अधिकांश नेपाली टेलिभिजन च्यानलमा साँझ ८ बजे समाचार प्रसारण हुन्छ, हिमालय टेलिभिजनले भने असार ६ गतेदेखि उक्त समयमा विभिन्न हास्यप्रधान कार्यक्रम प्रसारण गर्ने घोषणा गरेको छ। प्रत्येक दिन ८ बजेदेखि ९ बजेसम्म हिमालय टेलिभिजनमा फर्सी नेटवर्कले विभिन्न हास्य कार्यक्रम प्रसारण गर्ने भएको हो। यतिबेला फर्सी नेटवर्कको हास्य-व्यंग्य केन्दि्रत कार्यक्रमको छायांकन बूढानीलकण्ठस्थित मह स्टुडियोमा भैरहेको छ। फरक-फरक थिममा, फरक-फरक सेट बनाएर छायांकन भैरहेका यी कार्यक्रममा फिल्मी चेकपोस्ट, जे आउँछ मज्जाले हसाउँछ, जोकतन्त्र, चिया चौतारी, परीको सरी, चम्पा चमेली तथा कर्पोरेट कमेडी प्रमुख छन्। यी कार्यक्रममार्फत महिला अधिकार, सामाजिक विकास, चलचित्र तथा मनोरञ्जन एवं राजनीतिक विषयलाई हास्यव्यंग्य शैलीमा चित्रण गरिनेछ। फर्सीका कार्यक्रमहरू जितु नेपाल, मनोज गजुरेल, लुनिभा तुलाधर, मणिराम पोख्रेल, भोला सापकोटा, कमलमणि नेपाल, रवि डंगोल, श्रीप्रसाद थापा लाहुरे, नवीन श्रेष्ठ, अंशु महर्जन हात्ती, राजा राजेन्द्र पोखरेल, कुमार श्रेष्ठ, जुनुसा पुरी आदि कलाकारले सञ्चालन गर्नेछन्। फर्सीका यी कार्यक्रमको निर्देशन प्रदीप भट्टराईले गरिरहेका छन्।राजारामलाई पितृशोक
हास्य कलाकार राजाराम पौडेललाई पितृ शोक परेको छ। चलचित्र तथा टेलिश्रृंखलामार्फत दर्शक हसाउँदै आएका राजारामका बुवा सीताराम पौडेलको ८५ वर्षको उमेरमा गत शुक्रबार नक्साल, काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि दमका रोगी सीताराम पौडेलको सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।