साप्ताहिक संवाददाता
निर्देशक : कुमार भट्टराई
कलाकार: सौगात मल्ल, गौरव पहारी, सञ्जोग कोइराला, प्रकृति श्रेष्ठ, मेनुका प्रधान तथा सन्दिप क्षेत्री ।
संगीतकार : सुरेश राई
चलचित्र 'उत्सव' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। छोरा सञ्जोगलाई नायकका रूपमा डेब्यु गराउन निर्माता शेखर कोइरालाले निर्माण गरेको यो चलचित्र युवापुस्तामा केन्दि्रत छ। परम्परागत धारभन्दा पृथक् ढंगले निर्माण गरिएको यो चलचित्रमा अभिनेता सौगात मल्ल फरक भूमिकामा देखिएका छन्। युवापुस्ताको रुचि, चाहना तथा मनस्थितिलाई प्रतिनिधित्व गर्ने यो चलचित्रमा युवाहरूलाई मन पर्ने प्रत्येक कुरालाई आकर्षक ढंगले चित्रण गरिएको बताइन्छ। यसअघि दासढुंगा, आचार्य, उमा आदि चलचित्रमा लेखकका रूपमा काम गरिसकेका कुमार भट्टराईले निर्देशन गरेको चलचित्र उत्सवको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने गम्भीर विष्ट तथा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।
यो कथा हो तिम्रो मेरो
निर्देशक : ओम प्रतीक
कलाकार : सुमन सिंह, रिस्ता बस्नेत, गणेश उप्रेती, रवी कार्की, रूपा राना, विमला गिरी तथा ओम प्रतीक।
संगीतकार : विकास चौधरी
पारिवारिक प्रेमकथामा आधारित चलचित्र 'यो कथा हो तिम्रो मेरो' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। यो चलचित्रमार्फत निर्देशक ओम प्रतीक लामो समयपछि दर्शकमाझ आउँदैछन्। चलचित्रको पटकथा संवाद पनि निर्देश्ाक प्रतीकले नै लेखेका हुन्। चलचित्रमा नारीप्रधान कथा समावेश छ। रिस्ता बस्नेत यो चलचित्रमा मुख्य नायिकाका रूपमा प्रस्तुत भएकी छिन्। चलचित्रमा रिस्ताले पुराना अभिनेता सुमन सिंह तथा नयाँ अभिनेता रवि कार्कीसँग त्रिकोणात्मक प्रेम गरेको प्रसंग समेटिएको छ। द फ्रेम क्रिएसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता रमेश प्रजापति हुन्। सुरेश बज्राचार्यद्वारा छायांकन गरिएको यो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देश्ान छ। चलचित्रका चारवटा गीतमा राजेशपायल राई, दीपक लिम्बू, रजिना रिमाल, मनीषा पोखरेल, शिव परियार तथा प्रविशा अधिकारीको पाश्र्व गायन छ।