साप्ताहिक संवाददाता
१८६४
पुरुष-पुरुषसँगको यौनसम्पर्क किन मन पर्छ ?
हामी जन्मजात नै यौनिक हुने भए पनि यौन भावना विशेष गरी किशोरावस्थामा प्रबल हुनुका साथै स्पष्ट रूपमा प्रकट भएर पनि आउँछ। यही समयमा धेरैजसो व्यक्ति विपरीत लिङ्गका व्यक्तिप्रति आकषिर्त हुन्छन्, तर सबैमा त्यस्तो हुँदैन। संख्याका आधारमा कम भए पनि कतिपय व्यक्ति आफूजस्तै समान लिङ्ग भएकै व्यक्तिप्रति यौनको दृष्टिकोणले आकषिर्त हुन्छन्।
यौनका दृष्टिकोणले विपरितलिङ्गीप्रति आकषिर्त हुने व्यक्तिलाई 'विपरीत लिङ्गी' यौन परिचय भएको मानिस भनिन्छ भने समान लिङ्ग भएको व्यक्तिप्रति आकषिर्त हुनेलाई 'समलिङ्गी' र यस्तो 'पन'लाई समलैङ्गकिता भनिन्छ। यौनका दृष्टिले पुरुष तथा महिला दुवैप्रति आकषिर्त हुने व्यक्तिलाई द्विलिङ्गी भनिन्छ। अंग्रेजीमा guy (गे) शब्दले समलिङ्गी जनाउँछ। यो शब्दले धेरैजसो स्थितिमा पुरुष समलिङ्गी र कहिलेकाहीं महिला समलिङ्गीलाई जनाउने भए पनि अंग्रेजी शब्द lazibean (लेस्बियन) ले महिला समलिङ्गीलाई मात्र जनाउँछ।
किन यस्तो हुन्छ ?
कतिपय व्यक्ति यसलाई एक किसिमको विकृति तथा पाप मान्छन्। विशेष गरेर बालक हुर्कंदा यौनसम्बन्धी सुसंस्कार अभिभावकले दिन नसकेकाले यस्तो हुने र यसलाई उपचार गरेर पुन: विपरीतलिङ्गी बनाउन सकिने कुरामा उनीहरूको विश्वास छ, तर यसमा वैज्ञानिक तथा खुला धारणा राख्ने व्यक्तिहरूको विचार भने फरक छ। उनीहरूको विचारमा यो कुनै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो। कुनै व्यक्तिले रोजेर यस्तो हुन सक्दैन, जसरी विपरितलिङ्गी यौन परिचय भएको व्यक्तिले आफ्नो रोजाइ्मा समलिङ्गी व्यक्तिका रूपमा आफूलाई परिवर्तन गर्न सक्दैन। उनीहरूका अनुसार यो वंशाणुगत वा गर्भमै रहँदा भएको विशेष परिवर्तनले हुन्छ। त्यसकारण यो जन्मजात नै हुन्छ। वंशाणु वैज्ञानिकहरूले त समलैङ्गकिता सम्बन्धी 'वंशाणु' नै पत्ता लागिसकेको बताएका छन्। यसो हुनुको प्रमुख कारण जैविक रहेको थप तथ्य पनि पत्ता लाग्दैछ। त्यसबाट यो एउटा प्राकृतिक कुरा भएको र व्यक्तिको रोजाइ नभएको यथार्थलाई नै प्रस्ट पारेको छ।
तपाईंले उमेर त लेख्नुभएको छैन। किशोरावस्थाको उतारचढावको केही वर्षहरूमा विभिन्न किसिमका क्रियाकलापमा संलग्न हुने चाहना हुन्छ र त्यस क्रममा समलिङ्गी यौन क्रियाकलापमा संलग्न भए पनि उनिहरूको यौन परिचय समलिङ्गी नहुन सक्छ। समलिङ्गी व्यक्तिका लागि आफ्नो यौनपरिचय के होला भनेर पक्का हुनुभन्दा पहिले निकै अलमल हुन्छ र किशोरावस्थामा त्यस्तो अलमल अझ तीव्र हुनसक्छ। केही व्यक्तिमा समान लिङ्ग भएकै व्यक्तिसँग यौन क्रियाकलापमा संलग्न भएपछि केही अलमलको स्थिति पार गरेपछि मात्र आफू समलिङ्गी भएको पक्का हुन्छन्। अर्काथरीले कुनै पनि यौन सम्पर्क हुनुभन्दा पहिले नै आफ्नो यौन परिचय के हो भनेर स्पष्ट थाहा पाइसकेका हुन्छन्। किशोरावस्थाको भैसक्दा यौन उत्तेजक भावना तथा आकर्षण मुख्य रूपमा 'समलिङ्गी किसिम' को हुने देखिएको छ। उनीहरूले आफूले थाहा पाउने र त्यसलाई आफैंले स्वीकार गर्ने स्थितिसम्म पुग्दा एउटा जटिल विकासको क्रमबाट गुज्रनुपर्छ। समयसँगै बिस्तारै अलमलको स्थिति कम हुन्छ र पूर्ण रूपमा समलिङ्गी हो-होइन भन्ने स्पष्ट हुन्छ। अलमल भएको स्थितिमै कतिपयले आफू समलैङ्गकि भएको घोषणा गर्न सक्छन्। चिकित्सकले कुनै व्यक्ति समलिङ्गी यौन परिचय भएको हो कि होइन भनेर पक्का हुन मद्दत गर्न सक्छन्।
के संक्रमण हुन्छ ?
यदि आफ्नो यौन साथीमा कुनै संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन्। एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि-लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ। त्यसको कारण गुदानलीमा योनिमा जस्तो रस निस्कँदैन र त्यसको भित्री छाला पनि पातलो र कमलो हुने भएकाले यौन सम्पर्कमा चोट पुग्न सक्छ र सजिलै रोगको संक्रमण हुनसक्छ। यौन रोगका अतिरिक्त मलाशयमा रोगसम्बन्धी जीवाणु पनि हुन्छन्। यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदामैथुन पछि लिङ्ग-योनि मैथुन गरे योनिमा वा मूत्र प्रणालीमा संक्रमण हुनसक्छ।
के गरेर सुरक्षित रहन सकिन्छ ?
गुदा-मैथुनलाई स्वास्थ्यका लागि हानिकारक भन्न मिल्दैन, तर सुरक्षित बनाउन विभिन्न किसिमको सावधानी अपनाउनुपर्ने हुन्छ।
गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ। बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित गर्न वा खोल्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन। लामो अभ्यासपछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ। गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक छ। योनिको जस्तो रस नआउने भएकाले पानीमा आधारित थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ।
गुदद्वारमा बढी हानिकारक कीटाणु हुने भएकाले यस्ता यौनसम्पर्कबाट यौनरोग वा अन्य संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोगको उत्तिकै आवश्यक छ। योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुनसक्छ। गुदद्वारमा प्रवेश गराएको लिङ्ग कन्डम नफेरी त्यसै योनिमा प्रवेश गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुबाट संक्रमण हुनसक्छ। जीवाणुहरूलाई कम गर्न गुदद्वार वरिपरी मात्र राम्रोसँग सफा गरेर पुग्दैन, भित्र सफा गर्न डुसकै आवश्यकता पर्छ। यद्यपि त्यसो गर्दा पनि जीवाणुरहित भने बनाउन सकिँदैन।