साप्ताहिक संवाददाता
-९९१८
यौनेच्छा कसरी सञ्चालित हुन्छ ?
प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। यी आधारभूत कुरा भएकाले मस्तिष्कमा यसलाई प्राचीन मस्तिष्कको भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रम हेर्ने हो भने यो प्राचीन मस्तिष्क करोडौं वर्षपहिले नै विकसित भएको देखिन्छ। मानवमा मस्तिष्कको अन्य थप भाग विकसित हुँदै गए पनि प्राचीन मस्तिष्कले अझै अन्य प्रणालीमा जस्तै महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
यौन सम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशजको निरन्तरतालाई साथ दिनु प्राकृतिक नियमको पालना गर्नु हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले यसको प्रयोग आनन्दका लागि बढी हुने गरेको पाइन्छ।
मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातर्फ इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणाली। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ।
रागरस (हार्मोन) का प्रभाव यौनेच्छा जाग्ने (विकसित हुने) कार्य वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको भूमिका महत्त्वपूर्ण हुन्छ। यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ।
इन्दि्रयहरूका कुरा यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभै नहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द प्राप्त गर्छ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरको पाँच इन्दि्रय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हुन्। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुन सक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो।
मस्तिष्क आफ्नै कुरा : यौनसम्पर्कलाई 'शारिरीक सम्बन्ध' भनिँदै आए पनि यसको मानसिक पाटो एकदमै महत्त्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशिलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरु हुन्छन्। यसरी सोच्ने हो भने मस्तिष्क नै सबैभन्दा महत्त्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन्, तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना उत्पन्न हुनसक्छ।
के यौनेच्छा नै नहुन सक्छ ?
यौन इच्छा प्राकृतिक एवं मानिसको आधारभूत आवश्यकता भए पनि, हामी सबैको रुचि यसप्रति भए पनि सबैमा यौनप्रतिको रुचि वा चाख एकनासको हुँदैन। कुनै व्यक्तिमा यौनइच्छा बढी हुन्छ भने कसैमा अलि कम। सामान्य वा ठीक मात्राको यौन व्यवहार कति हो भन्न गाह्रो छ, किनभने यो कुरा व्यक्ति-व्यक्तिअनुसार फरक-फरक हुन्छ। यद्यपि सामान्यभन्दा बढी वा कम यौनेच्छा हुन सक्छ।
कुनै व्यक्तिमा कम यौनइच्छा (hypoactive sexual desire) को स्थिति भन्नाले यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर त्यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन, यदि दुवै जना यसमा सन्तुष्ट छन् भने। त्यसैले कतिपय यौन विषेशज्ञले यौन इच्छा कम भएको भनेर त्यतिबेलासम्म भन्दैनन् जबसम्म यो कुराले सम्बन्धित जोडीलाई यसका कारणले समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएको हुँदैन।
के गर्ने त ?
पहिले त तपाईंलाई यौनेच्छा नै नहुनुको कारण पत्ता लगाउनुपर्छ, तर आफ्ना बारेमा अति नै थोरै जानकारी दिनुभएकाले समाधानका उपाय बताउन सकिने स्थिति छैन। तपाईं विवाहित वा नियमित यौनसाथीका साथ हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा पनि थाहा भएन। फेरि तपाइर्ंले यौन सम्पर्कको चाहना नहुनेबाहेक अन्य यौन क्रियाकलापका सम्बन्धमा कुनै जानकारी दिनु भएको छैन। तपाईंले हस्तमैथुन गर्ने गर्नुभएको छ कि छैन तथा स्वप्न दोष हुन्छ कि हुँदैन भन्ने विषयमा पनि केही उल्लेख गर्नुभएको छैन, अनि तपाईंको शारिरीक विकास सामान्य छ कि छैन भन्ने विषयमा पनि केही लेख्नुभएको छैन। तपाईंको यौनाङ्ग अनि अन्य सहायक यौन चिह्नहरू पनि सामान्य छन् कि छैनन् पत्रमा उल्लेख छैन।
रागरससम्बन्धी वा इन्दि्रयसम्बन्धी खराबी वा मानसिक पक्षका खराबी तपाईंको समस्याको कारण हुन सक्ने भएकाले त्यसको निक्र्यौल गर्नुपर्छ। हाम्रा कतिपय यौनसम्बन्धी भावना यौन उत्तेजक हुन्छन् भने अर्काथरी दमन गर्ने वा त्यसलाई अवरोध पुर्याउने किसिमका हुन्छन्। यौन उत्तेजनामा कमी हुने, यौन इच्छामा कमी हुने वा लिंग उत्तेजनामा आउने समस्याहरूका कारणहरू केलाएर हेर्दा मानसिक कारण नै प्रमुख देखिएका छन्। चिन्ता, अवसाद, तनाव तथा थकाइले यौन इच्छामा कमी आउँछ वा संभोगमा नकारात्मक असर पर्छ।
खराब अन्तरव्यक्ति सम्वन्ध पनि यसको कारण हुन्छ। त्यसैगरी कतिपय शारीरिक विकार वा रोग पनि यसका कारण हुन सक्छन्। यस्ता कारणहरूमा यौन इच्छा उत्पन्न गराउने हार्मोनको कमी, विभिन्न रोगमा प्रयोग गरिने औषधीहरू अनि स्नायु प्रणाली वा रक्त नलीसँग सम्बन्धित रोगहरू यसका कारक हुन सक्छन्। अन्तरनिहित कारण नहटाई यौन चलत्रित्र हेरेको भरमा समस्या समाधान हुने कुरा भएन। एउटा सम्झनुपर्ने कुरा के छ भने, यस्ता समस्याको उपचारका लागि समय, धैर्य तथा आपसी सहयोगको आवश्यकता पर्छ। म तपाईंलाई कुनै यौन विशेषज्ञसंग सम्पर्क गरी राम्रोसँग परामर्श लिन सल्लाह दिन्छु। यदि तपाईंको समस्याको कारण मानसिक हो भने मनोचिकित्सकहरूले मद्दत गर्न सक्नुहुन्छ।