साप्ताहिक संवाददाता
- कसैको माया लाग्नु मात्र प्रेम होइन, कसैको विशेष माया लाग्छ र उसलाई नै हरदम सम्झिइन्छ भने त्यो प्रेम हो ।
- माया अभिव्यक्त गर्ने अनेकौं उपाय छन्, सबैभन्दा राम्रो उपाय भनेको सीधै उनीसँग भेटेर 'आई लभ यु' भन्नु हो । त्यसका लागि मुटु दह्रो चाहिन्छ, किनभने जवाफ जे पनि आउन सक्छ ।
- लैला-मजनु, रोमियो-जुलियट, मुना-मदनको जस्तो साँचो प्रेमको चाहना अहिलेको समयमा गर्दै हुनुहुन्छ भने तपाईंले कहिल्यै प्रेमसम्बन्ध बनाउन सक्नुहुन्न । त्यो ऊ बेलाको लभ थियो, अब अहिले यतिबेलाकै पाराको लभ गर्नुपर्छ । आपसी समझदारी कायम रहे ठीक, नभए 'ब्रेकअप' ।
- जीवनमा घटीमा पनि तीनपटक 'ब्रेकअप' भएपछिको प्रेम सफल हुन्छ । पहिलो प्रेम 'वान साइडेड', दोस्रो प्रेम मनैदेखि अनुभव गर्न र तेस्रो प्रेम तन, मन र धन सक्न । अनि त्यसपछिको प्रेम मात्र बल्ल सफल हुन्छ ।