भाद्र २०, २०७१
क्यामुना निकै स्वादिलो हुने भए पनि यसको व्यावसायिक उत्पादन गरिएको छैन। यो फल नेपालको पहाडी भेगको जंगलमा पाइन्छ। कफीको दानाजस्तै देखिने क्यामुना गुलियो एवं रसिलो हुन्छ। राम्रोसँग पाकेको क्यामुना गाढा रातो र कालो हुन्छ। क्यामुना पाक्ने सिजन साउन-भदौ महिना हो। क्यामुनालाई एन्जिओस्पर्म वनस्पतिको श्रेणीमा सूचीकृत गरिएको छ। क्यामुनाको पात र दाना खाँदा पिनास ठीक हुन्छ। फलका लागिभन्दा पनि दाउरा र काठका निम्ति क्यामुना रोप्ने गरिएको छ। चराचुरुङ्गी, मुसा, लोखर्केजस्ता जंगली जनावरको राम्रो आहारा पनि हो यो। क्यामुनाको रूख छेउछाउमा त्यसको दानाबाटै प्रशस्त बिरुवा उम्रन्छ। कटुस, ऐंसेलु, चुथ्रोजस्ता जंगलमै फल्ने फलहरूमध्ये क्यामुना बढी स्वादिलो हुन्छ।
प्रतिक्रिया