श्रावण १६, २०७१
सी.
गर्भवती भएपछि रोकिएको महिनावारी कहिले सुरु हुन्छ भन्ने चिन्ता धेरै महिलामा हुन्छ। समान्यत: गर्भावस्थामा भएका धेरै परिवर्तन ६ हप्ता अर्थात ४२ दिनमा पुरानो अवस्थामा र्फकन्छन्। बच्चाले आमाको दूध राम्रोसँग चुसिरहेको अवस्थामा ६ हप्तामा महिनावारी सुरु नहुन सक्छ। बच्चाले दूध खाइरहेको अवस्थामा प्रोलाक्टिन हार्मोनको मात्रा उच्च रहने भएकाले महिनावारी सुरु हुन ६ महिना वा त्यसभन्दा बढी लाग्न सक्छ। यौनसम्पर्क कहिले सुरु गर्ने भन्ने कुरा दम्पतीहरुको आपसी समझदारीमा भर पर्छ। महिलाको स्वास्थ्यको हिसाबले ४२ दिनपछि यौनसम्पर्क गर्न सकिन्छ। यस्तो अवस्थामा महिनावारी सुरु नभए पनि गर्भ रहन सक्ने हुनाले विशेष सावधानी अपनाउनुपर्छ।