साप्ताहिक संवाददाता
टेलर स्विफ्ट
विगत १२ महिनामा गायिका टेलर स्विफ्ट आफ्नो पहिरन शैलीका कारण विश्व जगत्को ध्यान खिच्न सफल भइन् । अफ ड्युटी होस् वा रेड कार्पेट लुक, उनको पहिरनशैलीमा विशेषत: डिजाइनर गाउन तथा क्याजुअल लुकले निकै प्रशंसा पायो । ग्रामी एवार्ड समारोहमा उनले लगाएको पहिरनको सर्वत्र चर्चाभयो । सर्वाधिक कमाइ गर्ने मोडलमध्ये एक कार्ली क्लससमेतले टेलर स्विफ्टको ड्रेसिङ सेन्सबाट आफू कायल बताइन् । टेलर स्विफ्ट पिपुल्स म्यागाजिनको बेस्ट ड्रेस्ड वुमेन-२०१४ को सूचीको पहिलो स्थानमा छिन् ।
ब्लेक लाइभ्ली
लिस्टमा पर्ने प्राय: सबै स्टारले आफ्नो वार्डरोब चयनका लागि स्टाइलिस्ट राख्ने गरेका छन्, तर ब्लेक लाइभ्लीका हकमा उक्त कुरा लागू हुँदैन । बेस्ट ड्रेस्ड वुमेनको सूचीको दोस्रो स्थानमा रहन सफल यी सेलिब्रेटी आफ्नो स्टाइलिङ आफैं गर्छिन् । गाला गाउनदेखि रेड कार्पेट लुकसम्म उनको पहिरन चयन गर्ने शैलीबाट धेरै प्रभावित छन् ।
डायना क्रुगर
डायना क्रुगरको पहिरनशैली एवं ड्रेसिङ स्टाइल कुनै स्टाइलिस्टको सोच नभै उनी स्वयंको हो । यदि कुनै दुई विकल्पबीच अलमलमा परिन् भने निर्णयका लागि उनी आफ्ना ब्वायफ्रेन्ड जोसुवा ज्याक्सनको सल्लाह लिन्छिन् । पिपुल्स म्यागाजिनको बेस्ट ड्रेस्ड वुमेन-२०१४ को सूचीमा तेस्रो स्थानमा जमेकीक्रुगरको हाई फेसन स्टाइल यो वर्ष निकै हिट थियो ।
जेनिफर लोपेज
उमेरले ४५ वर्ष पुगे पनि अभिनेत्री एवं गायिका जेनिफर लोपेजको डे्रसिङ स्टाइलले यो वर्ष उनलाई बेस्ट डे्रस्ड वुमेनको सूचीको चौथो स्थानमा उभ्याएको छ । कन्सर्ट होस् वा एवार्ड समारोह उनको फेसन स्टाइलको चर्चा निकै हुने गरेको छ ।
एमा स्टोन
फेसनको संसारमा क्लासिक कुल गर्लको उपनामले चिनिने एमा स्टोनपिपल्स वल्डर््स वेस्ट ड्रेस्ड वुमेनको यो सूचीको पाँचौं स्थानमा छिन् । एमाको रेड कार्पेट लुक सदैव भिन्न हुन्छ ।
लुपिटा न्योङ ओ
बेस्ट डे्रेस्ड वुमनको छैटौं स्थानमा रहन सफल लुपिटा न्योङ ओको पहिरन शैली यो वर्ष पहिलो पटक हाइलाइट भएको हो । सबै खाले डिजाइन एवं स्टाइलमा सजिने लुपिटाको रेड कार्पेट उपस्थिति पनि यो वर्ष पहिरनशैलीकै कारण हिट रह्यो,जसमध्ये पनि गोल्डेन ग्लोब एवार्ड समारोहमा उनले प्रयोग गरेको गाउनको चर्चा निकै भएको थियो ।
जेसिका अल्बा
यी सेलिब्रेटीका सम्बन्धमा फेसनविद्हरूको कथन छ, उनलाई नसुहाउने कुनै स्टाइल छैन, कुनै प्रिन्ट, रंग वा एक्सेसरी उनका लागि होइन भन्ने सोच नै गलत हो । उनको स्टि्रट स्टाइल जति हिट छ त्यति नै लोकप्रिय छ उनको र्फमल लुक । जेसीका बेस्ट डे्रस्ड वुमेन-२०१४ को सूचीको सातौं स्थानमा छिन् ।
रिहान्ना
यो वर्ष गायिक रिहान्नालाई उनले लगाएको सियर गाउनले निकै चर्चित बनायो । रिहान्नाले उक्त पहिरन सिएफडिए फेसन आइकन एवार्ड ग्रहण गर्न जाँदा लगाएकी थिइन् । अत्यन्त ग्ल्यामरस र अंग प्रदर्सन गर्ने पहिरनका लागि लोकप्रियता कमाएकी भए पनि रिहानाको प्रयोगप्रति सबै कायल छन् । रिहान्ना बेस्ट डे्रस्ड वुमेनकोसूचीको आठौं स्थानमा छिन् ।
एमा वाट्सन
एमा वाट्सनको फेसनशैलीमा देखिएको प्रयोग र फरकपनले उनलाई बेस्ट डे्रस्ड वुमेनको सूचीमा नवौं स्थानमा उभ्याएको छ । एमाले गोल्डेन ग्लोब एवार्ड समारोहमा लगाएको काउचर कम्बोले फेसन जगतमा् विशेष चर्चा पाएको थियो ।
क्लो ग्रेस मोरेज
१७ वर्षीया यी हलिउड अभिनेत्री पहिरनका मामिलामा कसैले सल्लाह दिएकै भरमा केही लगाउँदिनन्, उनलाई मन नपर्ने भएपछि उनी त्यसमा कसैको राय लिन्नन् तर फेसनका मामिलामा रिस्क लिन वा पछि हट्ने वा डराउने काम पनि गर्दिनन् । मोरेज पिपुल्स म्यागाजिनको बेस्ट ड्रेस्ड वुमेनको सूचीको दसौं स्थानमा छिन् ।