सम्झना, इमेलबाट
यसका लागि डिभाइसको वाईफाई सेटिङ नै Reset गर्नुपर्छ । तपाईंले आफ्नो डिभाइसको नाम उल्लेख गर्नुभएको छैन । सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङमा गएर General ट्याबमा क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ Reset Network भन्ने ट्याब हुन्छ, त्यसमा ट्याबमा क्लिक गर्नुहोस् । अब आफ्नो डिभाइसलाई वरपर रहेको वायरलेस राउटरको छेउमा लिएर जानुहोस् र आफ्नो डिभाइसमा वाईफाई नेटवर्क खोज्नुहोस् । त्यसपछि त्यसले उक्त राउटरसँग सम्बन्धित नेटवर्क खोजेर देखाउँछ । यसका लागि युजरनेम र पासवर्ड जस्ता आधिकारिक डाटा राख्नुपर्ने हुन्छ ।
एउटै नेटवर्कमा धेरै प्रयोगकर्ता हुँदा वा अधिकतम bandwith खपत हुँदा पनि signal strength ppor देखाउँछ । त्यसका लागि आफ्नो डिभाइस राउटरबाट टाढा वा त्यो डिभाइसमा potential interference छ कि, परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि डिभाइसमा अन्य कुनै उपकरण जडान गरिएका छन् कि हेर्नुपर्ने हुन्छ ।