साप्ताहिक संवाददाता
श्रावण १६, २०७१
कम्पनीले बजारमा ल्याएको आरजी १२८ मोडलमा ब्लुटुथ, एफएम रेडियो, एसएमएस, जिपिआरएस, क्यालकुलेटर तथा शून्य दशमलव ३ मेगापिक्सेलको क्यामेरा आदि सुविधा छन्। यसको बजार मूल्य ५ हजार ९ सय ९९ रुपैयाँ छ। त्यस्तै आरजी ९७० एपेक्स प्रो टचस्क्रिनसहितको एन्ड्रोइड मोबाइलबाट ओखर फुटाउन र किला ठोक्नसमेत सकिन्छ। यसलाई २ मिटरसम्मको उचाइबाट कंक्रिटको फ्लोरमा खसाउँदा पनि केही हुँदैन। उक्त फोनलाई आधा घण्टासम्म पानीमा डुबाउँदा पनि केही नहुने कम्पनीको दाबी छ। यसमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ। यसमा ८ मेगापिक्सेलको रियल तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा, एलइडी फ्ल्यास लाइट आदि सुविधा पनि छ। यो फोनको बजार मूल्य ४२ हजार ९ सय ९९ रुपैयाँ छ। कम्पनीले यी दुई मोडलका मोबाइल सेटको खरिदमा १ वर्षको वारेन्टी पनि दिन्छ।