'विवाह गर्नु कुलको, पानी खानु मूलको' हाम्रो समाजमा यो भनाइ निकै चर्चित छ । कुल, जात र खानदान हेरेर विवाह गर्ने पुरानो प्रचलनले यही भनाइलाई प्रतिनिधित्व गर्छ, तर बिस्तारै कुल, खानदानको कुरा गौण बन्दै गएको छ । युवा पुस्ता आफ्नो जीवनसाथी रोज्न स्वतन्त्र हुँदै गएका छन् । समाज र परिवारको लगामबाट टाढा हुँदै अहिलेको पुस्ताले विवाह गर्नुपूर्व नै माया-पीरती गाँसेपछि मात्र परिवारको अनुमति लिने क्रम सुरु गरेका छन् ।
समय र समाजसँगै नेपाली रीतिरिवाज र संस्कारमा व्यापक परिवर्तन आउन थालिसकेको छ । अधिकांश युवा परिवार एवं आफन्तको रोजाइ र खोजाइमा विवाह गर्नुपर्छ भन्ने पक्षमा छैनन् । युवाहरू परिवारका लागि होइन, आफ्ना लागि विवाह गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहन्छन् । परम्परागत विवाहको संस्कार हराउँदै गएको छ । जन्ते बाख्रो लिएर जन्ती जाने, रातभर रत्यौली खेल्नेजस्ता चलन लगभग हराइसकेका छन् ।
अन्तरजातीय विवाह गरेका गुलरिया, बर्दियाका सन्दीप योगी तथा नेपालगन्जकी समीक्षा श्रेष्ठको जोडीलाई परम्परागत संकारले छुन सकेन । 'यस्ता पुराना भनाइमा अल्झिने समय छैन, हामी नयाँ युगमा छौं, त्यसैले समयानुकूल हुनुपर्छ ।' योगीले भने- 'परिवारको अस्वीकृतिका बाबजुद हामी विवाह-बन्धनमा बाँधिएका छौं र खुसी छौं ।' सन्दीप र समीक्षाले विवाहका लागि चालेको यही कदम अधिकांश युवामा लागू हुन थालेको छ । विवाहले केटा र केटीबीच सम्बन्ध प्रगाढ बनाउनुपर्छ र दुवै जना खुसी रहनुपर्छ भन्ने कुरालाई प्राथमिकता दिन थालिएको छ ।
नेपालका गाउँतिर अझै पनि पुरानो प्रचलन कायमै छ । छोराको विवाहका लागि बाबुले आफन्तलाई अघि लगाएर केटी माग्न वा हेर्न जाने चलन यथावत् छ । केटीका तर्फाट पनि केटाको घर, खान्दान र सम्पत्ति हेर्ने चलन छँदैछ । यस्तो प्रचलनले जीवन सुखमय नहुने कुरामा विद्यार्थी नेता सागर परियार सहमत छन् । 'जात-भात, धन-सम्पत्तिमा केन्द्रित विवाहको पुरानो परम्परामा परिवर्तन ल्याउनु आजको आवश्यकता हो,' परियारले भने- 'परिवार एवं सामाजिक बन्धनले वैवाहिक जीवन सुखमय हुन सक्दैन ।' बेलायत बस्दै आएका समाजसेवी एकराज नेम्वाङ पनि पुरानै प्रचलन मान्नुपर्छ भन्ने पक्षमा छैनन् । 'विवाह संस्कार स्वीकार गर्नुपर्छ तर परम्परामा परिवर्तन एवं परिमार्जन आवश्यक छ,' नेम्वाङ भन्छन्- 'पहिल्यै चिनजान, भलाकुसारी, घुमघाम, आनीबानी तथा व्यवहारका सम्बन्धमा जानकारी राखेर परिवारलाई सहमत गर्राई बाँधिएको जोडी जीवनभर खुसी रहन सक्छ ।'
नेपाल सरकारको
किशोरकिशोरी तथा युवा र्सर्वेक्षणमा विवाहितमध्ये ५३ दशमलव ४० प्रतिशत युवक तथा ३७ दशमलव ५६ प्रतिशत युवतीले आफैंले जीवनसाथी रोजेको बताएका थिए । र्सर्वेक्षणले देखाएको महत्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४ दशमलव ८१ प्रतिशत युवतीका लागि सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन्, जबकि ३६ दशमलव १७ प्रतिशत युवकका लागि दुलही खोज्दा सहमति लिइँदैन ।
किन गर्ने विवाह -
जोकसैका अभिभावक आफ्ना सन्तानको उमेर पुगेपछि विवाह गरिदिएर आङ्खनो जिम्मेवारी पूरा गर्न चाहन्छन् । छोराछोरीको पालनपोषण, शिक्षादीक्षा सम्पन्न भएर उमेर पुगेपछि विवाह गरिदिन पाए अभिभावकले आफ्नो दायित्व पूरा भएको मान्छन् । उमेर पुगेका छोराछोरी सुरुमा विवाह गर्न हिचकिचाए पनि अन्तत: राजी हुन्छन् । पुरानो चलनमा विवाह गर्नु भनेको बुहारी भित्र्याएर घरको कामकाज चलाउनु, खेतीपाती, चुलोचौकोमा सघाउनु, वंश विस्तार गर्नु मात्र नभै परम्परा धान्नु पनि थियो । विवाह परिवारका लागि हुन्थ्यो वा गरिन्थ्यो । विवाहको टुङ्गो लगाउने काममा पनि परिवारकै भूमिका बढी हुन्थ्यो । छोरीको विवाह गरेर पठाउँदा 'पाले पुण्य, मारे पाप' भन्ने चलन थियो ।
समयक्रमसँगै विवाह व्यक्तिको रोजाइमा अघि बढ्न थालेको छ । पुरानो चलन हट्दै केटा-केटीको खुसीमा विवाह हुन थालेको छ । जोसँग खुसी भइन्छ उसैसँग विवाह गर्ने चलन बढेको छ । युवापुस्ताको चाहनाअनुसार विवाहको शैली पनि फेरिँदै गएको छ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष डुजाङ शर्ेपाका अनुसार यौनसर्म्पर्क तथा सन्तान उत्पादनका लागि पनि विवाह आवश्यक छ । दु:खसुख साटासाट गर्न, दैनिकी चलाउन पनि विवाह अत्यावश्यक मानिन्छ ।
जातभातको कुरै हरायो
'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।' महाकवि देवकोटाको यो भनाइ हिजोआज युवाहरूको मन मुटुमा अडेको छ । मन मिले जोकोहीबीच विवाह हुन सक्ने कानुनी प्रावधान छ । त्यसैले हिजोआज विवाह गर्न जातले छेक्न छाडेको छ । मागी विवाह नै गर्नुपरे केटाकेटीको जात, समुदाय बुझ्ने चलन नभएको होइन । यद्यपि मागी विवाहमा कमी आएकाले जातको कुरा हराउँदै गएको छ । मानिसको गुण र दोषका आधारमा सम्बन्ध गाँसिन थालेको छ । एक युवती सुनिता भन्छिन्- 'ठूलो जात र सानो जात भनेर गरिने विभेद अहिलेको पुस्ताले रुचाउँदैन, मन, उमेर र भावना मिले विवाह जोकसैसँग गर्दा फरक पर्दैन ।'
मागी र स्वजातीय विवाहका पक्षमा उभिने युवाहरूका पछाडि अभिभावक एवं समाजको खुसी मुख्य हुन्छ, तर हिजोआज अभिभावक र समाजले पनि अन्तरजातीय विवाहलाई सहज रूपमा लिन थालेको छ । हरेक महिलाले विवाह गर्दा व्यावसायमा लागेको इमान्दार तथा पारिवारिक पृष्ठभूमिलाई प्राथमिकता दिन्छन् भने केटाहरूले पनि पढेकी, सुन्दर साथै काममा लागेकी केटी रोज्न थालिसकेका छन् । यस्तै कारणले जातको कुरा ओझेल पर्न थालेको बुझ्न गाह्रो छैन् । परिवार र समाजले अस्वीकार गरे युवाहरू अदालती विवाह गर्न पनि अघि र्सन थालेका छन् ।
धन होइन, मन मिले पुग्छ
दाइजो प्रथाविरुद्ध जति नै अभियान चालिए पनि तर्राईका कतिपय स्थानमा दाइजो प्रथा अझै कायम छ । त्यसका विरुद्ध कानुन नै बने पनि दाइजोको लेनदेन चलिरहेकै छ । दाइजो नल्याउने बुहारीलाई समाजमा हेयका दृष्टिले हर्ेर्ने चलन छ । यद्यपि अहिलेको पुस्ता दाइजोको पक्षमा देखिँदैन । विवाहलाई दाइजोको लेनदेनसँग गाँसियो भने सम्बन्ध सुमधुर हुन नसक्ने कुरामा गीतकार सुमी सिंह विश्वस्त छिन् । 'विवाह गर्ने जोडीको सम्बन्ध आपसी समझदारी एवं विश्वासमा निर्माण गरियो भने धनको आवश्यकता पर्दैन,' सिंहले भनिन्- 'धन त कमाउन सकिन्छ, सित्तैंमा पाएको दाइजोले मानसिक शान्ति प्रदान गर्न सक्दैन ।' हाम्रो समाजमा गरिबको छोराले धनी परिवारको छोरी र धनी परिवारको छोराले गरिब परिवारकी छोरी भित्र्याउने चलन बढ्दै गएको छ । त्यसैले तर्राईका केही जिल्ला बाहेर दाइजो वा धनसम्पत्तिमा विवाहको कुरा अल्झन छोडेको छ । मन मिले जातभात तथा धनसम्पत्तिको लेनदेन स्वत: कम हुन्छ भन्ने कुरा प्रमाणित हुँदै आएको छ ।
शुभसाइतको बेवास्ता
हिन्दू धर्ममा शुभसाइत हेर्ने चलन पुरानै हो । ज्योतिषहरूले शुभसाइत तोकेर विवाह गर्ने सल्लाह दिने र सोहीअनुरूप विवाह-बन्धनमा बाँधिने आमचलन छ । कात्तिक, चैतजस्ता महिनामा विवाह गर्नु हुँदैन भन्ने मान्यता पनि कायमै छ, तर पछिल्लो समयमा शुभसाइत नै आवश्यक पर्न छाडिसकेको छ । जोडीको समय र मन मिले विवाह जुनसुकै दिन, बार वा महिना हुन थालेको छ ।
हिन्दू संस्कारमा विवाहका लागि १२ मध्ये ७ महिना मात्र सम्भावित हुन्छन् । ती महिनाभित्र पनि विभिन्न ग्रहगोचर, केटा-केटीको जन्मकुण्डलीका आधारमा शुभ लग्न जुराउने चलन छ । ज्योतिष डा. सुनिल सिटौला भन्छन्- अहिलेको पुस्ता यस्तो शुभसाइतको पक्षमा छैन, उनीहरू आफ्नो इच्छा र समयलाई प्राथमिकता दिन्छन् । डा. सिटौलाको तर्क छ( लग्न वा शुभसाइत नजुर्राई गरिएको विवाह शुभ हुन सक्दैन भने त्यसको परिणाम पनि नकारात्मक निस्कने सम्भावना हुन्छ । दसैंको टीका, अक्षय तृतीया, सरस्वती पूजा आदिलाई पनि विवाहका लागि उपयुक्त मानिन्छ । युवाहरू हिजोआज प्रेमदिवस, नयाँ वर्षस्ता दिनलाई पनि शुभसाइत मान्न थालेका छन् । जग्गे र होम गर्ने स्थलहरू पनि बन्न छाडिसकेका छन् । आधुनिकीकरणले हिन्दू संस्कार नै मेटिने हो कि भन्ने एकथरीको चिन्ता पनि बढ्दो छ ।
विवाहसम्बन्धी धारणा
सुरज श्रेष्ठ, निर्देशक तथा रेडियोकर्मी
विवाह आत्मिक सम्बन्ध हो । यसका लागि दुवैको आत्मा मिले पुग्छ, त्यसमा जातभात तथा धनसम्पत्तिको कुरै आउँदैन । प्रक्रिया पूरा गरेर प्रेम विवाह गर्नु अहिलेको पुस्ताको रोजाइ हो । कसैको सोच मिल्न सकेन भने सम्झौतामा जिन्दगी चलाउनु उपयुक्त हुँदैन । विवाहमा नयाँ शैली र पद्धति भित्रिए पनि पुरानो पद्धतिमा अनुशासन राम्रो छ, तर आधुनिकिरणका कारण युवाहरूले विवाह गर्ने शैलीमै व्यापक परिवर्तन ल्याइदिएका छन् जसलाई स्वीकार गर्नैपर्छ ।
लीला अनमोल, कवि
म मागी विवाहका पक्षमा छु । प्रेम विवाहले मात्र मानिसको जीवन सुखी हुन सक्दैन । केही समय खुसी भए पनि दीर्घकालिन खुसी प्राप्त गर्न मुस्किल छ । छोरीहरूलाई दाइजोभन्दा पनि उच्च शिक्षा आजको आवश्यकता हो । परम्परागत संस्कारमा हुर्किएको हाम्रो समाजमा भड्किलो पारा पच्दैन । विवाहअघि गरिएको यौनसर्म्पर्कले पनि राम्रो गर्दैन । विवाहअघिको प्रेम तथा यौनसर्म्पर्कका कारण विभिन्न अप्ठेरा तथा विकराल स्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।
तोयानाथ भट्टर्राई, पत्रकार
विवाह जीवन चलाउने साधन हो । परिस्थितिसँग जुध्ने आँट गर्ने पुस्ताले कानुनी विवाह गरे पनि हुन्छ । प्रेमपछिको मागी विवाह राम्रो हो, तर यसका फाइदा-बेफाइदा दुवै छन् । गाउँघरमा पनि प्रेमपछिको मागी विवाह धेरैको रोजाइमा पर्न थालिसकेको छ । यसको प्रमुख कारण सञ्चारको सुलभता नै हो । जस्तो विवाह गरे पनि संस्कार जोगाउँदै त्यसलाई कम खर्चिलो बनाउन सक्नुपर्छ ।
झरना गुरुङ, रक गायिका
विवाह आफूले चाहेको तथा रोजेकोसँग गर्नुपर्छ । चिन्दै नचिनेको मानिससँग एक्कासि विवाह गर्ने पुरानो चलनले आत्मसन्तुष्टि प्रदान गर्न सक्दैन । परिवार र समाजसँगको समझदारीमा प्रेमपछिको मागी विवाह धेरै अर्थमा फाइदाजनक छ । विवाहअघि नै रोमान्स र मस्तीमात्र गरेर विवाह पछि निधारमा हात राखेर रुने अवस्था सिर्जना गर्नु हुँदैन । आधुनिकतालाई पछ्याउने नाममा आफनो संस्कार मर्न दिनु हुँदैन ।
लाओस र्राई, युवा नेता तथा मानवशास्त्रका विद्यार्थी
अहिलेको पुस्ता स्वतन्त्रता रोज्न र खोज्न चाहने भएकाले विवाह संस्कारलाई पनि आफ्नै तरिकाले हेर्न थालेको छ । प्रेमपछिको मागी विवाहलाई सुखमय बनाउन सक्ने-नसक्ने कुरा आफंैमा भर पर्छ । समाजअनुसार विवाहको शैली वा पद्धति अपनाउनु उपयुक्त हुन्छ । देखासिकीमा गरिएको विवाहले दुर्घटना निम्ताउने खतरा उत्तिकै छ ।
डा.सुनिल सिटौला
ज्योतिषाचार्य
ज्योतिषशास्त्रले विवाहलाई कसरी हेर्छ -
सनातन धर्ममा चार आश्रमको व्यवस्था छ, त्यसमा गृहस्थाश्रमलाई नै सर्वोत्तम मानिएको छ । किनभने सृष्टिको प्रादुर्भाव नै स्त्री र पुरुषको पवित्र संगमबाट हुन्छ । निर्विवाद कुरा के छ भनेर इश्वरले विश्वसिर्जनाका उद्देश्यले आफूलाई नर र नारीका रूपमा खडा गर्नुभयो । त्यही दुर्इ नर-नारीको मैथुनबाट विशाल जनसमुदाय सृष्टि भएको हो । त्यसपछि क्रमश: विवाहले संस्थागत आकार ग्रहण गरेको हो ।
विवाह गर्दा केटा-केटीको चिना जुराउनु आवश्यक छ -
आवश्यक छ, किनभने यसले स्त्री र पुरुषबीचको आपसी एकता, भावनात्मक सम्बन्ध एवं उनीहरूबीचको स्वाभाव र चेष्टालाई बुझाउँछ, जसबाट उनीहरूबीचको प्राकृतिक आकर्षा प्रेममा परिवर्तन हुन्छ कि हुँदैन भन्ने जानकारी प्राप्त गर्न सकिन्छ । जसका कारण समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदलाई घटाउन सकिन्छ ।
शुभसाइत र लगन जुराउने चलन घटदै गएको हो -
घट्दै गएको समाचार बाहिर आए पनि भित्री रूपमा जोडीहरू साइत र लगन हेराउन आइपुग्छन् । प्रविधि र सञ्चारले पनि ज्योतिषहरूसँगको सर्म्पर्क अझ बढाइदिएको छ । पहिले-पहिले बाबु-आमा आफ्ना उमेर पुगेका छोराछोरीको कुण्डली बोकेर आउँथे भने अहिले विवाह गर्न उत्सुक जोडी नै चिना बोकेर हामीकहाँ आउँछन् ।
के-कस्तो समयमा विवाह गर्दा शुभ/अशुभ हुन्छ -
बृहस्पति र शुक्रअस्तमा विवाह गर्नु हुँदै भन्ने मान्यता छ । बुधवार, बृहस्पतिबार र शुक्रबारको दिन विवाह गरिएकी कन्या श्रीमान्की अत्यन्त प्रिय हुन्छिन् । आइतबार, मंगलबार र शनिबारको दिन विवाह गरिएकी कन्या झगडालु स्वभावकी हुन्छिन् भने सोमबार विवाह गरिएकी कन्याले सौता पाउँदिनन् भन्ने पनि मान्यता छ ।