• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
खुसी व्यक्त गर्ने शब्द छैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खुसी व्यक्त गर्ने शब्द छैन
आश्विन २४, २०७१
१७ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने एक्लो खेलाडी हुन्— विमला तामाङ । सहभागी २ सय ४ नेपाली खेलाडीमध्ये १८ वषर्ीया तामाङले कराँतेको एकल कातामा कांस्य पदक जितेकी थिइन् । उक्त स्पर्धामा यो नेपालको पहिलो सफलता हो । गत आइतबार स्वदेश फर्किएकी विमलाले आफ्नो सफलताका बारेमा साप्ताहिकसँग गरेको कुराकानी उनकै शब्दमा ः

दक्षिण कोरियामा एसियाली खेलकुद सुरु हुँदा म नेपालमै थिएँ । नेपाली खेलाडीहरू एकपछि अर्को गर्दै हार्दै गएका थिएँ । यसरी पदकबाट वञ्चित हुँदा मलाई निकै नराम्रो लागेको थियो । ममा आफूले खेल्न पाएँ भने पदक जित्छु भन्ने आत्मविश्वास थियो । अन्ततः आफूले नै नेपाललाई पदक दिलाउन पाउँदा एकदमै खुसी लागेको छ ।

गुरुहरूले गराएको ट्रेनिङ अनि ममी (धनमाया)को निरन्तर प्रोत्साहन एवं हौसलाले आफूले पदक जित्न सक्ने कहीं-कतै आत्मविश्वास थियो ममा । अन्तर्राष्ट्रिय प्रतियोगितामा म त्यति धेरै अनुभवी होइन, तर मैले अनुभवको कमी नभएजस्तो खेल खेलें । पहिलो खेलमा नर्भस नभै खेलेर पाकिस्तानी खेलाडीलाई ४-१ ले पराजित गरें । त्यसमा सफलता हात पार्दाको खुसीमा गुरु, बुबा तथा आमाको एकदमै सम्झना आयो ।

सेमिफाइनलमा म भियतनामी खेलाडीसँग हारें । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा उत्तर कोरियाली खेलाडीलाई ५-० ले हराएर कांस्य पदक हात पारें । उक्त पदक हात पार्दाको क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । पदक थाप्दा मेरा आँखाबाट खुसीका आँसु बगिरहेका थिए । पदक वितरण समारोहमा नेपालको झन्डा अरू देशसँगै फहराइएको देखेर एकदमै खुसी लाग्यो ।

म आफ्नो सफलताको श्रेय गुरु ध्रुवविक्रम मल्ल, बुबा, ममी, साथीहरू तथा मलाई चिन्ने सबैलाई दिन चाहन्छु । मेरा लागि गुरु, बुबा र आमाले धेरै गर्नुभएको छ । बुबा-आमाले सधैं खेल्न र जित्न प्रेरणा दिनुहुन्छ । एसियाड खेल्न कोरिया जाने-आउने खर्च पनि गुरुले नै जुटाइदिनुभएको हो ।

एसियाली खेलकुदमा नेपालको सहभागिताका सम्बन्धमा कराँते संघमै विवाद थियो । खेल्न पाउने कि नपाउने भन्ने टुंगो थिएन । गुरुहरूले भनेअनुसार म आफूले एसियन गेम्समा खेल्न पाउने कुरामा कन्फिडेन्ट भने थिएँ । तैपनि विभिन्न प्रकारका विवादले गर्दा मनको कुनै कुनामा आफूले खेल्न पाउनेमा शंका भने बाँकी नै थियो । देशका लागि पदक दिलाउन पाउँदा खुसी लागे पनि राष्ट्रिय टिमको खेलाडी छनोटप्रति भने मेरो मन खिन्न छ । राष्ट्रिय खेलकुद परिषद्ले निष्पक्ष छनोट गराएको भए राम्रो हुन्थ्यो ।

दक्षिण कोरिया पुगेर पनि खेल्न नपाउँदा चन्चला दनुवारलाई हर्ट भएको हुनुपर्छ । प्रतियोगिता स्थल पुगेर पनि खेल्न नपाउँदा जुनसुकै खेलाडीलाई पनि हर्ट हुन्छ । यस्तो हुनुअघि दुवै खेलाडीलाई छनोटमा खेलाएर उत्कृष्ट हुने एक खेलाडीलाई खेल्न पठाउनुपथ्र्यो । छनोटमा हाफू हारे पनि प्रतियोगितामा अर्को खेलाडीले पाएको सफलतामा खुसी हुन सकिन्थ्यो । विवाद गर्नुको साटो सरकारले खेलाडीलाई ट्रेनिङ गर्ने राम्रो वातावरण बनाइदिनु उपलधिमूलक हुने थियो । अलिकति मेहनतले म १७ औं एसियाली खेलकुदमा कांस्यपदक ल्याउन सफल भए, अब १८ औं एसियाडमा अझ बढी मेहनत गरेर गोल्ड मेडल जित्ने सपना छ भने कराँतेको वल्र्ड च्याम्पियनसिपमा पनि पदक जित्ने चाहना छ ।

पढाइका लागि भनेर म ७ वर्षकी छँदै मेरो परिवार धादिङको सेम्जोङ-४ बाट काठमाडौं बसाइँ सरेको थियो । बुबा (विष्णु बहादुर) को सपना मलाई खेलाडी बनाउने थियो । मलाई पनि कराँते खेल्ने इच्छा थियो । त्यसैले काठमाडौं आएकै वर्ष बुबाले मलाई बालाजु कराँते डो प्रतिष्ठानमा पुर्‍याइदिनुभयो ।

मैले चञ्चलालाई हराएर छैटौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेकी थिएँ भने लखनउ, कोलकाता, नयाँ दिल्ली, दुबई तथा मलेसियामा भएका आमन्त्रण प्रतियोगिताहरू पनि खेलें र ती सबैमा पदक जितें । अनुभवको कुनै कमी नहोस् भनेर गुरुले हामीलाई वैदेशिक प्रतियोगितामा लानुहुन्थ्यो । ती अनुभव इन्चोन एसियाडमा नेपाललाई एक्लो पदक दिलाउन काम लाग्यो । छोरी मान्छे भएर पनि पदक जितेर आफूलाई प्रमाणित गर्न पाउँदा गर्व लागेको छ भने आफूलाई पहिले नराम्रो भन्नेहरूलाई पनि सफलता हात पारेर जवाफ दिन पाएकी छु ।

(राजु घिसिङसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik