४५४
यो समस्या तपाइर्ंको हो वा तपाईंको केटासाथी वा श्रीमान्को हो थाहा भएन । जे होस्, यसको विविध पक्षलाई समेटेर केही कुरा गरौं । समस्या जसको भए पनि दम्पतीको सन्दर्भमा दुवैलाई प्रभाव पार्ने भएकाले यो दुवैको समस्या पनि हो ।
प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । घर्षण नै गर्न नपाई योनिमा छिराउनसाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपय सामान्य समयसीमामा नै वीर्य स्खलन हुने भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडै भएजस्तो लाग्न सक्छ ।
यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा यौन क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता (performance anxiety) ले समस्या थप बढाउँछ । विरलै भए पनि psychotropic drug कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।
आक्कलझुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् । जस्तै कि यौनसम्पर्क रोक्ने- सुरु गर्ने, पुरुष माथि र महिला तलको सट्टा महिला माथितिर बसेर यौन सम्पर्क गर्दा पनि शीघ्रस्खलनलाई कम गर्न मद्दत पुग्छ । स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने वा कन्डम प्रयोग गर्ने अनि पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा हुन्छ । अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् ।
तपाईं श्रीमान्को शीघ्र स्खलनबाट समस्यामा हुनुहुन्छ भने यस विषयमा राम्रोसँग कुराकानी गरी समस्याको समाधान खोज्नु श्रेयष्कर हुन्छ ।
शीघ्र स्लखनले महिलामा के कस्ता असजिलो ल्याउँछ ?
कतिपय जोडीले उत्तेजित लिङ्ग योनिमा पसाउने र लिङ्गलाई बाहिर-भित्र गर्ने अनि स्खलन भएपछि लिङ्ग झिकेर थपक्क कोल्टे परेर सुत्छन् । यस्तो स्थितिमा कतिपय महिलाले यौन आनन्द प्राप्त गर्न सक्दैनन् । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुरको घर्षण नै हुँदैन । त्यसमा पनि शीघं स्लखलन हुँदा त थप समस्या पर्छ ।
धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलन हुनुलाई पुरुषको यौन सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्यसम्पादन राम्रोसँग गर्न नसकेको मान्छन् । महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दुखी मात्र हुने होइन, उनीहरूमा आत्मसम्मानको समेत समस्या देखिन सक्छ । महिलामा पनि शीघ्र स्खलन हुँदा पुरुषले मलाई यौनसन्तुष्टि दिन सक्दिनन् भन्ने मानिन्छ ।
यस्तो स्थितिमा वीर्य स्खलनमा मात्र केन्दि्रत गरेर यौनसम्पर्क राखिन्छ । कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ । यस्तो स्थितिमा लिङ्ग योनिमा पसाउनुभन्दा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याइ वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छ । यसले गर्दा पुरुषमा मात्र होइन, महिलामा पनि मानसिक तनाव हुन्छ । त्यसले दाम्पत्य जीवनमा नै समस्या उत्पन्न गर्न सक्छ । दुवैले राम्रोसँग कुराकानी गरेर माथि भनिएको उपाय अवलम्बन गरे फाइदा हुन्छ । यसमा पुरुषलाई महिलाको सहयोग अपरिहार्य मानिन्छ ।
के महिलामा पनि शीघ्र स्लखन हुन्छ ?
अहिलेसम्म शीघ्र स्खलन भन्नासाथ पुरुषको भनेर बुझिन्छ । अहिले केही अध्ययनले पुरुषको जस्तो ठयाक्कै नभए पनि महिलाले पनि पुरुषको शीघ्र स्खलनकै जस्तो अनुभव गर्ने तथ्य फेला परेको छ । यसले महिलामा पनि शीघ्र स्लखन हुन्छ भन्ने कुरालाई चर्चामा ल्याएको छ । उक्त अध्ययनमा कतिपय महिलाले नियमित रूपमा नै शीघ्र स्खलन हुने कुरा बताए भने कतिले यौन चरमसुख प्राप्त गर्ने कार्यमा आफ्नो कुनै नियन्त्रण नभएको जानकारी दिए । एक अनुमानअनुसार महिला शीघ्र स्खलन अनुभव गर्नेहरू बढी भए पनि यस्तै ३ प्रतिशतमा यो समस्याकै रूपमा हुन सक्छ । अहिलेसम्म यो समस्या कम गर्ने ठोस विधि पत्ता लागिसकेको भने छैन ।