असार २७, २०७१
के.
आकस्मिक गर्भनिरोधक चक्कीमा प्रोजेस्ट्रोन नामक हार्मोन हुन्छ। यसमा अन्य नियमित खाने चक्कीहरूमा भन्दा उक्त हार्मोनको मात्रा बढी हुन्छ, त्यसैले यो प्रभावकारी छ। प्रोजेस्ट्रोन हार्मोनले महिनावारीमा विशेष प्रभाव पार्छ। तपाईंको महिनावारीमा गडबडी हुनुको कारण उक्त आकस्मिक गर्भनिरोधक चक्कीको अनावश्यक प्रयोग पनि हुन सक्छ। यसरी आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नुको सट्टा कन्डम वा अन्य अस्थायी साधन प्रयोग गर्नु उपयुक्त हुन्छ। तपाईंहरूजस्ता नवदम्पतीले आवश्यक परामर्शपछि छोटो अवधिका अस्थायी साधनहरू जस्तै खाने चक्की वा तीनमहिने सुई प्रयोग गर्नु उपयुक्त हुन्छ।