नारायणगढस्थित चित्रावती लिजर सेन्टरमा अघिल्लो बुधबार पेज थ्री इन्टरटेन्टमेन्टको प्रस्तुति तथा बिटुएच इभेन्टको सहयोगमा सम्पन्न फेस्टिभ फेसन नाइटमा एक दर्जन मोडल र्याम्पमा प्रस्तुत भए । उक्त अवसरमा राजधानीबाट आएका मोडलहरूले परम्परागत, इभिनिङ तथा पार्टी ड्रेसहरू प्रदर्शन गरेका थिए । राति साढे ९ बजेसम्म चलेको कार्यक्रममा रौनक थप्ने काम गायक प्रमोद खरेलले गरे । प्रमोदले ३ वटा गीत गाएर वातावरण तताए । त्यस्तै नायक एसराज गराच तथा उनकी श्रीमती अञ्जना मिश्रको नृत्यले कायक्रमलाई थप आकर्षक बनाएको थियो ।