- स.
महिलाहरूको पाठेघरमा संक्रमण हुँदैमा त्यो निको हुँदैन भन्नु गलत हो र यस्तो कुरा डाक्टरले हत्तपत्त भन्दैनन् । डाक्टरले तपाईंलाई पटक-पटक संक्रमण हुन सक्छ वा यो निको हुन समय लाग्छ भनेको हुनुपर्छ । पाठेघरको संक्रमणको उपचार हुन्छ र पटक-पटक संक्रमण हुन्छ भने त्यसको कारण खोज्नुपर्छ । धेरै जनासँग यौनसम्पर्क गर्नु पनि यसको कारण हुन सक्छ ।
तपाइर्ंले दुई पटक औषधि प्रयोग गरेर गर्भपतन गराउनुभएको रहेछ । गर्भपतन गराउँदैमा गर्भ नरहने होइन, तर सुरक्षित गर्भपतन रोज्नुपर्छ । तपाइर्ंले सूचीकृत संस्थाबाट गर्भपतन गराएको भए यो विषयमा परामर्श पाउनुहुन्थ्यो । असुरक्षित गर्भपतन वा भनौं अनधिकृत व्यक्ति वा सोझै औषधि पसलबाट औषधि लगेर गर्भपतन गराउँदा बच्चा नपाउने मात्र होइन, ज्यानै पनि जान सक्छ । तपाइर्ंले सफलतापूर्वक बच्चा जन्माउन सक्नुपर्ने हो । यदि सक्नुभएन भने प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।