पुस ५, २०७१
ए.
किशोरावस्थामा महिनावारी सुरु भए पनि अण्डाशय तथा पाठेघरको भित्री तहकोे काममा परिपक्वता आइसकेको हुँदैन । यस्तो अवस्थामा महिनावारी ढिला हुनु वा केही महिना रोकिनु सामान्य हो । अहिले तपाईं कति वर्षकी हुनुभयो, पत्रमा उल्लेख छैन । सामान्यतः महिनावारी किशोर अवस्था पार गरिसकेपछि आफैं नियमित अर्थात् २१ दिनदेखि ३५ दिन भित्र हुन्छ । तपाईंको महिनावारी ३-४ महिनामा मात्र हुन्छ भने त्यसलाई ओलिगोमेनोरिया भनिन्छ । यो अवस्थामा अन्डाको उत्पादन कम तथा अन्य हार्मोनहरूको कमी भएको हुन सक्छ । तपाईंले स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।