गत शुक्रबार धरानमा सम्पन्न फेसन शोमा ८ जना महिला तथा ६ जना पुरुष मोडल सहभागी थिए। उक्त फेसन शोमा मौसमअनुरूपका पहिरन प्रदर्शन गरिएका थिए। महिला मोडलहरूले साडी, क्याजुयल, वान पिस प्रदर्शन गरेका थिए भने पुरुष मोडलहरूले गर्मी मौसममा लगाइने पहिरन, डान्स पार्टी पहिरनका साथै टिसर्ट एवं जिन्स प्रस्तुत गरेका थिए। कार्यक्रममा गायक-गायिका निङ्मा शेर्पा, एपी शेर्पा, श्रेया सोताङ तथा प्रकृति थुलुङले आ-आफ्ना गीत सुनाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए।