सा.
उमेरमा केटासाथीसँग यौनसम्पर्क हुनु स्वाभाविक हो, तर गर्भ रहन नदिन कन्डमको प्रयोग गर्नु बुद्धिमानी हुन्छ। तपाईंको महिनावारी नियमित थियो भने महिनावारी सुरु हुनु दुई-तीन दिनअघि भएको सम्पर्कले गर्भ रहने सम्भावना न्यून हुन्छ। यो अवस्थामा आईपिल वा कुनै आकस्मिक गर्भनिरोधक साधन प्रयोग गर्नु आवश्यक ठहरिँदैन, तर त्यसको सेवनले गर्भ रहने सम्भावना अझ कम भएर जान्छ। तपाइर्ंको महिनावारी नहुने कारण आईपिल पनि हुन सक्छ। आईपिलका कारण भए ढिलो भए पनि महिनावारी अवश्य हुन्छ। तपाईंको त्यसअघि पनि सम्पर्क भएको थियो र त्यतिबेला कन्डम प्रयोग नगरेको वा कन्डम फुटेको हो भने गर्भ रहन सक्छ। गर्भ छ कि छैन भन्ने कुरा पत्ता लगाउन पि्रग्नेन्सी टेस्ट गराउन सकिन्छ। आत्तिनुपर्ने वा डराउनुपर्ने कुनै अवस्था छैन। गर्भ रहेछ र तपाईंलाई गर्भ चाहिएको छैन भने मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराउन सकिन्छ।