साप्ताहिक संवाददाता
कलाकार : बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह तथा सुस्मिता ढकाल।
संगीतकार : बाबु बोगटी, सुगम पोखरेल, स्वनिल शर्मा
निर्माण पूरा भएको लामो समयपछि चलचित्र 'मेरो भ्यालेन्टाइन' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। पछिल्लो समय सफल चलचित्र दिइरहेका निर्देशक सुरज सुब्बा 'नाल्बो' यो चलचित्रबाट पनि उत्तिकै आशावादी छन्। चलचित्रको शीर्षकअनुसार यसको प्रदर्शन भ्यालेन्टाइन्स डेकै सेरोफेरोमा हुने अनुमान गरिएको थियो, तर यसअघि नै प्रदर्शनमा ढिलाइ भैसकेका कारण साउन १६ गते एकल प्रदर्शनका लागि पाएको अवसर नगुमाएको निर्माण पक्ष्ाको भनाइ छ। सुशील श्रेष्ठले निमर्ाण गरेको यो चलचित्र प्रेमकथामा आधारित छ। चलचित्रमा अस्टे्रलियाका एनआरएन स्वतन्त्र प्रताप शाह पनि महत्वपूर्ण भूमिका छन्। दुई जोडी युवा-युवतीबीचको प्रेम-प्रसंगमा आधारित यो चलचित्रको सांगीतिक पक्ष आकर्षक छ। नायक तथा गायक बाबु बोगटीको शब्द, संगीत तथा स्वरको 'के भयो कहाँ गयो' गीत यसअघि नै लोकप्रिय भैसकेको छ। शम्भु सापकोटाले छायांकन गरेको यो चलचित्रको अधिकांश छायांकन चितवनको सौराहा तथा काठमाडौंमा गरिएको छ। चलचित्रको लेखन निर्देशक नाल्बोले नै गरेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशनको यो चलचित्रका सम्पादक बनिष शाह हुन्।