुनसक्छ। त्यसबाट छुटकारा पाउन फाउन्डेसन प्रयोग गर्नुपर्छ । कुन समयमा मेकअप गर्ने हो, त्यही अनुसार फरक-फरक फाउन्डेसन लगाउनुपर्छ। जस्तो, बिहान टिन, दिउँसो लिक्विड र साँझमा स्टिक। त्यस्तै, ओठको चमक कायम राख्न लिभ वाम प्रयोग गर्नुपर्छ। राति सुत्नुअघि मेकअप उतारेर सफा पानीले अनुहार धुन बिर्सनु हुँदैन।
हेयर केयर
समरमा केसको सौन्दर्य टिकाएर राख्नु पनि एउटा चुनौती नै हो। किनभने यतिबेला चर्को घामको प्रभाव एवं धुलोले गर्दा केस ड्राई हुने, हाँगा आउने, फोहोर जम्ने, टुक्रिने, खुम्चिने आदि समस्या हुन्छ। त्यसैले यसबाट जोगिना राम्रो हेयर ब्रसले केस कोर्नुपर्छ। काइँयोभन्दा राम्रो विकल्प हो यो। हेयर ब्रसले केसमा रहेको मसिनो धूलो पनि हटाइदिन्छ ।
सम्भव भएसम्म हरेक बिहान चिसो पानीले नुहाउनुपर्छ। नुहाउँदा लाइट स्याम्पु प्रयोग गर्नुपर्छ। नुहाउनुअघि ओलिभ आयल लगाउनु उत्तम हुन्छ। नुहाइसकेपछि हेयर कोट लगाइदिने। यसले केस चहकिलो देखाउनुका साथै धूलो र घामको किरणबाट सुरा दिन्छ।
काठमाडौंको मौसमअनुसार ड्राई तथा फ्रिजी हेयरमा मेहन्दी लगाउनु हुँदैन। किनभने यहाँ प्रायजसो चिसो नै हुन्छ। चिसो मौसममा मेहन्दी प्रयोग गर्नु राम्रो होइन।
हेल्थ फर्मुला
समग्र सौन्दर्यका लागि केस र छालालाई मात्र ध्यान दिएर हँुदैन। यसका लागि खानपानमा विशेष सर्तकता अपनाउनुपर्छ। जस्तो, दैनिक पर्याप्त पानी पिउने, फलफूल र सलाद खाने। पसिनाका कारण हुने पानीको कमी पूरा गर्न तरल पदार्थयुक्त भोजन खानुपर्छ। ग्रीन सलादले शरीरमा भिटामिन र मिनरल्सको सन्तुलन कायम गर्छ। खासगरी हरेक दिन एउटा स्याउ खानैपर्छ, त्यसले स्किनमा सकारात्मक प्रभाव पार्छ। त्यस्तै, गि्रन सलादमा पनि जोड दिनुपर्छ। चिप्लो एवं जंगफुडले सौन्दर्यमा हानी पुर्याउँछ।
- विष्णु ठाकुर (मेकअप आर्टिस्ट)