भाद्र १३, २०७१
एम.
तपाईंको शिशु सात महिनाको भैसकेको र महिनावारी पनि भैसकेका कारण तपाईंले परिवार नियोजनको उपाय नअपनाए गर्भ रहन सक्ने सम्भावना छ। तपाईंले प्राकृतिक उपाय पनि अपनाउन सक्नुहुन्छ। तपाईंको महिनावारी कति-कति दिनमा हुन्छ, पत्रमा उल्लेख छैन। नियमित महिनावारी हुने महिलामा समान्यत: महिनावारी भएको पहिलो दिनदेखि १४ दिनमा अण्ड निष्कासन हुन्छ। त्यसैले यसको सेरोफेरोमा सम्पर्क भए गर्भ रहन सक्छ। तपाईंको ७ गतेदेखि लगातार एक हप्ता सम्पर्क हँुदा गर्भ रहने सम्भावना धेरै रहन्छ। महिनावारी भएको दिनदेखि ९ दिनसम्म र पछि गएर १९ दिनपछि मात्र सम्पर्क गरे गर्भ रहने सम्भावना कम हुन्छ, तर यो प्राकृतिक उपायमा पूर्ण रूपले भर पर्न सकिँदैन। तपाईंले चिकित्सकसँगको परामर्शमा परिवार नियोजनका अन्य उपाय अपनाउनु उपयुक्त हुन्छ।