साप्ताहिक संवाददाता
कार्तिक १५, २०७१
एल.
डेलिभरी समयभन्दा केही अगाडि वा पछाडि पनि हुन सक्छ । त्यसैले तपाईंले सजग भएर बस्नु आवश्यक छ । यस्तो अवस्थामा गाउँमा भन्दा पनि अस्पताल पायक पर्ने ठाउँमा बस्नु उपयुक्त हुन्छ । आपत्कालीन अवस्थामा कुन अस्पतालमा सम्पर्क गर्ने, चिकित्सकसँग सल्लाह गर्नुपर्छ । महिना पुगिसकेका गर्भवती महिलाहरूमा लामो यात्रा गर्ने, भारी बोक्ने, धेरै दौडधूप गर्ने जस्ता गतिविधिले व्यथा सुरु हुन सक्छ । त्यसैले त्यस्ता गतिविधिमा सरिक नभई आराममा जोड दिनुपर्छ, तर पूर्ण आराम पनि गर्नुहुँदैन, हल्का व्यायाम गरिरहनुपर्छ ।