गायनमा आधारित रियालिटी शो 'नेपाली तारा?३' उत्कृष्ट २० को चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको यो चरणमा प्रवेश गर्न सफल प्रतियोगीले यो साता गायन, स्टेज प्रस्तुति, भोजन शिष्टाचार आदि विषयमा पनि प्रशिक्षण लिएका छन् । तीनदिने बन्दसत्रका क्रममा प्रतियोगीहरूलाई कोरियोग्रँफर सिर्जनासिंह योञ्जनले स्टेज प्रस्तुति तथा गायनसँगै अभिनयको प्रशिक्षणसमेत दिएकी थिइन् । संगीतकर्मी मनमोहन थपलियाले प्रतियोगीहरूलाई गायन कलासम्बन्धी जानकारी दिनुका साथै गलाको अभ्यास गर्ने तरिकाहरू सिकाएका थिए भने सिल्भर माउन्टेन होटल म्यानेजमेन्ट कलेजले भोजन शिष्टाचारसम्बन्धी तालिम दिएको थियो । धुलिखेलको एउटा रिसोर्टमा सञ्चालित बन्द सत्रमा चलचित्र निर्देशक नारायण पुरीले अभिनय कला तथा गायनमा चाहिने प्रस्तुतिसम्बन्धी तालिम दिएका थिए । बन्दसत्रको अन्तिम दिन गायक दिपक खरेलका साथै कार्यक्रमका निर्ण्ाायक सुरेश अधिकारी, उत्कृष्ट २० का गुरु निर्णयकहरू जेम्स प्रधान तथा राजन इशानको पनि उपस्थिति थियो । बन्दसत्रपछि ती उत्कृष्ट २० प्रतिस्पर्धी एकल गायनका साथै युगल गायनका साथ उत्कृष्ट १० का लागि भिंड्नेछन् ।अमेरिकामा पानी पीडा
कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता/निर्माता गोविन्द नेपालद्वारा निर्मित एउटा वृत्तचित्र अमेरिकाको वृत्तचित्र महोत्सवमा प्रदर्शन भएको छ । गोविन्दको लेखन तथा निर्देश्ँनको 'पानी पीडा (ट्रवल वाटर') वृत्तचित्र अमेरिकामा गत साता सम्पन्न बिग वाटर फिल्म फेस्टिभलमा प्रदर्शन भएको हो । उक्त महोत्सवमा पानीसँग सम्बन्धित विश्वभरिका २४ वटा वृत्तचित्र छनौट भएका थिए । ३९ मिनेटको वृत्तचित्र पानी पीडामा काठमाडौंको खानेपानी समस्या, गरिब बस्तीका मानिसले बाध्यतावश गर्नुपरेको दूषित पानीको प्रयोग, पानीका उपभोक्ता तथा विशेषज्ञहरूसँगको अन्तर्वार्ता आदि समावेश छन् । गोविन्दको यो वृत्तचित्र भारतको जयपुर, नयाँ दिल्ली तथा पाकिस्तानको लाहौरमा सम्पन्न महोत्सवमा समेत प्रदर्शन भैसकेको छ । गोविन्दले 'पानी पीडा' अघि बुद्ध द लस्ट सन, चौरी गोठ तर छैन तथा जात्रा हाँडीगाउँ निर्देश्ँन गरिसकेका छन् ।